IMG-LOGO

स्वतन्त्र पार्टीका टाठाबाठा चतुर राजनीतिक खेलाडी

 मंगल, चैत २७, २०८०  – शैलेश श्रेष्ठ (अमेरिका)

      नयाँ अपवित्र गठबन्धन मार्फत “नो नट अगेन” वाला बाहरुसँग गरिएका एक बँुदे स्वार्थसहितको वर्तमान  सत्तारोहणका हरेक दिन र हरेक क्षण धरापमा छन् भन्ने कुरा जान्नेलाई छान्ने नारा बोकेका रास्वपाका टाठाबाठा नयाँ चतुर शिक्षित राजनैतिक खेलाडीहरुलाई राम्ररी थाहा छ । त्यै भएर उनीहरु सडकदेखि सदनसम्मकै हरेक फोरम, मञ्चहरुमा एउटा कुरा भन्न बिर्सदैनन् त्यो के हो भने “हामी बैयक्तिक सत्तालिप्सा र लाभका लागि यो गठबन्धनमा सामेल भएका हैनौं काम गर्न नसकेको र नदिएको अवस्थामा थप एक मिनेट पनि सत्तामा बस्दैनौं, हाम्रा सबै मन्त्रीहरुले झोलामा राजिनामा–पत्र लिएर हिडेका छन् । “यि नयाँ पार्टीका स्टन्टबाजहरु नि जनतालाई मोहजालमा पार्न र ब्युहरचना गर्न नो नट अगेनहरु भन्दा कम छैनन् । नेपालको राजनीतिमा आवश्यक पर्ने गफाडी प्रवृत्ति र जन उभार दुबै छन् यो नयाँ पार्टीसँग । अझ तुलनात्मकरुपमा शिक्षित र उमेरमा युवाहरु छन् । अन्य पार्टीहरुसँग नभएको लाखौं लाख संख्यामा रहेका अराजक दृष्य–अदृष्य संजाल जत्था पनि छन् यो पार्टीमा। यो सामाजिक संजाल नियन्त्रित एआईको युगमा यो ठुलो राजनैतिक पँुजी हो। यो पुँजी र अस्त्रलाई यिनीहरुले अधिक उपभोग र उपयोग गरेका छन् । यस्ले क्षणिक समयका लागि नै सही होइनलाई हो बनाई दिन्छ । त्यो दृष्य अदृष्य साईवर शक्ति आम मानिसको मनोबिज्ञान र तात्कालीन घटनालाई आफ्नो पक्षमा पार्न बारम्बार सफल भएका पनि छन् । यसपाली एउटा शिर्ष घटनालाई अघि सार्छु त्यो हो नेपाली काँग्रेस पार्टी सभापति शेरबहादुर देउबाले रास्वपाका सभापति माननीय रवि लामिछानेलाई प्रधानमन्त्रीका लागि अफर ग¥यो भनेर जानी जानी फिंजाईएको हौवा प्रसंग । सानो घेरा र आयतनको सत्यले के पुष्टी गरिसकेको छ भने त्यो सत्य थिएन त्यो त रविले बार्गेनिंगका लागि तय गरेको भयानक साईबर अस्त्र थियो । उनीहरुको लाखौंको संख्यामा रहेको बनि वनाउ साईवर सेनाहरुको ताकतले त्यसलाई अन्ततः धारिलो अस्त्र बनाईदियो । अहिले त्यहीँ टेकोमा टेकेर अझ त्यसलाई प्रामाणिक लिखत नजिर मानेर एमाले र माओवादीका नेताहरु सहकारी लगायतका काण्ड र फण्डाहरुमा गृह मन्त्री रवि लामिछानेको बचाउ गरिरहेका छन् । उनीहरु त्यहीँ टेकोमा टेकेर सदनमा चोथाले तर्क गरिरहेका छन् । उनीहरु भन्दैछन “रविलाई काँग्रेसले प्रधानमन्त्री बनाउँदा चै “कन्फ्लिक्ट अफ ईन्ट्रेष्ट” नहुने हामीले गृहमन्त्री बनाउँदा चाँही हुने अनि उनले राजिनामा दिनु पर्ने”? मैले त पहिलो दिनबाटै लेखेको छु आफु उपर जाहेरी उजुरी परेको, बेग्रल्ति प्रमाणहरु छरपस्ट वाहिरिएको र पूर्व गृहमन्त्री नारायणकाजी स्वयमले उनी उपर सीआईबीलाई छानविनको आदेश दिईरहेको अवस्थामा उनले तालुकवाला मन्त्रालयको मुल हाकिम भएर जानु भनेको विश्वब्यापी मापदण्ड अनुसार “कन्फ्लिक्ट अफ ईन्ट्रेष्ट” नै हो । र मेरो निजी विष्लेषणको जिकिर के पनि हो भने यसपाली जसरी हुन्छ गृहमन्त्रीनै बन्ने उनके लक्ष्यको मुल चाहन र अभिष्ट नै पदीय हैसियतमा राज्यबाट सम्पूर्ण उन्मुक्ति लिनु नै हो जसलाई मैले मेरा मित्र रविको यसपालीको “एकल एजेण्डा” भन्ने गरेको छु । मैले यसरी समिक्षा र विष्लेषण गरिरहँदा उहा्ँले मन दुःखाउनु हुन्छ भन्ने पनि मलाई थाहा छ । पैले पैले नि बेला बखत विद्युतिय पत्राचार मार्फत् उहाँले मन दुःखाउने गर्नु भएको छ । तर उहाँलाई के पनि थाहा छ भने म आफ्नो स्वाधीन विचार सम्प्रेषण गर्ने र विष्लेषण गर्ने सवालमा आफ्नै बाउ भए नि बाँकी राख्दिन । पुराना भ्रष्टहरुको व्यवस्थापन, बहिर्गमन अनि प्रतिस्थापनको हाम्रो स्वेरकल्पना भनेको उमेरले तन्नेरी लाग्ने तुलनात्मकरुपमा पढेलेखेका “नो नट अगेन” कै ढर्रा र शैलीका “जेरक्स कपी” कैफियतवालाहरुको पुनस्र्थापन र अनुमोदन पक्कै होईन । हामी आम स्वतन्त्र र स्वाधीन नागरिकहरुको स्लोगान त अब जान्नेलाई छान्ने मात्र होईन जान्नेसंगै ईमानदार, चरित्रवान र सक्षमलाई छान्ने पो हुनुपर्दछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्