IMG-LOGO

काय् भाजु गना ? (छोरा कता ?)

 मंगल, असोज ९, २०८०  – प्रा.डा. सुमनराज ताम्राकार

  स्याबास् काय् भाजु डाक्टर जुय पुष्प च्यगुनां तल। (स्याबास्, डाक्टर बनेर पुष्पराजको नाम राख्यौ ।) अमा, अब्वाता ठिक जु ? (आमा बुबालाई ठिक छ ?)       पहिलो संवाद ठूली आमा जगत मायासँग पनौती मै भेट हुँदा हुने भला कुसारीको शुरुवाती संवाद हो । अक्सर मानेश्वरीबाट फर्किने बेला वा मानेश्वरी तर्पm जाने क्रममा भेट हुँदा ठूली आमाले निकै माया, स्नेह एवं मान राखी शुरुमै काय् भाजु भनेर सम्बोधन गर्नु हुन्थ्यो । यसैबाट उहाँको आत्मियता र मायालुपनको नमूना हो ।       दोश्रो संवाद मैले टिचिङ (त्रिवि शिक्षण अस्पताल) बाट एम.बी.बी.एस उत्तिर्ण गरेपछि भेट हुँदाको शुभा शिर्वचन हो । यसको रमाइलो किस्सा छ । रुपदाईले ईञ्जिनियरिङ क्षेत्र अन्तर्गतको ईलेक्ट्रिकल विषय रोजेपछि म मेडिसिन पढ्न चाहन्थे । त्यो बेला मेडिसिनको पढाई टिचिङमा मात्र हुन्थ्यो । त्यो बेला काठमाण्डौ गएर पढ्नु हाम्रो सपना हुन्थ्यो र, काठमाण्डौमा पढ्ने क्रममा गाउँकै, अथवा आप्mनै थातथलोको कोही चिनेजानेको भए ढाडस मिल्थ्यो । संयोग कस्तो पर्न गयो भने म महाराजगंजमा हेल्थ असिस्टेन्ट पढ्नु केही समय अगाडि देखि मात्रै ठूली आमाहरुले टिचिङ अस्पताल बाहिर श्री राम फर्मा (औषधि पसल) संचालनमा ल्याउनु भएको थियो । त्यस बेला रुपदाईका समवयी जुम्ल्याहा राम, लक्ष्मण दाईबाट धेरै सहयोग पाइयो । पछि २०५४ साल तिर एम.बी.बी.एस. पढ्न थाले पछि उक्त पसलमा आउ जाउ बाक्लै हुन थाल्यो र, एम.बी.बी.एस.को पढाई पछि उहाँ सँगको भेटमा ठूली आमाले त्यसरी स्याबासी दिनु भएको थियो । त्यसको कारण पनि छ, त्यो बेला ठेट पनौतीबाट एमबीबीएस डाक्टर बन्ने म दोश्रो व्यक्ति थिएँ ।       र, महाराजगंगमा पढाई गर्दै ताका ठूली आमा सँगको भेटमा आमा बुबाको हालचाल सोध्नु हुन्थ्यो (तेश्रो संवाद) । किनकि २०५९ सालमा ठूलो बुबा श्री राम कर्माचार्यको असमायिक एवं अप्रत्याशित निधन पछि ठूली आमा अधिकतर काठमाण्डौ मै बस्न थाल्नु भएको थियो ।       र, ठूली आमासँगको अन्तिम भेट भने पोहर सालको स्थानीय निर्वाचनको दिन पनौती लायकु परिसरमा भएको थियो । भोट खसालेर आए पछि उहाँ सँग भेट भएको थियो । आपसी हाल चाल एवं प्रगति कै कुराहरु भए । ठूली आमा जहिले पनि हामीले गरेको प्रगतिमा गौरव गर्नु हुन्थ्यो ।       ४०, ५० को दशकमा पनौती भेगका हरेक सामाजिक, शैक्षिक एवं धार्मिक क्षेत्रमा श्री राम जगत माया दम्पत्तिले पु¥याउनु भएको सेवा, योगदान सबैको मन मनमा छ । पनौती रेडक्रस, ईन्द्रेश्वर क्याम्पस, सरस्वती कुञ्ज बोर्डिङ स्कुल, ओम शान्ति केही उदाहरणहरु मात्र हुन् । ठूलो बुबा श्री राम कर्माचार्यको जुन सुकै अभियान, पहल, अठोटमा ठूली आमा जगत मायाले सदैव सत्ती साल भैंm टेवा, साथ सहयोग दिनुभयो । ठूलो बुबाको असामयिक, अपर्भmट प्रस्थान पछि ठूली आमा दुःखी बन्नु भयो होला तर यसलाई दैवको लिला सम्झेर हामीलाई हौसला दिइ राख्ने मामिलामा कहिल्यै पछि पर्नु भएन ।       मिठो बोली वचन लगाएर उहाँले केवल म सँग मात्र बोल्नु हुन्छ भन्ने होइन । उहाँले सबैलाई त्यस्तै उच्च व्यवहार देखाउनु हुन्थ्यो । उहाँ राम्रो संस्कार सिकाउन कहिल्यै पछि पर्नु भएन । त्यसै भएर पनि होला, उहाँहरुले थाल्नु भएको औषधिको व्यवसायले निकै सफलता प्राप्त भयो । पार गथे जुई मांनं यागु गुण ...       हो विजय राम दाई (ठूली आमा कै सुपुत्र), तपाईंले भन्नु भए जस्तै, मनन गर्नु भए जस्तै, गीत सिर्जना गरि गाउनु भए जस्तै आमाले गरेको गुण हामीले कहिल्यै पनि पार लगाउन सक्दैनौ । जगत माया अधिकतर मेरा समकक्षीहरुका पनि ठूली आमा नै हुन् । मलाई लाग्छ, आ–आफ्नो आमा पछि स्नेह, माया, ममता प्रदान गर्ने उहाँ नै हुनुहुन्छ । उनै ठूली आमाले ९० वर्षको उमेरमा भाद्र २७, २०८० को दिन यस धर्तीबाट बिदा लिनु भयो । ठूली आमाको हँसिलो मुहार जहिले पनि सम्झनामा रहि रहनेछ । ठूली आमाप्रति श्रद्धा अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्न चाहन्छु ।   

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्