IMG-LOGO

बिपिको निकट मानिने पत्रकारहरु

 सोम, पौष २३, २०८०  – खिलध्वज थापा

     बिपिको निकट मानिने धेरै पत्रकारहरु थिए, स्बदेशमा पनि बिदेशमा पनि । तर ‘सानदाइ, तपाईंले कहिल्यै परस्त्रीगमन गर्नु भयो कि नाई ?’ भनेर उनलाई सोध्न सक्ने पत्रकार एकजना  मात्र थिए, कलकत्ताका भोला चटर्जी । बिपिसँग कलकत्तामै परिचित र प्रभावित भएका भोला बाबुले कलकत्ता देखि काठमाण्डौ सम्म उनीसँग लामो समय  संगत गरे र उनको मनपेत लिन सफल भए । सम्भवतः भोला बिपिका सर्बाधिक आत्मीय र आन्तरङ्ग मित्र पनि थिए ।        बि.स. ३०३७ को जनमत संग्रहको परिवशमा भोलाले बिपिसँग एउटा लामो अन्तरवार्ता लिए । समसामयिक राजनैतिक, समाजिक, जीवन र जगत लगायत बिपिका कतिपय ब्यक्तिगत पक्षहरुलाई पनि उदाङ्गो पार्ने गरी लिइएको अन्तरबार्ता कलकत्ताबाट प्रकाशित हुने दैनिक ‘द टेलिग्राफ’ को पुरा एक पेज (ब्रोडशिट)मा छापिएको थियो । अन्तराष्ट्रिय महत्वको कुनै अंग्रेजी दैनिकमा छापिएको बिपिको यतिलामो अन्तरबार्ता यो नै पहिलो र अन्तिम थियो । अन्तरबेर्तामा बिपिले ब्यक्त गरेका केही बिचार निकै बिबादास्पद पनि भए । अन्तरबार्तँको अन्तमा साहित्यमा  बिपिको  छाडावादको (यौन) प्रसँग कोट्याउँदै भोला चटर्जीले सोधे, नढाँटेर भन्नुस त बिपिबाबु, तपाईले सुशिला भाउजु बाहेक अन्य स्त्रीसँग कहिल्यै शारीरिक सन्सर्ग गर्नुभयो कि गर्नुभएन ? बपिले त्यसको जवाफ दिएका छन्, र उनले पत्रकारिताको शब्दमा ‘अफ् द रिकर्ड ’ को शैलीमा भनेका छन् , यो कुरा तिमिले मेरो जीवन प्रयन्तकतै छाप्न अथवा भन्नपाउने छैनौ । बिपिको देहान्त भएको दशकौँ भयो, उनको देहान्त पछि पनि भोलाले उनको जवाफमाकतै प्रकाशपारेका छैनन् ।  अब त भोला चटर्जी पनि रहेनन् । बिपि, डा.तुलसी गिरि, शैलेन्द्र कुमार उपाध्याय र राजा महेन्द्र तथा कान्ति गिरि र शैल उपाध्यायको अन्तरङ्ग सम्बन्धबारे एउटा बृत्तमानिकै चर्चा हुने गथ्र्यो । राणा बंशाबलिकार पुरुषोत्तम समशेर जबराकाआत्म बृत्तान्तअनुसार कान्तिगिरि (श्रीमतीतुलसीगिरि) र शैल उपाध्याय(श्रीमती शेलेन्द्र) बीच प्रायः भैरहने आपसी झै झगडाले यदाकदाएक आर्काको कपाल लुछाचुँडीकोको रुप धारण गथ्र्थो र त्यसको मध्यष्ठकर्ता हुनुपथ्र्यो बिपि ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्