IMG-LOGO

युगयुग बाँचिरहोस काभे्र टाइम्स

 मंगल, माघ २, २०८०  – तुयुकाजी ताम्राकार

    समाजमा मानिसहरु अनेक जात्रा, पर्व, उत्सव, समारोह, खेलकुद, झै झगडा, हत्या, हिंसा, अनेक घटना तथा दुर्घटनाहरु भइरहेका हुन्छन् । जुन समयमा संचार माध्यमको विकास भएको थिएन त्यो बेला धेरै पछि मात्र एक ठाउँबाट अर्को ठाउँमा खबर पुग्थे । तयहि बसी खबर सुनेर पनि मानिसकहरु चिन्तित, उत्तेजित, खुसी वा दुःखी हुन्थे । आफ्नै गाउँघरमा पनि वरपर केहि घटना भएछ भने पनि घाँस दाउरा जाँदा, पँधेरा जाँदा वा बजार निस्कदा मात्र गाउँलेहरुकै कुरा सुनेर थाहा पाउँथे र घटना बारे मान्छेहरुले आ आफ्नो धारणा बनाउँथे । सुनेर , सुनाएर वा पढेर जसरी भएपनि प्राप्त गरिएका ज्ञान वा जानकारी आफैंमा महत्वपूर्ण हुन्छ । तर हिजोआज संसारको कुनै कुनामा कुनै घटना दुर्घटना हुनासाथ इन्टरनेटको माध्यबाट वा मोबाइलमा फेसबुकबाट प्रसारण गरिएको हुन्छ  र सबैले सजिलै जानकारी पाएका हुन्छन् । इन्टरनेटले संचार जगतमा संसार हल्लाउने क्रान्ति ल्याएका छन् ।      आजभन्दा सत्ताइस वर्ष पहिले जुनबेला हुलाकी युग थियो उक्त समयमा काभे्र जिल्लामा सायद पहिलो खबर पत्रिकाको रुपमा “काभे्र टाइम्स” नामले पत्रिका निस्केको थियो र आज अठ्ठाइसौ वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्मा हार्दिक शुभकामना दिन चाहान्छु । राष्ट्रमा भएका महत्वपूर्ण खबरका साथै मूलत काभे्र जिल्लामा भएका राम्रा नराम्रा दुबै पक्षको घटनाहरुको जानकारीमूलक खबरहरु थाहा पाउने माध्यम बनेको थियो काभे्रटाइम्स् । प्रत्येक मंगलबार प्रकाशित हुने उक्त पत्रिकाले विभिन्न विषयहरुको जानकारी एवं खबरहरु संपे्रसण गर्ने एउटा महत्वपूर्ण माध्यम भएको कुरालाई कसैले इन्कार गर्न सक्दैन र मिल्दैन ।      समयमै पत्रिका नपुग्दा र पु¥याउन ढिला भएको दिनमा मानिसहरुले आज मंगलबार हैन खोई काभे्रटाइम्स भनेर सोधपुछ गरेको सुनेको मात्र हैन सोमबारकै दिनमा पनि काभे्रटाइम्स आज आउने हैन भनेर सोधेको खोजेको मैले देखेको हुँ । यस कुराले के प्रष्ट भन्न सकिन्छ भने काभे्रटाइम्स पत्रिकाले कतिपय मानिसलाई उक्त पत्रिका पढ्ने नशा लगाउनुको साथै विश्वास जितेको भन्न अस्वभाविक हुँदैन भन्ने लाग्छ । हुनत काभे्र जिल्लामा थुपै्र साप्तिाहिक पत्रिकाहरु निस्कन्छ तर लोकप्रियता हाँसिल हुन गाह्रो हुन्छ । विश्वास र लोकप्रियता प्राप्त गर्न सक्षम पत्रिकामा काभे्रटाइम्स पढेछु भन्ने लाग्छ किनकी काभे्र टाइम्सले गरेको संघर्ष, त्यहाँ कार्यरत पत्रिकाका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपाने लगाएत कर्मचारी टीमको त्याग, दुःख, अभाव इत्यादी खारिएको इतिहाँस बोकेको पत्रिका हो । त्यसैकारण काभै्र बासीहरुमा काभे्रटाइम्सले प्रवाभ इतिहाँस विगतको होइन निरन्तर जारी छ काभे्रटाइम्सको त्यो गौरवपूर्ण इतिहाँस, त्याग र अभाव झेलेर आजसम्मको निरन्तरताले खारिएको सुन सावित भएको पत्रिका मान्नु पर्छ । समय परिस्थिति र युगले मागेको ज्ञानयुक्त, विश्लेषण युक्त रचना एवं खबरहरु नछुटाईकन प्रकाशन गर्न सफलता पाइरहोस भनी हार्दिक शुभकामना पून व्यक्त गर्न चाहान्छु ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्