IMG-LOGO

शिक्षा प्रणाली र देश बिगार्ने शिक्षक मात्रै  हुन र ?

 मंगल, असोज १६, २०८०  – यमबहादुर जोती नेपाल शिक्षक महासंघ, हेलम्बु गाउँ कमिटी अध्यक्ष

       कुनै पनि राज्यको समग्र पक्षको नेतृत्व राजनीतिले गर्छ । राजनीतिले ठूला ठूला परिवर्तन ल्याउछ ! राजनीतिक शक्तिले संविधान बनाउछ पनि जलाउछ पनि र परिवर्तन गर्छ पनि । राजनीतिपछि महत्पूर्ण क्षेत्र भनेको शिक्षा हो । देशमा कस्तो जनशक्ति उत्पादन गर्ने, कस्तो शिक्षा प्रणाली संचालन गर्ने र कस्तो नागरिक समाज बनाउने भन्ने कुराको निर्धारण शिक्षा नीति ऐन नियमले गर्छ । यतिबेला शिक्षक कर्मचारीको आन्दोलन निरन्तर चलिरहेकै छ ! सबै पाटीका मन्त्री सांसद नेता अगुवा चुप लागेर बस्न मिल्छ ? अनि शिक्षक कर्मचारीको साझा छाता संस्था  भनेर चिनिने तथाकथित नेपाल शिक्षक महासंघ सरकारसङ्ग अपूर्ण, स्वार्थी र धोकापूर्ण सम्झौता गरेर कानमा तेल हालेर बस्न मिल्छ ? के तपाईं केन्द्रीय नेतृत्वको स्वार्थ पूरा हुँदैमा भाग्न मिल्छ ? भोलिका दिनमा तपाईंहरु हाम्रोसामु आउनु पर्दैन ? एक माघले मात्रै जाडो जान्छ ? नेपालको सामुदायिक शिक्षा सुधार गर्नु राजनीतिमा लागेका नेताकार्यकर्ताको होइन ? के बुद्धिजीवीको होइन ? के न्याय क्षेत्रका श्रीमानहरुको होइन ? के निजामती कर्मचारीको कर्तव्य होइन ?  शिक्षाविद प्राध्यापकको कर्तव्य होइन ? के हाम्रा तमाम जनप्रतिनिधिको होइन ? के क्ष्ल्न्इ–ल्न्इ को दायित्व होइन ? के पत्रकारको होइन ? के तमाम अभिभावकको कर्तव्य होइन ? के नागरिक समाजको जिम्मेवारी होइन ? के अगुवा विद्यार्थीले पनि सहयोग गर्न मिल्दैन ? सामुदायिक विद्यालय र समग्र शैक्षिक प्रणाली र देश नै  कमजोर हुनु विद्यालयका शिक्षक कर्मचारीको मात्रै दोष हो ? के तपाईं केही सिमित नेता जनप्रतिनिधि र निजामती कर्मचारीको काम चाहीँ शिक्षा ऐन नियम बनाउने, निजि क्षेत्रमा लगानी गरेर महँङ्गा महँङा बोर्डिङ खोल्ने र विदेशी बैंकमा पैसा जम्मा गर्ने मात्रै हो ? खबरदार शिक्षकलाई मात्रै दोषी देख्ने स्वार्थी, राष्ट्रघाती, पापी नेतृत्वका आँखा फोरिने छ । तुरुन्तै बैठक बसेर सही कदम नचाले नेपाल शिक्षक महासंघ लगायत सबै सङ्गठन छोडिने छ । अतः नेपालको संविधान २०७२ को मर्म विपरीत नहुने गरि सामुदायिक शिक्षा सुधारमा गम्भीर हुन अनुरोध गर्दछु । हेक्का रहोस् सामुदायिक शिक्षा प्रणाली बिग्रनु भनेको हामी शिक्षक मात्रै बिग्रनु होइन ।  तपाईंका छोराछोरी पनि बिग्रनु हो । तपाईं पनि बिग्रनु हो । नेपाली समाज बिग्रनु हो । नेपाल नै बिग्रनु हो । सबै बिगाएर तपाईं मात्रै सप्रीनु को के अर्थ रहला र ? अन्त्यमा आम अभिभावक, नागरिक समाज, पत्रकार र विद्यार्थी वर्गमा भने वास्तविकता बुझेर सहयोग र विरोध गर्न अनुरोध गर्दछु !    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्