IMG-LOGO

विश्वव्यापी आध्यात्मिक जागरण महाअभियान  

 मंगल, फागुन ८, २०८०  - जयदेश श्रेष्ठ

    बुद्धको ज्ञान, लुम्बिनीमा ध्यान ! आहा कति मिठो शब्द । मैले एकै छिन आँखा चिम्म गरेँ ! ध्यानको महसुस गरे । म साँच्चिकै बुद्धको सामीप्य लुम्बिनीमा पुगेको महसुस भयो । अहो कस्तो शक्ति ! आहा, जीवन विज्ञानले गर्दा मैले आफैमा गर्व गर्न सक्ने भए । जय भानु गुरुदेव ! जय रमेश गुरुदेव । मैले आफ्नै जन्म भूमिमा आफ्नो नेपाली पनको जिवन विज्ञान योग गर्न पाएको छु ।  गुरुदेवहरूको सामीप्यमा रहेर मैले जीवन विज्ञानका लय, बोध, प्रशिक्षक र चक्र विज्ञान कार्यक्रमहरूमा सहभागी हुने अवसर पाएको छु । आँखामा राख्दा पनि नबिझाउने  हजारौँको भिडमा सबैलाई चिने झैँ आत्मीयता दर्साउने रमेश गुरुदेव प्रति प्रणाम ! वेद, पुराण धार्मिक ग्रन्थ र विज्ञानका ज्ञाता ! साथै जिवन विज्ञानका प्रखर वक्ता, कार्यक्रम, समारोहमा सहभागी हजारौँ कल्याण मित्रहरूलाई नामै लिएर बोलाउन सक्ने खुबी, श्रद्धेय भानु गुरु देवको स्मरण शक्तिलाई  प्रणाम ।     देश अशान्त छ । राजनीतिक स्थिरता छैन । आफ्नै देशमा काम गरी खाने वातावरण र रोजगारीको अवसर छैन । परिवारका छोरा छोरी बिदेसिएर अहिलेको परिस्थिति भोलिको जिन्दगी भविष्य प्रति सबैलाई  चिन्ता छ । भोलीको समय कसरी बिताउने ? आफूलाई कसरी समाल्ने ? परिवार समाज अनि देशको आम नागरिकहरू देखि देशको प्रतिस्थित व्यवसायी, व्यापारी, कर्मचारी, डाक्टर, इन्जिनियर सबै क्षेत्रको नागरिकलाई चिन्तै चिन्ता छ । देशको यस्तो विकराल अवस्थामा गुरुदेवहरूको अथक प्रयासमा नेपालमा योग, ध्यान,  प्राणायामबाट आफूलाई मानसिक तनावबाट मुक्त गर्नको लागी गुरुदेवहरूले जीवन विज्ञान आदर्शको संस्था स्थापना गर्नु भएको छ ।      गुरुहरूको अनवरत योग ध्यानबाट गुरुहरूले ईश्वर साक्षात्कार गर्ने अवसर पाउनु भएछ छ । प्रकाशमय ज्ञान ऊर्जा प्राप्त गर्नु भएको छ । यसैको अनुभूतिबाट हामीलाई सद् मार्गमा डोहर्याउदै हुनु हुन्छ । डिप्रेसन, डण्ड अपराध ,कुलतमा फसेकाहरूलाई जिवन विज्ञान मार्फत गुरुदेवहरूले नयाँ जिवन पाएको महसुस गराएका छन् । विगतलाई भुलेर बर्तमानमा रमाउन सिकाएको छ । देश विदेश विभिन्न ठाउमा पुगेर “पैसा नै सब थोक हो “ भन्ने मानसिकता हुनेहरूलाई रमाउन खुसी हुनको लागी भौतिक सुख भन्दा मानसिक खुसी हुन आवश्यक हुन्छ ।  मानिस आफै भित्रबाट रमाउन सिक्नु पर्दछ भन्ने उद्देश्य बोकेर भानु गुरुदेव र रमेश गुरुदेवले निरन्तर आफै सक्रिय भएर कार्यक्रमहरू सञ्चालन गर्दै आउनु भएको छ । बुढेसकालको जीवनमा पनि फुर्तिलो जोस जागरण भएर युवा सरह सबैलाई योग व्यायाम गराउन अग्रसर हुनु हुन्छ । अनलाइन कार्यक्रमको साथै भौतिक रूपमा जिवन विज्ञानका अथाह कार्यक्रमहरू नेपाली समाजमा उपयुक्त हुने योग, प्राणायाम विधिहरू आम नेपालीहरूको लागी सहज हुने गरी गुरुहरूले प्रयोगात्मक परीक्षण पश्चात् सबैको लागी उपयुक्त भए पछि नेपाली शैलीमा गीत भजनको साथ व्यायाम, प्राणायाम, ध्यान विधिबाट मानव जिवनलाई सदमार्गमा अभिप्रेरित गरि रहनु भएको छ । रमेश गुरुदेवले दर्जनौँ गीत भजनहरू सिर्जना गरी रेकर्ड गराएको छ । दैनिक जिवन विज्ञान मार्फत सबैलाई योग गराउने अभियानको लागी समस्त नेपालीहरू तर्फबाट गुरुदेवहरूमा सादर प्रणाम !      आफूलाई असहज, अप्ठेरो पर्दा धैर्यता र संयमित हुन योग ध्यान र ज्ञानको आवश्यकता हुन्छ । गुरुदेवको  सदमार्गको जीवन विज्ञान बाटो मैले पनि रोजेको छु । म हिँडेको बाटो धेरैलाई हिँडाउनु छ । सबैलाई डोर्‍याउनु छ । जिवन विज्ञानको महिमा सबैलाई सुनाउनु छ ।     यही आउँदो चैत्र १७ गते देखि २३ गते सम्म लुम्बिनीमा हुन लागेको विराट विश्वव्यापी आध्यात्मिक जागरण महा अभियानमा  सहभागी हुने अवसर ! जो कोही नछुटुन् । आजभोलि हाम्रो समाजमा ४ जना मान्छे एक छिन मौन बस्न सक्दैनन् । हामीहरू ध्यानमा बस्दा १०, १५ मिनेट सबै जना स्थिर हुन सक्दैनौ । गुरुदेवहरूको कार्यक्रममा सयौँ जना साधकहरू निश्चिन्त भएर ध्यान गरेको पाउँछौ । त्यसैको प्रतिफल आज गुरुहरूले गर्न लागेको लुम्बिनी विराट चक्र विज्ञान सप्ताहमा ५००१ सङ्ख्यामा  साधक एकै स्थानमा ध्यान गराउने, त्यो स्वणर् अवसर कस्तो हुनेछ ? शान्ति क्षेत्र नेपालको स्मरण हुने सद्गुरुले दिन खोजेको यस सन्देशले विश्वको ध्यान खिच्नेछ । फेरी पनि नेपालले एउटा विश्व रेकर्डको अवसर पाउनेछ ।     हामीले मेला कार्यक्रममा हजारौँको भिड कोलाहल देखेका छौ तर चार पाँच हजार मानिसहरू शान्त भएर ध्यान गरेको देखेका छैनौ । लुम्बिनी हुने विराट ध्यान ! त्यो समयलाई विश्व नजरले अनुपम इतिहास विश्व रेकर्ड स्थापित गर्नेछ । फेरी पनि गुरुदेवहरूको यो महान कार्यलाई सलाम !      मानिस आफैमा जिज्ञासु अरूको भावना बुझ्ने प्राणी हो । धर्म संस्कार नियम कानुनको सबै ज्ञाता हुन् तर अरूलाई सम्झाउन सिकाउन जान्ने मानिसले किन आफैले आफैलाई भने किन चिन्न सक्दैनन् ? आफू अहङ्कार घमन्डमा रहेर अरूलाई ज्ञान गुणको भाषण छोड्न पछि पर्दैन । जिवन विज्ञानले आफू चरित्रवान् भएर अरूलाई सदमार्गमा डोर्‍याउनु पर्छ भनेर गुरुहरूले देखाएको बाटोमा हामी लागी परेका छौ । देश विदेशमा रहेका हजारौँ लाखौँ मानिसहरूलाई गुरुदेवहरूले यस शुभ कार्यमा समावेश गराउने लक्ष्य लिनु भएको छ । यस अलौकिक महान् ध्यान केन्द्रमा सरिक हुने सु - अवसर जो कोहीले गुमाउनु हुँदैन । यो आफैमा पनि महान् कार्य हुनेछ । बुद्ध ज्ञानले लुम्बिनी शान्त ध्यानले पृथ्वीलाई एकै क्षण भए पनि स्थिर मौनताको ऊर्जा प्रदान गर्नेछ ।     आज नेपालमा जिवन विज्ञानको योग साधना स्थापित भई सकेको छ । जहाँबाट हजारौँ प्रशिक्षक, शिक्षक उत्पादन भई सकेको छ । नेपालको गाउँ, हिमाल तराई पहाड सबै ठाउमा जिवन योग गुञ्जायमान भई सकेको छ । देश विदेशमा समेत गुरुहरूको अनवरत कार्यक्रमहरू अगाडी बढी रहेको छ । गुरुहरूको प्रत्यक्ष संलग्नता हुने विविध बोध, लय, चक्र, ऐश्वर्य विज्ञान, प्रशिक्षक तालिम विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन भई रहेको छ । नेपालमा जिवन विज्ञानको आफ्नै धाम निर्माण हुदैछ । यस अनुपम कार्यको लागी पनि गुरुहरू प्रति प्रणाम ! यस कार्यमा साथ दिनु हुने हजारौँ शुभ चिन्तक प्रेरणादायी कल्याण मित्र जिवनयोग साधक प्रति पनि नतमस्तक भएर हरि ओमको अभिवादन ! आज हामीले आफैमा गर्व गर्न पाएका छौ हामीले आफ्नै मातृ भूमिमा सुख, शान्ति र समृद्धिको लागी जिवन विज्ञानको महान कार्यमा सामेल हुन पाएको छौँ । आफूलाई भाग्यमानी महसुस गर्न पाएको छु । ओम शान्ति ! हरि ओम् ! (लेखक जीवन विज्ञानका प्रशिक्षक हुनु हुन्छ)  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्