IMG-LOGO

कुरो कसरी पत्याउने ?

 मंगल, फागुन १५, २०८०  – मदन रेग्मी

    नेपालमा पनि हिन्दु धर्मको प्रचार गर्न बाहिरवाट खर्च आईरहेको अमेरिकी सरकारको दस्तावेजमा उल्लेख गरिएको छ । सो दस्तावेज को एक अंशलाई काठमाडौ पोष्टले प्रकाशित गरेको थियो । हाम्रो देशमा हिन्दु र बुद्व धर्म समायोजन भएको धर्म छ । पशुपति नाथ, श्रीगणेश र अन्य देवी देवताहरुमा वलि चढाईन्छ । पशुपति नाथलाई वर्षको एकचोटि पञ्चवली चढाईन्छ ।      यस पृष्ठभूमिमा नेपाललाई हिन्दुराष्ट्र घोषित गरियो भने नेपालको अत्याधिक बहुमतले मान्दैआएको धर्म विच द्वन्द्व हुन सक्छ । नेपालको हिन्दुधर्मलाई वाहिरबाट कट्टर बनाउने प्रयास भैरहेको छ । यसवाट हामी बच्नुपर्छ । नेपाल लाई हिन्दु राष्ट्र बनाईयो भने हाम्रो मौलिक हिन्दु –बौद्ध मिश्रित धर्म को विनास हुनेछ र हामी द्वन्द्वमा फस्दै ग्राहको आहार हुनेछौ । धर्म निरपेक्ष राख्नु छैन भने त्यो हटाउन सकिन्छ त्यो हटाए कुनै आपत्ति हुनेछैन । राजतन्त्रको फर्काउन चाहनेहरुको संख्या दिन प्रतिदिन वढिरहेको छ । यो सवै गणतन्त्र शासन अलोकप्रिय हँुदै गएको कारणले भएको हो । वाहिरी शक्तिको स्वार्थ सिद्विको लागि कार्यरत भएको र उसैले स्थापित गरिदिएको कारणले अहिलेको शासन अलोकप्रिय हँुदै गएको हो ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्