IMG-LOGO

ज्ञान अका स्मरण

 बुध, भदौ २०, २०८०  राजभाइ मानन्धर

      ज्ञाकाजी मानन्धर मेरा गुरु मात्र नभई अभिभावक पनि हुनुहुन्थ्यो । उहाँको जेठो छोरा भुवन मेरा अति प्रिय बाल सखा हो । हामी सानै देखि सँगै खेल्ने पढ्ने गर्दथ्यौं । उहाँको ठूलो योगदानले स्थापित चैतन्य स्कूलमा हामीले सँगसँगै पढाई शुरु गरी कक्षा ६ देखि १० सम्म आजाद हाई स्कूलमा सँगसँगै पढेका थियौं । त्यस अवधिमा हामी सँगसँगै खेल्ने, पढ्ने र खाने बस्ने समेत गर्ने गरेको हुनाले मैले उहाँको माया, स्नेह र अभिभावरुत्व पाएको थिएँ । म उहाँलाई सर, मार्सापको सट्टा उहाँलाई अका (काका) भनी सम्बोधन गर्थे । उहाँकै सल्लाह, सहयोगले नै मलाई चैतन्य मा.वि. बनेपामा प्रधानाध्यापकको रुपमा सेवा गर्ने अवसर जुरेको थियो ।     उहाँको उमेरका बनेपाका मानन्धरहरुले स्कूल तहको पढाई नै पुरा गर्न नसकेको त्यो समयमा उहाँ बनेपा कै प्रथम ग्रेजुएट भएका रहेछन् । कम दुःखले यो सम्भव भएको हैन होला । आजाद हाई स्कूल बनेपामा शिक्षकको रुपमा रहँदा त उहाँले दैनिक १०÷१२ घण्टा अंग्रेजी विषयको ट्यूसन पढाउनु हुन्थ्यो भने आप्mनो कलेज अध्ययनको क्रममा समेत काठमाण्डौंको डेरामा ट्यूसन पढाएर खर्च जुटाउनु परेको रहेछ । हाम्रो टोलको भजन गुरु स्वः मोहनलाल खिंका कान्छो छोरा उहाँ त्यति वेला वहालमा लिएको घर सञ्चालन हुँदै गरेको चैतन्य स्कूलको भवन वाँउख्यः टोलमा निर्माण गरी टोलका बाल बालिकाहरुका लागि शिक्षाको उज्यालो पु¥याउनु भएको थियो ।     हामी बनेपाका मानन्धरअरु वाँउख्यः टोले र कोवहाः टोले गरी दुई ओटा दाफा भजन समूहमा आवद्ध छौं । विविध कारणले कोवहाः दाफा भजन विभाजित भई कोसा दाफा भजन पनि थपिएको छ । यी दूई टोलका सबै समूह जापाली गुठीमा आवद्ध छौं । जापाली गुठीमा वार्षिक भोज हुन्छ । यो भोजमा अर्थात जापाली गुठीमा मानन्धरहरुको सांस्कृतिक र परम्परागत संस्कार सम्बन्धी नीति नियमका विषयमा निर्णयहरु गरिन्छ । यस गुठीमा सहभागी हुन पाउँदा बनेपाली मानन्धरहरु गौरवान्वित हुन्छन् । प्रत्येक मानन्धर युवकहरुको सजातीय विवाहमा भोजका लागि चामलको जाँड र अदुवा सहयोग गर्न पाउँदा खुसि हुने हुन्छन् । यही जापाली गुठीको भोज खाने ठाउँलाई हामी जापाली भन्छौं । यो ठाँउ बनाउन मानन्धर अगुवाहरुले आ–आप्mना करेसावारी निःशुल्क प्रदान गरे, कसैले खेत वारी पनि जापाली गुठीका नाममा कमाइ खाने गरी राखी दिएका थिए । जापालीमा एउटा पाटी जस्तो भान्छा घर पनि बनाई पर्खालले घेरिएको थियो । ज्ञानकाजी मानन्धरले सो जापालीमा ढुङ्गा विछ्याउने र भान्छा घर पनि व्यवस्थित गर्न आपूmले पनि उल्लेख्य अर्थिक सहयोग गर्दै सम्पूर्ण मानन्धरहरुको सहयोग समेत जुटाएर पूनः निर्माणको प्रारम्भ गर्नुभयो ।     हाम्रो वाउँख्यः टोलका भजन गुरु स्वः मोहनलाल खिं मानन्धर (स्वः ज्ञानकाजी मानन्धरका पिता)ले आप्mनो जीवनकालमा बनेपाको लायकु चौरमा धार्मिक नाटकहरु प्रदर्शन गर्नुहुन्थ्यो । उहाँले ती नाटकहरुमा परम्परागत साँस्कृतिक वाजाका तालहरुको प्रयोग गर्नु हुन्थ्यो । विरहका गितहरु हुन्थे, अप्सराहरुको नृत्य, युद्धका गर्जन अनेक दृस्यहरु संयोजन गरी दर्शकहरुलाई मनोरञ्जन र सन्देशहरु सहित प्रभावित पार्न सफल हुनुहुन्थ्यो.। तीनै नाटकहरुका गितमा स्वः ज्ञानकाजी मानन्धर आप्mनो शब्द, रचना र लयहरु समावेश गराउनु हुन्थ्यो । पछि उहाँले आँपैm साना÷ठूला नाटक निर्माण गरी प्रदर्शन समेत भयो । आप्mनै छर छिमेक गुठी नातेदारका घर घरमा पुर्खा देखि सुरक्षित रहेका तर के हो कुन प्रयोजनको जाानकारी नभएका पुराना कागजपत्र, भोजपत्र आदि खोज्दै पढ्दै विज्ञहरुसँग सम्पर्क गरी स्पष्ट पारी अर्थ खुलाई दशी प्रमाणका साथ लेख पुस्तकहरु प्रकाशन गर्ने उहाँको विशेषताको प्रशंशा धेरैबाट भएका छन् ।      मिति २०८० भाद्र ८ गते उहाँको दाहसस्कार लगायत आज सम्म पनि उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्ने महानुभावहरुको लामले प्रमाणित गरेको छ । हामीले अत्यन्त महत्वपूर्ण व्यक्ति गुमाएका छौं ।  हार्दिक श्रद्धाञ्जली ज्ञान अका !  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्