आफैँ पकाएर खाने, एक वथान भाँडा धुने, किचन सफा गर्ने, हुवर लगाउने, टोइलेट धुने कार्यले निक्कै व्यस्त भइँदो रहेछ । दिनको एक चौथाइ समय किचनमा लाग्दो रहेछ । अनि कहाँ सक्छन् त महिला पुरुषसरह अगाडि बढ्न । अब कानुन नै यस्तो बनाउनुपर्छ कि पुरुषले पनि हप्तामा ३ दिन खाना पकाएकै, ४ दिन लुगा धोएकै, र भाँडा माझैकै हुनुपर्ने । मैले त यसो पनि भन्दै आएको छु, ‘बच्चा पनि पालैपालो पाउनु र हुर्काउनुपर्छ । कि त महिलाको आफ्नै राजनीतिक पार्टी हुनुपर्छ, महिला सञ्चारकर्मीको जस्तो, महिला सङ्गठनजस्तो । तिनको आफ्नै महिला उम्मेदवार हुनुपर्छ । तिनको आफ्नै सरकार र संसद हुनुपर्छ । अर्थात् पुरुष र महिलाको समानान्तर सरकार हुनुपर्छ एउटा देशमा । अनिमात्र महिलाले अवसर पाउँछन्, क्षमता विकास हुन्छ र यो संसार भेदभाव रहित होला’ आफूले सास्ति भोग्दा यस्ता नवचेतना पो जागृत हुँदा रहेछन् । आउँदै गरेको तीजको महिला दिदीबैनीलाई हार्दिक शुभकामना !
