IMG-LOGO

पैसा र खुसीको सम्बन्ध

 मंगल, असोज २, २०८०  – डा. रवीन्द्र पाण्डे

      धेरै मान्छेले भन्छन् – पैसाले खुसी किन्न सकिन्न । अमेरिकाको क्तबmायचम ग्लष्खभचकष्तथ मा भएको एक अनुसन्धान अनुसार पैसाले खुसी किन्न मद्दत गर्दछ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य आदि पैसाको कारण सुलभ हुने भएकोले पैसाले मान्छेलाई सुख र शान्ति दिन सक्छ्र त्यो अनुसन्धानले भनेको छ – मान्छेले १ लाख डलर कमाउने बेलासम्म उसलाई उच्च मात्राको खुसी दिन्छ । त्यसपछिको कमाइले दिने खुसी कम हुँदै जान्छ ।     हाम्रो जस्तो गरिब देशमा मध्यमवर्गीय परिवारको व्यक्ति आजीवन पैसा कमाउन लाग्ने बाध्यता छ । जीवनभर पैसाको लागि अमूल्य समय बिताएपछि उसले पैसा बाहेक सबै प्राप्ति छुटाएको हुन्छ ्र जब उ सँग पैसा हुन्छ, तब उसँग मनोरंजन गर्ने, भ्रमण गर्ने तथा आफ्ना रुचीका काम गर्ने समय घर्किसकेको हुन्छ । जीवनको उत्तरार्धमा न उसले कमाएको पैसाले काम दिन्छ न त बितेको समय फर्काउन सक्दछ  ।     मध्यम बर्गीय परिवारमात्र हैन, हामी कहाँ धनी मान्छे पनि आजीवन पैसाको दास बनेका हुन्छन् । गलत तरिकाले भएपनि पैसा कमाउने दौडले गर्दा जति पैसा भएपनि नपुग्ने मनस्थितिमा हामी हुन्छौं । हामीलाई आधारभूत आवश्यकता पुरा हुने पैसा भएपनि आफ्नो रुची, परिवारसँग समय बिताउने र भ्रमण गर्ने तथा समाजको लागि केहि गर्ने दायित्व पुरा गरेका हुँदैनौं ।     अहिले अधिकांश व्यक्ति आफ्नो घर, गाडी, बैंक ब्यालेन्स तथा जग्गाहरु भएपनि निकै दुखि छन् छोराछोरी विदेश पढ्न जान्छन् । उतै सेट हुन्छन् । उनीहरुलाई नेपालमा भएको सम्पत्तिको मतलब हुँदैन । यहाँ सम्पत्ति बेचेर बाहिर लैजान त्यति सजिलो छैन । त्यसपछि उनीहरुका बुबाआमाले आजीवन दःुख गरेर कमाएको घर तथा जग्गाको कुनै अर्थ हुँदैन । हाम्रा धेरै घर खाली हुनु तथा जग्गा बाँझो हुनुको कारण यो पनि हो । तसर्थ हामीले आफ्नो कमाउने सिमा, उपभोग गर्ने तरिका तथा दान दिने उदार मन बुझ्नु आवश्यक छ  ।     आर्थिक रुपमा कामचलाउ भएपछि आफ्नो रिटायरमेन्ट र त्यसपछिको योजना पहिल्यै बनाउनु पर्दछ । जति छिटो आफ्नो पेशाबाट रिटायर भयो, जीवन त्यति नै सुखी हुन्छ  । कुनै पनि व्यक्ति त्यहि पेशाको लागि जन्मेको हुँदैन ्र एउटा पेशाबाट मोनोटोनस भएपछि रुची अनुसारको काम गर्दा मानसिक रुपमा थप सक्रिय बन्न सकिन्छ । जीवनमा बाँकी रहेका इच्छा पुरा गर्नु ठूलो कमाइ हो । भ्रष्ट्राचार, कमिसन, घुस, कालोबजारी आदि गरेर कमाएको पैसा त्यो व्यक्तिले सुखसँग उपभोग गर्न सक्दैन । जीवनको उत्तरार्धमा आफ्नो कुकर्मको कारण पश्चाताप मात्र हुन्छ ।     आफ्नो सीप र मेहेनत अनुसार पैसा कमाउने, त्यो पैसाले जीवनलाई सुखी र सार्थक बनाउने प्रयास गर्ने हो भने थोरै पैसाले पनि धनी हुन सकिन्छ ्र पैसाको तृष्णामा जीवनलाई सक्ने हो भने हामी आजीवन पैसाको दास भएर मर्नुपर्छ  । पैसाको मालिक हुने हो भने पैसाले सानासाना खुसी लिंदै आफ्नो रुचीका काममा प्रवृत हुनुपर्दछ  । जब हामी बुढो हुन्छौं, रोगी हुन्छौं, हाम्रा शरीरका पाटपुर्जा खुकुला हुन्छन् । त्यो बेला पैसाको सिमित अर्थ हुन्छ । रोग र उमेरको कारण हामीले खान मन लागेको कुरा खान मिल्दैन, जान मन लागेको ठाउँमा जान सकिंदैन अनि गर्न मन लागेको कुरा गर्न सकिंदैन ।     पैसा, रहर, इच्छा, सपना, सामाजिक उत्तरदायित्व, मनोरंजन आदिलाई सँगसँगै लैजान सक्ने मान्छे नै वास्तविक रुपमा सफल व्यक्ति हो । सफलता कुनै पद, आर्जन तथा प्राप्तिसँग जोडिएको हुँदैन । सुख र दःुख मनको विषय हो ।  सन्तुलित जीवन नै सफल जीवन हो  ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्