IMG-LOGO

चण्डेश्वरी माघ भजन सन्दर्भमा

 मंगल, माघ २३, २०८०  – हर्षनारायण कर्माचार्य

      हामी नेपालीहरु प्राचीन कालखण्डदेखि धर्म, जप, तपमा पुरै विश्वास गर्ने गरेका छौं भन्ने धार्मिक ग्रन्थहरुबाट प्रमाणित छन् । वर्ष भरि नै आफ्नो आफ्नो तालमा चाड पर्व तथा धार्मिक कार्यक्रमहरु गर्ने गरिन्छन् । वर्षमा १२ महिनामा माघ महिना अति धर्म गर्ने महिनाको रुपमा मानिदै आएको छ । माघ महिनामा श्री स्वास्थानी धर्म पुराणको उल्लेख गरिन्छ यसैगरी माघ महिनामा दिनको एक पिठ तिर्थ महादेवको दर्शन गर्नु ठूलो पुण्य मिल्छ र दिनको दिन नसकेपनि माघ महिनामा एक पिठ तिर्थ मात्र भएपनि दर्शन गर्नु त्यत्तिकै ठूलो पूण्य मिल्छ । अतः माघ महिनामा श्री स्वस्थानी धर्म पुराणमा उल्लेखित पिठहरुको दर्श गर्ने गरिन्छ ।        माघ महिनाको सुरुको दिन पूर्णिमाको दिनदेखि तीन शहर नेपाल खाल्डो चार भञ्ज्याङ, त्यस्तै अरु शहरहरुमा माघ भजन विहान विहान गाउने गरिन्छ  । त्यस्तै माघ भजन गाउने चलन हाम्रो बनेपा सहरमा पनि छ । बनेपामा पहिले माघ भजन टोल विषेश रुपमा छुट्टै गर्ने, गाउने गरेका छन् भन्ने “गणेश रंजितकार” भन्नुहुन्छ । वकुटोल, स्वघाटोल, र दक्षुटोलहरुको समूहगत छुट्टाछुट्टै समूहमा विहान माघ भजन गाउँदै चण्डेश्वरी देखि बनेपा सम्म जाने गरेको रंजितकार बताउनुहुन्छ । तिनै टोलका माघ भजनियाहरु चण्डेश्वरीबाट सुरु गरि बनेपा बजार हुँदै लायकु लीमा विसर्जन गर्ने गर्दथे । त्यस्तै वकुटोलको माघ भजन पनि चण्डेश्वरीबाट सुरु गरि बनेपा लायकु पुगी पुनः बनेपा बजार भजन गाउँदै वाकु गणेस्थानको गणेश मन्दिरमा पुगी विषर्जन गर्थे ।        त्यस्तै स्वाघाटोलको माघ भजन चाँहि चण्डेश्वरी बाट शुरुभई बनेपा लायकुली पुगी पुनः बजारमा भजन गाउँदै दक्षिणकालीमा पुगी विसर्जन गर्ने गर्दथे । यी माघ भजनको सुरु भएको कुनै लेख वा भनाई नभिेटिएको रंजितकार बताउनुहुन्छ । माघ भजन बनेपाका ३ टोलका भजनीयहरु प्रतिपर्धाका रुपमा गर्थे रे । माघ भजनमा ध्वजा बोक्ने, शंख फुक्ने, र श्री भन्ने गरिन्छ । माघ भजनमा बोक्ने ध्वाजाहरुमा  तिखा वस्तुहरु सजाएर राख्ने गर्दथे रे । सँगसँगै भजन गाउँदा भजन भट्याइदा, प्रतिश्पर्धा हुँदा प्रतिस्पर्धा भयो भने कहिलेकाँहि एक टोल र अकै टोल बिच झगडा हुने र झगडा भएछ भने ध्वजामा राखिएका तिखा वस्तुको प्रयोग गर्ने गर्दथे । यसरी धर्मका नाममा टोल टेलमा झगडा हुने हुँदा राजदासवादिले माघ भजनमा राधाकृष्णको रथमा जात्रा गर्ने गर्थे । झगडाको कारण राधाकृष्णको रथ विगारी दिएको भन्ने भनाइ छ । त्यसपछि माघ भजन ३ टोलको ३ समूहलाई हटाई एउटै मात्र माघ भजन गरेको भनिने गर्दथ्यो । माघ भजनको विश्वासमा लाग्नेहरु माथिल्लो दक्षुटोलमा प्रमबहादुर शाके, सूर्यबहादुर वादे, वलबहादुर संैजु, कासीनाथ वादे, कृष्णभक्त पोटे, वलबहादु पोटे, नारायणकृष्ण सैंजु,  कासीनाथ वादे, कृष्णभक्त पोटे, वलबहादुर पोटे, मोजमान मुरथा त्यस्तै तल्लोटोल मध्ये भजनमा लाग्नेहरुमा रासलाल प्रधान्, रामकृष्ण चौ प्रधान्, भक्तिदास कारंजित, धिन्ना गुर्जु, राम श्रेष्ठ, कचाङक्यु, आसतारा भोछिभया, लालभक्त भोछिभया, चक्रमान वैदार, आदि व्यक्तिहरु हो भनि गणेशजी भन्नुहुन्छ ।        माघ भजन प्रति प्रतिस्पर्धा चल्दै जान्छ र बनेपाका टोलटोलका व्यक्तिहरुमा रिस इष्र्या हुने हुनाले यो माघ भजन बन्द हुन गयो । राधा कृष्णको रथ बनाई जात्रा गरि माघ भजन जात्रा गर्दथे । प्वालप्वाल भएको माटोको भाँडामा पानी राखी उक्त भाँडा बोक्नेले दाँया बाँया वरपरका व्यक्तिलाई जल छर्कने गर्दथे । उक्त जात्रा पनि चण्डेश्वरी देखि बनेपा सम्म भजन विसर्ज गर्ने स्थान सम्म र सिलामु टुले गर्नेमा केदारनाथ कायष्ठ र मास्र्या कुमले गर्दथे । यसरी परम्परालाई कायम राख्दै आएको बनेपाको माघ भजन निकै बर्ष सम्म बन्द हुन गयो । निक्कै वर्ष पश्चात यस माघ भजन प्रति आस्था विश्वास र परम्परालाई कायम राख्ने इच्छा कामना गर्नेहरुको अथक मेहनत र प्रयास तथा सरसल्लाहले पुनः माघ भजन सुरु भयो । पहिलेझैं भजनमा प्रतिशोध र झगडा तथा नकारात्मक प्रभाव कसैको नहोस भनि टोलटोलमा नभई बनेपा चण्डेश्वरी माघ भजन एक भई माघ भजन सञ्चालन हुन थाल्यो अहिले वर्ष वर्षमा सुचारु रुपले पुषको अन्तिम र पूर्णिमाको विहान ६ बजे  देखि सुरु हुने गर्दछ । विहान ६ बजे चण्डेश्वरीबाट बनेपा बजार हुँदै भजन गाउँदै लायकुली पुगी पुनःबजार भई गाउँदै दक्षिणकाली विसर्जन गर्ने गरिन्छ । पहिले पहिले भजनमा पुरुषमात्र हुने हुनाले संख्यामा कमै हुने गर्दथ्यो । अहिले महिला पुरुष समान भई भेदभावको व्यवहार नहुँदा भजनमा महिलाको पनि सहभागिता भइदिनाले भजनमा धेरैजनाको जमघट हुने गरेको र भजन गाउन महिला पुरुषले उत्तिकै महत्व दिई  सिमित ठाउँदेखि सिमित ठाउँसम्म पालैपालो गर्ने हुनाले माघ भजनको अतिनै रौनक सभायमान भएका छन् । फरकमा भन्ने हो भने पहिलेकाहरु टोल विषेशमा झगडा गर्थे । अहिले बनेपा एक भएको छ । यो हाम्रो बनेपाको धार्मिक गौरवको प्रतिक हो । माघ महिनाको ठण्डि जाडोमा चण्डेश्वरीदेखि भजन गाउँदै आउने भजनियाहरुलाई विहानको नास्ता स्वरुप ठाउँठाउँमा चिया दुध, अण्डा, चना, तरकारी, हलुवा, सेल, पुरी जस्ता प्रसाद खुवाउने पनि प्रचलन रहेको छ ।        माघको पहिलो महिना गणेस्थानमा गणेश दर्शन गर्ने  त्यसैगरी धनेश्वरको दर्शन गर्ने, यस्तै बनेपाको अष्टमंगल दर्शन पनि यो मंगलबार नै गर्ने गरिन्छ । औंशिको दिन पशुपति महादेवको दर्शन, साँखुकाघलंका व्रतालुहरु आई पनौतिाके त्रिवेणीमा नुहाउन र दर्शन गर्न माघ भजनियाहरु जाने गरेका छन् । लला सप्रिमको दिन साँयुमा व्रतालुहरुबाट साँखु बजार परिक्रमा जात्राको दिन विहान सबेरै बनेपाको माघ भजन सकाई साँखु जाने गर्दछन् । माघको अन्तिम तिर सोमबार या एकादशीको दिन धुलिखेलको गौखुरेश्वर स्थित महादेवको दर्शन गर्न जाने प्रचलन रहेको छ । उक्त दिन विहान उक्त स्थिानमा चिया नास्ताको व्यवस्था गरिएको हुन्छ । भगवति स्थानमा गिता भवनमा भजन गाइ नास्ता गराउने प्रचलन रहेको छ । यसरी बनेपाको माघ भजन वर्ष वर्षमा गाउँदै परम्परालाई कायम राख्न विषेश अक्षयकोष पनि व्यवस्था गरिएको छ ।        अहिले माघ भजनमा रामकाजी पुलबजार, राहुल श्रेष्ठ, श्रीभक्त वादे, कृष्णदेवी वनमाली, नानीमैया वैद्य, अषिराम श्रेष्ठ, पुष्पराज पोटे, उजेली पोटे, कुसुम सुवाल, अम्बिका श्रेष्ठ, रत्न तारा साको, निर्मला मानन्धर, दिलबहादुर श्रेष्ठ, पंचवस्ताज यस माघ भजनको नेतृत्व ब्र्याल पुष्प साइला हुन् । त्यस्तै विहान सवेरै देखि शंख बजाउँदै सबैलाई जागण गराउने रुद्रलाल तिमिला, रामचन्द्र वैदार, प्रभूराम श्रेष्ठ आदि हुन् ।        बिहानै देखि चिसोको प्रवाह नगरि भजन प्रति श्रद्धासुमनका साथ लाग्ने ७० वर्ष भन्दा माथि र ८० वर्ष भन्दा माथिका व्यक्तित्वहरु धेरै हुनुहुन्छ । यसरी माघ महिना भर बिहान भजन गरी पूर्णिमाको दिसम्म भजन गाइ पूर्णिमाको भोलिपल्ट चण्डेश्वरीमा एक वर्षसम्मको लागि माघ भजन सम्पन्न भएकोमा पूजा आरति गर्ने प्रचलन रहेको छ । उक्त दिन बेलुका भोज भोजन गराई भोलिपल्ट विहान माघ भजन गाइने स्थिानमा आरति गाई भजन समापन गर्ने परम्परालाई कायम गरिने गरिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्