२०८० भाद्र २० गते ज्ञानकाजी मानन्धर सरको निधन भयो । उहाँको निधनले बनेपाका एक होनाहार एक शैक्षिक तारा गुमाउन पुगेको अनुभूति भएको छ । धार्मिक, साँस्कृतिक, र शिक्षासेवी ज्ञानकाजी सरको कान्छो छोरा विकास मेरो बाल सखा मित्र पनि हो । मित्र भएका नाताले म ज्ञानकाजी सर सँग धेरै नजिक भएर उहाँँको स्नेह र माया पाँए । निःश्वार्थ भावनाले सहयोग गर्ने एक सकारातमक सोच भएको व्यक्ति हुनुहुन्थ्यो ज्ञानकाजी माड्साप । म उहाँको विद्यार्थी उहाँबाट शिक्षा आर्जन गर्ने अवसर पाँए । अंगे्रजकिा ज्ञाँता भएकाले हामीहरु ट्यूसन पढ्न जाने गर्दथ्यौं । बनेपामा उहँँले शैक्षिक जागरण ल्याउनुभयो । सबैले शिक्षा आर्जन गरेर बनेपाको सर्वाङ्खिण विकासमा सहयोग पु¥याउनुपर्छ भनेर सबैलाई उर्जाशिल बनाउनुहुन्थ्यो । काभे्र जेसिजको वर्ष १९७७÷०७८ का अध्यक्ष समेत भई नेतृत्व र व्यक्तित्व विकास, नैतिक आचरण अनुशासन र संस्कार सिकाउने एक धुरन्धर विद्धान ज्ञानकाजी सरले नाटकको माध्यमबाट चेतना फैल्याउने कार्य गर्नुभयो । चण्डेश्वरी नाटकमा मलाई सहभागी हुने अवसर दिनुभयो । धर्म, सँस्कृती, संस्कारको बारेमा बुझ्ने र सन्देश फैल्याउने कार्य गरियो । नरिसाउने, हँसिलो चेहराबाट अरुलाई प्रोत्साहित गर्ने ज्ञानकाजी सर हामी बीच हुनुहुन्न उहाँले समाजमा पु¥याउनुभएको योगदानले गर्दा उहाँ अमर हुनुहुन्छ ।
