IMG-LOGO

उग्रचण्डी लिष्टिमाई

 मंगल, चैत २०, २०८०  – हर्षनारायण कर्माचार्य

     माघ महिना धार्मिक महिना । जाडो महिना श्रीस्वस्थानी घरघरमा वाचन गर्ने महिना माघ महिना शहरी क्षेत्रमा बिहान सवेरै देखि माघ भजन गाउने प्रथा नेपालका शहरहरुमा बनेपा, पनौती, भक्तपुर, ललितपुर, पशुपति आदि शहरहरुमा माघ भजन गाउने गरिन्छ । यो माघ भजन गाउने परम्परा कुन युग देखिको हो भन्न सकिन्न । माघ भजनमा बनेपामा पहिले पहिले पुरुषहरुले मात्र भजन गाउने हुनाले थोरै मात्र संख्या हुने गर्दथ्यो । हाल महिला पुरुषको भेदलाई हटाइदिएको हुनाले माघ भजन गाउनेमा सोचेभन्दा बढी संरक्षण हुने गरेका छन् । बनेपा काभे्र जिल्लाको केन्द्रविन्दु शहर हो । यहाँ धार्मिक कार्य लगायतका कार्य परम्परागत रुपमा चल्दै आएका छन् र चलिरहन्छन् । उसमा दुईमत छैन । बनेपामा माघ भजन वार्षिक रुपमा चलिरहेको छ । यस माघ भजनको नेतृत्व हाललाई श्रेष्ठ र थ्याङ्कु महिलाले गर्दै आएको छ । अति राम्रो वाञ्छनिय धार्मिक कार्य सहयोगि तथा सहभागिहरु प ियथेष्ठ स्थानमा छन् । २०८० सालको माघ भजन सौर्हादर्ताले, माघ महिनाभर गाउनुपर्ने, जानुपर्ने, धार्मिक स्थानहरुमा गई पूर्ण भईसके मित २०८० चैत्र ४ गते आइतबार तद्अनुसार चैत्र शुक्ल अष्टमीको दिन सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा अवस्थित उग्रचण्डि लिष्टिमाईको दर्शन कार्य सम्पन्न भयो । यस धार्मिक कार्यक्रम यात्रामा ३ ठूला बसहरु ९४ जनाको सहभागिता रह्यो । १० जोडि जति महिला पुरुष थिए भने अन्य एक्लाएक्लै थिए । बिहान चण्डेश्वरीमाईको मन्दिरमा दैनिक भजन गरि ६ बजे बनेपा गणेस्थानबाट बस गुडेको हो । पाँचखालमा बिहानको नास्ता गरि अरनिको राजमार्गको दायाँ बाँयाका वनपाखा, डाँडा, खोल्साहरुको अवलोकन गर्दै “डाक्लाङ्ग” भन्ने स्थानबाट अरनिको राजमार्ग छोडी गन्तव्य तर्फ लागियो । पहाडको कच्ची बाटो धुलाम्मे हुँदै बसको जोल्टिङ अनुसार दाँया बाँया ढल्कँदै ११ बजे लिष्टिमाई पुग्यौं । बाटोको बारे भन्नुपर्दा उकालो भिरमा काटेर बाटोको रेखाङ्कहरु मात्र भएको खाल्डाखुल्डी, घुम्ती हुँदै हाम्रो गन्तव्यमा पुग्यौं । लिष्टिमाईको मन्दिर नेपाली शैलिबाट २ तल्ले रङ्गिन धार्मिक छन्दमा निर्मित , उच्च भागमा अवस्थित तामाकोशरु र भोटेकोशी गाउँपालिकाको गौरीशंकर संरक्षण क्षेत्रमा भौगोलिक अवस्थित अक्षांश ८५, ५२, २० को ऐतिहाँसिक पृष्ठभुमी रहेको राजधानी भन्दा ११८ कि.मि दुरीमा रहेको मल्लकालिन समयमा कोटडाँडा मानिने यस क्षेत्रमा नेवार समुदायको “लिस ” र लिष्टमुलका समुदायको  “ति” भाषा तथा स्थानिय कोट डाँडालाई समायोजन गरि लिष्टिकोट नाम रहन गएको जनविश्वास विद्यामान छ । यस क्षेत्रमा नेपाल तिब्बत युद्धकालमा भन्सार, टक्सार र गाोदाम आदी नाम गरेका स्थान भएका र श्री उग्रचण्डि भगवती मन्दिरलाई लिष्टिमहा पनि भन्ने गरिन्छ भन्ने ताम्रपत्रका अनुसार ८४६ काठमाडौं वस्ति भएको समय देखि नै यस क्षेत्रमा पनि वस्ति भएको र  हालको मन्दिरको अवस्था स्वरुप २०५५ सालमा निर्माण स्थापना भएको एवं बडादशैं, चैतेदशैं जस्ता चाँदमा  विशेष मेला लाग्ने वर्ष यहाँ टाँगिएको वर्डन साइन् र्बोडमा उल्लेख छ । यहाँका स्थानीय निवासी श्री कृष्णबहादुर श्रेष्ठ गोंगजु को भनाईमा प्राप्त जानकारी यहाँका बासिान्दा काठमाडौं, भक्तपुर, पाटन, बनेपा, नाला तथा साँगाबाट आएका नेवार थरका र  लिष्टिमाइका पुजारी पनि नेवार थरका श्रेष्ठ नै भएको बुझिन्छ । मन्दिरको अगाडीको ढुङ्गाको खम्बामा १९६४ मा उक्त देवीमाईको वहान सिंह राखिएको लेख पनि भएको यस मन्दिरको पूर्व भागमा गौरीशंकर हिमशृखंला, उत्तरमा उच्च डाँडा, पश्चिमको पारि डाँडामा बाक्लो बस्ती  दक्षिणमा तल देखिने भोटेकोशी सँगै अरनिको राजमार्ग । त्यहाँको बजार बस्तीमा भने साधारण खाजा तथा किराना पसलहरु भएको बार भित्र डुल्न जाँदा देखिएको अशोक चैत्य निर्माण गरिचैत्यको चौर कुनामा ढुंगाको सिंहहरु राखिएका बजारमा खानेपानीको एकै स्थानमा ३ वटा ढुंगे धारा पनि थिए ।      मन्दिरको अगाडी हामी मध्येका सिपालु भजनिँयाहरुद्धारा भजन र्कितन पनि गरियो । बोका बलि पनि गरियो सबैले लिष्टिमाईको दर्शन पश्चात खाना खायौं । लगभग ५ घण्टाको समय पछि उक्त लिष्टिमाईको ढाड थलोबाट बिदा भई ४ बजे निस्किंयौं । जाँदा उकालो १ः३० मिनेट लागेकोमा फर्कदा ओरालो हुँदै छिट्टै अरनिको राजमार्गमा आइपुग्यौं । राजमार्ग सँगै भोटेकोशी, सुनकोशी वलेफी कोसी र इन्द्रवती को वहाव परि दृष्य हेरी पाँचखाल आई विहान चिया नास्ता गरेको स्थानमा नै पुन बेलुका भोजन गरी राति १० बजे घर पुगियो ।      यस धार्मिक यात्राको नेतृृत्व व्यक्ति पुष्पकाजी श्रेष्ठ हुनुहुन्छ । यसको आर्थिक कार्यकर्ता रामचन्द्र वैदार र कार्यक्रमको विकुमान चौधरी, पुष्पकाजी पोटे, देवनारायण वैद्य, रमेश शेषनारा, हेमन्त पोटे, शेष नापित, दिलबहादुर श्रेष्ठ हुनुहुन्छ । यस्तै भजन र्कितन गर्नेहरुको पनि नाम थाहा नहुँदा लेख्न सकिएन । महिला तथा पुरुषहरुबाट सहयोग भएकोमा नाम लेख्नु पर्ने थियो । नाम नजान्दा र बिर्सिएको पनि हुन सक्छ । त्यसैले क्षमा प्र्रार्थी छु । लिष्टिमाईको मन्दिर नजिक एउटा सानो चिया पसल नेवार िथरको रहेछ । निज पसलेसँग चिया खाँदा, केहि एक दुई शब्द बोल्दा नेवार भएपनि नेपालीमा बोल्ने र परिवारजनहरुसँग पनि नेवारीमै बोल्ने भएकाले हाम्रो र उनीहरुको बोलाई भाषमा खास फरक नभएको पायौं । त्यस्तै कृष्णबहादुर गोंगजुसँग त्यहाँको जानकारी बारे कुराकानी गर्दा पनि रामै्र सँग मिलेको पायौं । भाषमा शब्द उस्तै उस्तै भएको पायौं ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्