IMG-LOGO

नेपालीको मन जित्न सफल कुलमान घिसिङ

 मंगल, असोज १३, २०७७  जयदेश श्रेष्ठ

नेपाली जनताहरुले मन पराएको व्यक्ति कुलमान घिसिङ प्रति प्रधान मन्त्रीको दल  सकारात्मक नभए पछि बिधुत प्राधिकरणमा कुलमानलाई पुनर्बहाली नगरी बिदाइ गरिएको छ । तिन करोड नेपाली घर आँगन देशलाई उज्यालो  बनाउने कुलमान प्रति सरकार किन कठोर भएको हो ? सरकारले जनभावनाको कदर गर्न किन आवश्यक ठानेन ? कोरोनाको भय त्रासको अवस्थामा पनि सत्ता भाग बन्दीको खेल चलि रहे कै छ ।  कोरोनाको जोखिम परिस्थितिमा लक डाउन खुले संगै काठमाण्डौको माइतीघर मण्डला , सडक सडक , जिल्ला जिल्ला , नेपाली जन जनमा र सदनमा समेत कुलमानको बारेमा व्यापक जन दबाबका भावनाहरू गुन्जेका छन ।     नेपाली जनताहरूले एकोहोरो आफ्नो आवाज बुलन्द गरेर तोडफोडमा उडन्त भएर सरकार विरुद्धमा सडकमा नारा जुलुस लगाउने  विगतमा भएको यस्ता घटनाहरू नियाल्न आवश्यक छ । अपल्कनिय घटना रितिक रोशन काण्ड , इराक काण्ड यस्ता धेरै काण्डहरूले  रण सङ्ग्रामको घटनाबाट सडक संरचना तहस नहस भएका घटनाहरू भएको थियो। आन्दोलन भडकाउन केही गर्नु पर्दैन ।आन्दोलनमा मध्यस्थ कर्ता सुरक्षाकर्मीहरू माथी रिस पोख्ने प्रबूत्ति र सुरक्षा कर्मीहरुले आन्दोलनकारी भनेर दमन गर्ने  नीतिले गर्दा ठुलो घटना नहोला भन्न सकिँदैन । जो जसले पनि आफ्नो रिस राग पोख्ने ठाउँ सडक भएको छ । सार्बजनिक सडक रेलिङ र संरचना बिगार्ने परिपाटी छ । आन्दोलन गर्न  बढवा दिने काम सरकार पक्षले गर्न हुँदैन भन्ने सोच वरिष्ठ नेताहरूले बेलैमा सोच्नु पर्ने हो । ब्यक्ती को हठले बिनास भएको हुन्छ ।  महाभारत कथाको युद्धबाट हामीले सिक्नु पर्ने पाठ हो । महाभारतमा कर्णलाई सुधपुत्र भनेर दौपती विवाह अवसरमा धनुष बाण हान्न रोक लगाइयो आज कुलमान घिसिङलाई कुनै पार्टी सगठन नेता भक्तिको सदस्यता नभएको कारणले बिधुत प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर बहाली गर्ने अवसरबाट वञ्चित गराउँदै छ किन ? महाभारतमा कृष्णको ईसारामा योग्य वीर धनुष धारी कर्णलाई वैवाहिक सु अवसरबाट वञ्चित गरायो । आज करौडौ नेपालीको आस्थाको व्यक्ति कुलमान घिसिङलाई पनि प्राधिकरणबाट हटाउदैछ । कामको परिणामको मुल्याकन नगरी राजनीतिक आस्थाको रूपमा देशको सरकारी पद पूर्तिमा नेताहरूको ठाडो हस्तक्षेप कुनै पनि हालतमा राम्रो र देसको हितमा हुन सक्दैन । जनताले कुलमान चाहिन्छ भनेको होइन कुलमानको काम योगदानलाई कदर गर्न खोजेको हो । अख्तियार अनुसन्धान प्रमुख जसले चार वर्षको अवधिमा देशलाई काया पटल फेरी दिन सक्छ । भष्ट्र र भ्रष्ट्राचारीबाट  देशलाई उन्मुक्ति दिन सकिन्छ तर राजनीतिक प्रक्ष पोषणबाट नियुक्ति आयुक्तले आफूलाई नियुक्त गर्नेको नुनको सोझो गरेर आफ्नो कार्यकाल बिताए त्यसैले जनताले आज अख्तियार अनुसन्धानको प्रमुख को हो ? भनेर चासो र खोजीनिती समेत गरेनन् । वहाँको कार्यकाल सकिएमा जनताबाट कुनै चासो देखाएको छैन तर बिधुत प्राधिकरणको निर्देशकमा कुलमान प्रति जन दबाब किन ? कुल मान घिसिङ आफ्नो बलबुता र सामथ्र्यबाट उदाएको नेपाली तारा हो । सारा नेपालीलाई औँसीको रातमा पनि उज्यालो दिने ब्यक्ती हो । जनताहरूले स्वतस्फूर्त रूपमा प्राधिकरणमा पुन बहाली गर्नु पर्दछ भनेर आवाज उठाई रहेका छन् । आज राजनीतिक कारणले कुलमानलाई सो अवसरबाट वञ्चित गरायो भने भोली  नेपालको सतहत्तर जिल्लाको जुन सुकै ठाउँबाट  कुलमान घिसिङ सजिलै चुनाब जित्न सक्ने जन समर्थन प्राप्त हुन सक्छ यो नेताहरूको पल्ला भारी हुनेछ । त्यसैले बेलैमा सोच्नु पर्दछ । युद्धको बिकल्प पाण्डवहरूले मागेको एउटा खाण्डब गाउँ पनि नदिएर दुर्योधनले महाभारत युद्ध गरेर विनाश बेहोर्नु पर्‍यो । कौरव पक्षले महाभारतको महासङ्ग्रामबाट आफ्नो सम्पूर्ण नाता कुटुम्ब राज्य जनता गुमाउन पर्‍यो । प्रधान मन्त्री के पी ओलीले धार्मिक ग्रन्थ इतिहास पढेर सिकेर त्यसको ज्ञानको प्रतिपालन जिम्मेवार ब्यक्तीले गर्नु पर्ने थियो । आज जनताहरूले एउटा ब्यक्ती कुलमानको लागी सारा जनता उर्लेको दुर्लभ ऐतिहासिक घटना ईतिहासमा लेखिने छ यसको जिम्मेवारी पनि सरकार हुनेछ ।     बिधुत प्राधिकरणको सफलतालाई व्यक्तिगत रूपमा कुलमान घिसिङ आफैले मात्र लिन खोजेको हो ? व्यक्तिगत मूल्याङ्कन गर्दा  आफ्नो आफ्नो तर्क दिएर स्वार्थमा बहस गर्न हुँदैन । कुलमानका कमजोरीहरू पनि होलान केही गम्भीर आरोप लगाउनेहरू पनि छन् । उसले प्राधिकरणमा बर्षौ  देखी  चल्दै आएको सरकारी कर्मचारीको काम गर्ने परिपाटीलाई तोडेर सबल रूपमा प्राधिकरणको रणनीतिमा परिवर्तन ल्याएर एउटा डुब्न लागेको संस्थानलाई यसरी नाफामुखी र उज्यालो नेपाल बनाउने श्रेय अरू कोही कसैले पाउनु पर्छ भनेर हक दाबी गर्न सक्छन् ? कुलमान हैन याहाँ अर्को कर्ममान देखा पर्न प‍¥यो । अरू कसैले जिम्मेवारीका साथ नेपाल प्राधिकरणको अवस्था फेरी दिएको हो ? आज प्राधिकरणको भित्रका कर्मचारीहरूले गौरवका साथ हामी बिधुत प्राधिकरणका कर्मचारी भनेर जनमानसमा गर्वका भन्न सकेका छन् । जलश्रोतको देशले उज्यालो नेपाल भनेर गौरव गर्न पाएको  छ । बिधुत आयातलाई निर्यातमा बदलेको छ । घाटाको प्राधिकरण नाफामा ल्याएको छ । यसको श्रेय कसलाई दिने हो ? उसैलाई बिधुत प्राधिकरणको नायक पदमा राखिनु पर्छ, प्रतिस्पर्धा र नातावाद कृपावाद राजनीतिक कोटाको भागबन्डा नियुक्ति होइन । अदालतको न्याय होइन ईमान्दारिताको फैसला देऊ याहाँको जो मर्जी सरकार कुलमान घिसिङले गरेको कार्यबाट जनताको मन मनमा बस्न सकेको यथार्थलाई सरकारले अपमान गर्न मिल्दैन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्