IMG-LOGO

हाकिम पत्नीहरु रुँदै थिए

 मंगल, चैत २०, २०८०  – किशोर श्रेष्ठ

     केही बर्षअगाडि झोला सिनेमा बन्यो,उतिबेलाको झाँकी देखियो,राम्रै भयो ! सैनिक अधिकृत श्रीमती सँघले जँगीअड्डाको सभामण्डपमा दुई दिन श्रीमतीहरु बटुलेर यो सिनेमा देखायो,निर्माताको हौसला बढाउन गतिलै आर्थिक सहयोग पनि एकमुष्ट उपलब्ध गरायो ! किन मन पग्लिएको होला भनेर बुझ्दै जाँदा त फिल्मको अन्त्य चन्द्रसमशेरको तस्बीरमा माल्यार्पण गरेर,सतीप्रथा अन्त्यका निम्ति उनको जयगान गाएर पो भएको रहेछ ! केही हाकिम पत्नी रुँदै थिए रे–यी मनकारी नभा“को भए लोग्ने मर्नासाथ हामीले पनि पोलिनुपर्ने हुन्थ्यो भन्दै ! हाकिम्नीहरु कंकलाशब्द गर्दै रुनुको भित्री कारणचाहिं बेग्लै रहेछ–चन्द्र समशेरकै पनातिनी बुहारी डली राणा ( सेनापति–पत्नी) लाई खÞुशी पार्नु ! एउटा कुरा के पनि प्रष्ट छ भने त्यतिबेला नक्कली आँशु झार्नेहरुले एक बर्षपछि डलीलाई फर्केर पनि हेरेनन् । सब टाइम टाइमकी बात है जोनी ! भन्छन् नि–पद र कुर्सी भनेको बसुन्जेल तातो, निस्केपछि चिसो चिज हो ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्