ग्रामीण विकासका लागि सञ्चार कर्मको नारा बोकेर प्रकाशित काभे्रटाइम्स साप्ताहिक २७ वर्ष पूरा गरी २८ वर्षमा प्रवेश गरेको छ । सञ्चार कर्म सुरु गरेको २५ वर्ष लागेछ । अनेकौं उकाली, ओराली, आरोह, अवरोह बीच सञ्चार माध्यममा निरन्तर लागिरहेको क्षण साढे दुई दशकको यात्राको क्रममा, त्यस्तै रेडियो एविसीमा विगत १७ वर्ष देखि कार्यगरी धेरै अनुभव र अनुभूति सँगाल्ने मौका मिलेको छ । २०५२ सालबाट माओवादी केन्द्रको शसत्र जनयुद्ध, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन सात राजनीतिक दलको भारतमा भएको १२ बुदे सहमती, २०६२÷२०६३ को जनआन्दोलन, २०७२ बैशाख १२ र २९ को विनासकारी भूकम्पको क्षतिले नेपाल राज्यका नागरिकहरुले भोग्नुपरेका समस्या, आर्थिक सामाजिक रुपान्तरणमा देखिएका जटिलताका सवालहरुलाई सञ्चार माध्यमले उजागर गरेका विषयवस्तुहरु आम नागरिकका बिचमा पु¥याउने प्रतिनिधिमूलक संस्थाको रुपमा काभ्रे टाइम्स उभिएर निडरताका साथ अघि बढेको यथार्थ समाजमा छरलङ्गै छ नै । त्यसै गरी कोभिड १९ को प्रकोपले विश्वलाई नै थिलथिलो बनाई आर्थिक सङकटको चपेटामा पर्दा सञ्चार माध्यमले व्यहोर्नु परेको परिस्थितिले मोफासेलबट प्रकाशित छापा माध्यमले झन थप आर्थिक संकटको सामना गर्नु पर्यो । यस्ता यावत संकटका चरमचुलीलाई चिर्दै हाम्रो सञ्चार माध्यम निरन्तर अघि बढि रह्यो । सञ्चारकर्मीको कार्य केन्द्र, प्रदेश र स्थानीय “सरकारले गरेका राम्रा कार्यलाई फैल्याउने नराम्रा कार्यलाई खबरदारी गरी औंल्याउने, समाजमा देखिएका विकृति, विसंगतिका विरुद्ध सञ्चारको माध्यमबाट उजागर गर्न निरन्तर लाग्नु सञ्चार कर्मको मर्म र धर्म हो । यो या त्यो पंक्तिामा नउभिई समाजमा पछाडी परेका, पारिएका वर्ग, निम्न वर्गीयको उत्थानको लागि उनीहरुले व्यहोर्नु परेका समस्या, उनीहरुको आवाजलाई बुलन्द गरि उजागर गर्नु सञ्चार माध्यमको कर्तव्य र दायित्व हो । उनीहरुको मुद्धालाई सम्बोधन गरी जीवन यापनलाई सहजता बनाउनु राज्यको दायित्व हो ।” गरीवीका रेखामुनि रहेका, पछाडी पारिएका, वर्गको लागि रोजगारीको प्रवन्ध गरि अभिभावकाको भूमिका राज्यले निभाउन जरुरी छ । जहाँ वेथिति छ त्यसको अन्त्य गरी नागरिकको जिवनमा हाँसो र खुसी ल्याउन, शान्ति अमन, चमन, विकास र समृद्धिको यात्राको गन्तव्यमा पु¥याउन लोकतन्त्रप्रतिको राज्य व्यवस्थाको प्रत्याभूति नागरिकमा हुन जरुरी छ । व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तनको आभाष नागरिकले प्राप्त गर्न नसक्दा नागरिकहरुमा चरम निराशा छ । राज्यको बागडोर समालिसकेका राजनितिक दलका नेतृत्व सत्ता लिप्सामा लाग्दा, जनताप्रति गैर जिम्मेवार बन्दा देशमा वेथिति भष्ट्राचार मौलाएको छ । सत्ता र शक्तिको आडमा ठूलालाई चैन सानालाई ऐन भएको छ । नागरिकले प्राप्त गर्नुपर्ने सेवा प्रवाहमा संरचनागत सुधार बिना गणतन्त्र बलियो हुन सक्दैन नागरिकको आर्थिक समृद्धि हुन जरुरी छ । बेथिति, विकृति र विसँगतिको विरुद्धमा सञ्चारकर्मको माध्यमबाट उजागर गर्न निरन्तर लाग्नु नै छ । त्यहि नै सञ्चार कर्मको सत्कर्म हो ।
