१६९८ मा रुसी जार पिटर लन्डन पुगे । त्यहाँ यिनले विश्वविद्यालयहरू घुमे, न्युटनलाई भेटे । रुसमा विज्ञानको विकास गर्न के गर्न सकिन्छ भन्ने छलफल गरे । फर्किँदा न्युटनको एचष्लअष्उब िःबतजझबतष्अब िलगायत अन्य पुस्तकहरू सङ्कलन गरेर फर्के । रूसमा त्यो बेला कुनै प्राज्ञिक संस्था थिएन बेलायतको च्यथब िक्यअष्भतथ जस्तो । १७२४ मा पिटर्सबर्ग साइन्स अक्याडमीको स्थापना गरे । रुसमा पढेलेखेका र वैज्ञानिक अनुसन्धान गर्ने मानिसहरू थिएनन् । पिटरले युरोपभरिबाट रुस आउनलाई वैज्ञानिकहरूलाई आह्वान गरे । युलर, बर्नौली जस्ता गणितज्ञ पिटर्सबर्ग अक्याडमीमा आबद्ध भए । त्यसको १५२ वर्षपछि १८५० मा नेपालबाट जङ्गबहादुर बेलायत (लन्डन) पुगे । जङ्गबहादुर क्लब घुमे, बजार हेरे, लोला मोन्टेज (युरोप प्रसिद्ध नगरबधु) हरूसँग रात बिताए । नगरबधुहरूलाई गरगहना र उपहार बाँडे । फर्किँदा लत्ता, कपडा, गहना, पियानो, भायलिन आदि किने । नेपाल फर्केर बेलायतमा के देखेँ, बेलायत कस्तो थियो भनेर यहाँ असभ्य, गवाँरहरूलाई बताउनु आवश्यक ठानेनन् । त्यहाँको जस्तो केही गर्ने विचार त परै जाओस् । वैज्ञानिक अनुसन्धान गर्ने निकाय गठन गर्नुको सट्टा जात र भातलाई नियन्त्रण तथा कडाइ गर्ने मुलुकी ऐन लागू गरे । १८५७ को लखनउ विद्रोह दबाउन सेना लिएर आफै लखनउ पुगे र विद्रोह दबाएपछि लखनउमा लुट मच्चाए । नेपाल किन बनेन भनेर केही पढेलेखेका मान्छेहरू माथापच्ची गरिरहेका देखिन्छन् मिडियामा । यो र त्यो कारण देखाएर विद्वता छाँटेको पनि देखिन्छ । जुन देशका शासक विदेश घुम्छन् तर विदेशका राम्रा कुरा स्वदेशमा भित्र्याउन भन्दा निजी सुखका साधन भित्र्याउन जोड दिन्छन्, छोराछोरीहरू विदेशमा सेटल गराउँछन्, नाति नातिनाहरू विदेशी नागरिक हुँदा गर्व गर्छन्, लुट्न र लुटेको सम्पतिमा ऐश गर्ने ख्वाब राख्छन्, त्यस्तो देश किन बनेन भनेर तर्क गर्नुको कुनै तुक छ ?
