IMG-LOGO

प्रणय दिवस उर्फ भ्यालेन्टाइन डे

 मंगल, फागुन १, २०८०  – लोकेन्द्र ढकाल

      हरेक वर्ष फेब्रुअरी १४ तारिकका दिन स्कुले विद्यार्थीहरु आज भ्यालेन्टाइन डे, आज प्रेम गर्ने दिन, आज आफ्नो मन मिल्ने बिपरित लिंगीे साथीसंग डेटिंग गर्ने दिन, एकान्तमा बसेर मायाँप्रीतिका कुरा गर्ने दिन आदित्यादी भनेर पढाईमा भन्दा पनि यस्तै कुरामा रमाउन चाहन्छन् ।  रुचि देखानुदछन । अरु ता अरु, ४ कक्षाका बिध्यार्थहरु पनि आज भ्यालेन्ताइन दे, आज नपढ्ने भन्न थालेका छन । बरु शिक्षकलाई भ्यालटाइन भनेको थाह हुँदैन तर बिद्यार्थी तीनहात पर पुगिसकेको झैँ गर्छन,यस विषयमा । हाम्रा संचार माध्यमहरु, विषेश गरि एफ एम रेडियोहरुले विद्यार्थीहरुलाई, अभैm भन्दा,  टीनएजर ग्रुपलाई यिनै कुरामा उत्प्रेरित गरिरहेका छन्। ।  हिन्दुहरुको  वास्ताविक प्रेम दिवसको दिन चाहिँ यस्ता संचार मध्यमहरु मौन रहेका देखिन्छन् । यसै सेरो फेरोमा  भ्यालेन्टाईन डे भनेको के ? योे किन मनाइन्छ ? हिन्दुहरुको भ्यालेन्टाइन डे अर्थात, हिन्दूहरुले मनाउनु पर्ने प्रणय दिवस, प्रेम दिवस कहिले हो रु वास्ताबिकता खोजने प्रयास गरेको छु, यो लेखमा ।  बिध्यार्थीका लागि महत्वपूर्ण दिवसः श्रीपञ्चमी            विद्याकी देवी सरस्वती यस धरतीमा माघ शुल्कपंचमीको दिन पदार्पण गरेकीहुन ।  यस दिनलाई श्रीपंचमी वा सरस्वती पूजाको दिन भनेर स्मरण गरिन्छ ।  श्रीको अर्थ सरस्वती हो । सरस्वती बिध्याकी देवी भएकीले यो दिन विशेष गरी विद्यालयमा सरस्वतीको पूजा आराधन ागरिन्छ । राजपाठ सञ्चालकहरु  राजा, माहाराजाहरु, मन्त्रीहरु,  शाशकवर्गहरुले यो दिन वसन्त श्रवण गर्ने परम्परा छ । यस दिन देखि वसन्तऋतुको शुभारम्भ हुने भएकोले यस दिनलाई वसन्त पंचमी पनि भानिन्छ । शास्त्रीयमत हेर्ने हो भने माघ शुक्ल पंचमीको दिन अर्थात सरस्वती पूजाको दिन पाँंचवटा विशेष उत्सव परेको हुन्छ । १. सरस्वती माताको जन्म, २. भगवान कामदेवको जन्म, ३.शिवपार्वतीको तीलोकोत्सव,अर्थात ९भ्लनबनझभलत०, प्रणय सुत्रमाबाँधिएको दिन , ४.परमधामभित्र हुने अखण्ड प्रेमको अनुभूति दिलाउन द्वापरयुगमा यसै दिन राधा र कृष्णको यो धरतिमा प्राकट्यको दिन र ५. कामदेव रतिको विवाह,प्रणय भएको दिन । यीपांच वटा महत्वपूर्ण कार्यको संयोग परेको दिन, माघ शुक्ल पंचमी अर्थात, सरस्वतीपूजाको दिन। यस्तो पाँचवटा पर्व परेको दिनको महत्व सारा संस्कारी शिक्षक, बिध्यार्थी बिद्ध्वान, बुद्धिजीवीले जानकारी राख्दामात्र आफ्नोपन, संस्कार, सस्कृति रितिरिवाज चाडपर्वको रक्षा हुन्छ । सस्कृतिको रक्षा हुनु नै आफ्नो पहिचान, चिनारी, परिचय कायम रहनु हो । आफ्नो अस्तित्वको संरक्षण हुनु हो । सृष्टि रचना        हाम्रो शास्त्रानुसार, पूर्णब्रह्म परमात्माको आदेशले अक्षरब्रह्मले सृष्टि रचना गरे ।  अक्षरब्रह्मल ेचेतन तत्व   प्रादुर्भाव गराईएको सुवर्ण अन्डा(हिरन्य गर्भ )मोहसागररुपी जलमा एक हजार वर्ष सम्म तैरी  रहयो । पछि त्यो अण्डाबाट  नारायणको उत्पति भयो। यथा –    वर्ष् युगे सहश्रानते तदंडे मुदाके कबथबm । काल कारम शोभावास्तो जिवो च जीवमजिवयतः।।   श्रीमद्भागवत २–३ ।  ब्रह्मनेत्र पृष्ठ .... । यसैलाई मनुस्म्रीतिमा  तदंडमभद्वैमय सहश्रान्शु समप्रब्हम । तस्मिन्न्जज्ञे  स्वयम् ब्रह्म सर्वलोक पितामह।।  १,अध्याय  ९        मोह सागरमा नारायणले आफु बाहेक कसैलाई पनि देखेनन् । नारायणले परमात्मा को प्रार्थना गरि कोहम बहुश्याम भनि पुकार्दा  त्रिदेव ब्रह्मा , बिष्णु र महेशको उत्पति भयो । यथा–  यातात्कारानाम्व्याक्तमनित्यम सदसदात्मकम ।  तद्वैसृष्ट स पुरुषे लोके ब्रह्मोतीकथ्यते  ।।मनुस्मृति १ अध्याय ११         त्रिदेवलाई कार्य जिम्मेवारी तोकियो । ब्रह्मजीलाई सृष्टि गर्ने, बिष्णुलाई पालनगर्ने र महेशलाई विनास, अनाबश्यक बस्तुहरुको नास गर्ने । यसरी,तोकिएको जिम्मेवारी अनुसार सृष्टि संचालन गर्न ब्रह्मजीले  कामदेवको रचना गर्नु भयो । कामदेव सृष्टि संचालन गर्न जगतमा आए ।  प्रणय दिवस         कामदेव भनेको कला, कौशल, कालिगरी, चित्रकारी, पनि हो । प्राबिधिक भाषमा भन्दा कामदेव भनेको आर्किटेक्ट इन्जिनियर, फेशन डिजाइनर, डेकोरेटर हो । यिनी स्त्रीको यौवनमा , फूलमा, फूलको सुगन्धमा, मधुर मीठो गानामा, चराचुरुंगीको मधुर स्वरमा, चन्दन, पुस्पमा, टीकामा, नयाँ बस्त्रमा ,फूल बगैचामा बहने समशितोष्ण हावामा , पुरुषको गोप्यअंगमा, सजिएको आभूषणमा, शरीरमा लगाइने सुगन्धित बस्तुहरुमा निवास गर्छन् ।यथा –  यौवनं स्त्री च पूष्पाणि सुवासनीमहामते। गानंमधुरश्चै्रव म्रिदुलान्डाजःशब्द्कः।।  उध्यानानी वसंतश्चशुभसानिश्च्ण्दनाय।द । संगो विषय सक्तोनां नरायं गुह्यदर्शनम।।  वायुर्मदः वसंताश्च वस्त्रन्यापी नवनि वै । भूषणादिकमेवश्च, देहानानाक्रितामाया।। ( भात्रिहारी ) ।        यसरी, कामदेवसंसारमा बसेपछि उनको विवाह माघ शुक्ल पंचमी कै दिन रतिसंग भयो।  कामदेव र रतिको प्रणयपछि प्रतेक जीवमा रहेर ब्रह्माजीको सृष्टिलाई निरन्तरता दिनथाले,।त्यसकारण यस दिन प्रणय दिवस, प्रेम दिवस पनि हो । संसारमा जीवको सृष्टि चलि रहयो । पूनःब्रह्मजीलाई कामदेव र रतिको कार्यले मात्र संसारीक जिवमा विवेक शुन्य हुने होकी भन्ने चिन्ता भयो । जीवमा विवेक भएन भने, धर्म भएन भने सारा जीव एकै हुन्छन। यथा–  आहारनिद्राभयमैथुनाश्च सामान्यमेतत् पशुभिर्नाराणन ।   धर्मोहीतेशामधिकोविशेशो  धर्मेनहीनंपशुभिर्समानं  ।। हितोपदेश         संसारमा  सारा जीवको कार्य नै, खानु, सुत्नु, निदाउुनु,र  एक अर्ठोसंग डर त्रासमा रहनु भएको हुनाले , यसैलाई निर्मूल गर्न ब्रह्मजीले आफ्नी छोरी सरस्वतीलाई संसारमा प्रकट गराउनु भयो । सरस्वती बन्दनाः— या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता । या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।। या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता । सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।। १ ।। अर्थ ः जो विद्या की देवी भगवती सरस्वती कुन्द को फूल, चंद्रमा, हिमराशि र मोती को हार झै धवल वर्ण की छिन र जसले श्वेत वस्त्र धारण गरेकी छिन ।, जिनको हातमा वीणा–दण्ड शोभायमान छ  जसले श्वेत कमलमा  आसन ग्रहण गरेकी छिन  तथा ब्रह्मा, विष्णु एवं शंकर आदि देवताद्वारा जो सदा पूजित छिन । उनै संपूर्ण जड़ र अज्ञानलाई  नास गर्ने मांता सरस्वती हामे रक्षाा गर्नुहोस । शुक्लां ब्रह्मविचार सार परमाम् आद्यां जगद्व्यापिनीम् ।   वीणा–पुस्तक–धारिणीमभयदां जाड्यान्धकारापहाम्  ।। हस्ते स्फटिकमालिकां विदधतीम् पद्मासने संस्थिताम् । वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम् ।।२ ।। अर्थ ः जसको रूप श्वेत छ, जो ब्रह्मविचार की परम तत्व हुन  जो सर्बत्र  संसार मा  फैलि रहेकी छिन । जसले  हातमा वीणा र पुस्तक धारण गरेर हाम्रो  भय हटाई  अज्ञानरुपी अन्धकारलाई नास गरी रहेकी र हातमा स्फटिकमणिको माला लिएर कमलको आसनमा विराजमान भएकी र बुद्धि दातृ उनै आद्या परमेश्वरी भगवती सरस्वती को  म वन्दना गर्दछु । ..        वीणा बोकेर हाँसको बाहनमा बसेर सरस्वती संसारमा प्रकट भईन । सरस्वतीका वीणाको प्रतेक स्वरबाट अलग अलग जीवको स्वर आवाज भयो । स्वर र व्यांजन वर्णहरु भए । अर्थात् जीवको भाषा भयो । सरस्वतीको आशीर्वाद पाएर जीवले विवेक प्राप्तगया । विवेक युक्तजीवलाई मनुष्य भनियो । विवेकहीन, धर्म बिहिनजीवलाई पशु भनियो। इहि विद्या ,बुद्धि र विवेक कै कारण  जीवमध्ये मनुष्यलाई उत्तम जीव भनिएको हो ।  मनुष्य मनुष्य बीच पनि विद्याले नै मनुष्यको स्वभाव छुट्याई राखेको हुन्छ र विध्याले धनप्राप्ति गराई अन्ततोगत्वा सुख पाइन्छ । यथा–  विद्या दादाति विनयं ,विनयाध्याति पात्रताम् । पात्रत्वाद् धनमाप्नोति धनाद्धर्म ततः सुखम् ।। हितोपदेश ससारमा सुखी को हन्छ त भन्दा हितोपदेशले यि छ जनालाई सुखीमानेको छ  । यथा –   अर्थाऽगमो नित्यमरोगिता च, प्रिया च भार्या प्रियावादिनी च। वश्यश्च पुत्रो ऽर्थकरी च विद्या  षड् जीवलोकेषु सुखानि राजन् ।। यो नै  श्रेष्ठ जीवको लागि सरस्वतीको बरदान हो ।  शिव पार्वती प्रणयसुत्रमा बाँधिएको दिन नै प्रणय दिवस ः—        महादेवलाई पति बनाउन  माता पार्वती ले लामो समय सम्म कठोर तपस्या गरिन।  पछि उनले ब्रह्मा जी बाट महादेव जी लाई पति पाउने वरदान पाईन फलस्वरूप माघ शुल्क पंचमी का दिन पार्वती र महादेव को विवाह भन्दा पहिले गरिने कर्म तिलाकोत्सव अर्थात् ऐङ्गेज्मेन्त भयो र फाल्गुन कृष्ण चतुर्दशी का दिन  शिव पार्वतीको विवाह  भयो ।  प्रेम दिवस ः        परमधामका ब्रह्मात्माहरु  भनेका हामी नै हौ । हाल हामी  जिवात्माको रुपमा यस धरतीमा आएका हौ । परमधाम आनन्दै आनन्दको घर छोड्यौ । जहाँ प्रेम नै प्रेम छ ।  पूर्णब्रह्म परमात्मासंग प्रेम, ब्रह्मात्माहरुलाई परमधाममा सखी भनिन्छ , सखीहरुको आपसमा प्रेम । प्रेम भएर नै आनन्द हुन्छ । स्वमं श्यामाजी (राधाजी) नै आनन्द स्वरुपा हो । जव परमधामका सखीहरु नै परमधामबाट ब्रजमा आए । ब्रजबाट रासमा गए र रासबाट यस धरतीमा जीव सृष्टिको स्वरुपमा आए र परमधाम, आफ्नो मूल घरलाइ बिर्सीर्यौ । त्यहि भएर  हामीहरुलाई जागृत गर्न , आपसमा अपनत्व जगाउन , सद्भाव र प्रेममा बाँध्न द्वापरमा प्रेमरुपी डोरी  लिएर परमधामबाट राधा र कृष्ण  द्धापरयुगमा माघ शुक्ल पञ्चमी कै दिन सन्सारिक जीवमा प्रेम दर्शाउन , प्रेम मार्फत सद्भाव बढाउन राधा कृष्णको  अवतरण भएको हो । राधा र कृष्णको प्रेम यस धरातलमा आएको हो ।   आवयाःे सामरस्यंयत्  तद्विद्वी प्रेम केवलम् ।  न तत्र भेदो न कलिब्रह्माद्वैतं तद्युच्यते ।।५।।   पुराण संहिता अध्याय ७ ।         कृष्णजी राधालाई सम्झाउनु हुन्छ हामी दुई बीच जुन सामरस्य, निकटता छ, सामिप्यता छ यो प्रेमले मात्र सम्भव छ (शर्मा, १९९५) । प्रेम नै रस हो । जहा प्रेम हन्छ त्यहा द्धैतभाव रहदैन  । अभेद हुन्छ । । जसरी पति पत्निको सामरस्य समान रसानुभूतिबाट उत्पन्न प्रेम अद्धैत हुन्छ । त्यसरी नै सकल जीवमा  प्रेमले जीवलाई परजीव नठानी आफैमा समभावमा राख्छ । एकाकार गर्छ । भावनात्मक रति बिज जव जीवमा प्रकट हुन्छ तब ति दई बीच विभाव, अनुभाव अथवा सञ्चारित भावबाट प्रेमोत्पन्न भई पल्लवित, पुष्पित वा फलित रुपको एकत्वमाा परिणत हुन्छ  । यो नै श्रृंगार रसरुपि प्रेम हो ( शर्मा, १९९५) । युवा युवति बीच आकर्षण गराउने कामोत्तेजक भाव प्रेम हैन त्यो वासना हो । प्रेमको यहि गहनतालाई सन्त कविरले यसरी सम्झाएका छन – पोथी पढ पढ जगमुहा पर पण्डित भया न कोहै ढाई आखर प्रेमका सो पढे पण्डित भए ।। कविर वाणी ।।  अर्थात जति नै पुस्तक पढेर संसारमा नाम कमाए पनि पण्डित हुदैन तर जसले साडे दुई अक्षरको प्रेम बुझ्दछ त्यो बिद्धान हो । यो महान प्रेम धरतिमा अवतरण भएको दिन माघ शुक्ल पञ्चमी अथवा सरस्वती पूजाको दिन हो त्यसैले यहि दिन प्रेभ दिवस हो ।         आजको विध्यालयीय शिक्षामा हेर्ने हो भने श्रीपंचमी दिन अर्थात् सरस्वती पूजाको दिन लाई प्रेम दिवस नभनी फेब्रुरी  १४ तारिककोे दिनलाई प्रेम दिवस अझ प्रेम दिवस पनि नभनी भ्यालेंटाइन डे , ह्याप्पी भालेंन्टाइन भन्दै रमाउँद छन् । अनि, हाम्रो सञ्चार मध्यम, सामाजिक सञ्जालले पनि यसैलाई बढावा दिई रहेकोछ ।  आफ्नो धर्मकर्म रितिथिती संस्कार  व्यावहार पद्धति नबुझी वा बुझेर पनि भावहीन परसंस्कृतमा अन्तरहृदय देखि नै रम्न सकी एला र ? अनि किन त यो कृतिम रमाईलो मा रम्नु, बिकृती बढाउनु ।  भ्यालेंन्टाइन डे        यहाँ, भ्यालेंन्टाइनको छोटो परिचय राख्न आबश्यक ठान्दछु । भ्यालेंन्टाइनलाई बुझन विश्वको विध्यालयीय शिक्षाको ईतिहांस बुझनु पर्ने हुन्छ ।  ई.पू ३०० वर्ष  अघि अर्थात  आज भन्दा  लगभग २३०० वर्ष पहिले देखि नै रोमन साम्राज्यमा विध्यालयीय शिक्षा प्रचलनमा थियो । रोमन साम्राज्यमा खास गरी  एथेन्स र स्पारटा नामक दुई राज्य थिए र त्यहाको शिक्षा व्यावस्था फरक फरक थियो ।  एथेन्समा प्रजातान्त्रिक किसिमको शिक्षा दिइन्थ्यो । भाषा, साहित्य, व्यायाम , गणित , नैतिक शिक्षा , स्वास्थ्य  जस्ता  विषय पढाइन्थ्यो । १८ वर्षको उमेर सम्म विद्यालय शिक्षा हुन्थ्यो । शिक्षा पनि अनिवार्य थिएन । अर्को राज्य स्पार्टामा माथी भनि एका विषयका अतिरिक्त सैनिक शिक्षा समेत पढाईइन्थ्यो ।  शिक्षा अनिवार्य थियो । राज्य विस्तारको क्रममा जुनसुकै देशले पनि आक्रमण गर्न सक्ने हुनाले ( हालै युक्रेन मा रसियन सेनाले चारै तिर बाट आक्रमण गरि देशको राजधानी किभ सम्मै पुग्दा युक्रेनी सरकारले सबै नागरिकलाई हतियार दिएर रसियन सेनासंग लाडन खटााए जस्तै) स्पार्टानिएन सरकारको नीति पनि सबै नागरिकलाई सैनिक शिक्षा दिने थियो । स्पार्टेनियन सरकारले उमेर १२ वर्ष देखि माथि  ३० वर्ष उमेर समुहका प्रतेक नागरिकले सैनिक शिक्षा लिनैे पर्ने र सो उमेर भित्र विवाह गर्न नपाईने नीति बनाएको थियो । किनभने वैबाहिक  जीवनमा लागेको नागरिकले देश रक्षाको काममा लाग्न सक्दैन, भ्याउन्दैन, भन्ने मान्यता स्पार्टेनियन ;रकार ले राख्बा थियो।  एक जना भ्यालें टाइन भन्ने विद्यार्थीले यो सरकारी नियमको उल्लङ्घन गरे। भ्यालेंटाइन नाम गरेका एक विद्यार्थीले  सरकारको यो नीति बिरुद्ध आवाज उठाए।  विवाह, माँया, प्रेम भन्नेकुरा मौलिक अधिकार हो भनि युवाहरुलाई भड्काए । उनको यो अभियानमा धेरै युवा युवतीले साथ दिए ।  भ्यालेंन्टाइनले  यसरी धेरै जनाको सामुहिक विवाह समेत गराए । उनको यो कदम चालपाएर सरकारले उनलाई अनुशासनहीन बिध्यार्थी भन्दै राज्य बिरिद्धको अपराधमा दोषी ठहरायो र उनलाई फेब्रुरी १४मा मृत्यु दण्ड दियो । घट्ना यत्ती हो । नागरिक अधिकार प्राप्तकिो उनको आनदोलनको समर्थन गर्न सकिएला । तर उनको त्यो अभियान माथी बर्णित राधा कृष्णको जस्तो वासना रहित मानवीय एकताको प्रेम त हैन । अनि किन फेब्रुरी १४ लाई प्रेम दिवस भन्नु रु श्रीपञ्चमीमा किन न भन्नु रु अस्तु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्