भूमिका १९९१ पुष २६ गते बनेपाको बांख्यो होटलमा पिता मोहनलाल खि मानन्धर र माता लक्ष्मी माया मानन्धरको कोखबाट जन्मनु भएका ज्ञानकाजी मानन्धरको २०८० भाद्र ८ गते निधन भयो । शिक्षा, संस्कृति र साहित्यका त्रिवेणीको रुपमा परिचित ज्ञानकाजी सर बनेपाको पहिलो स्नातक गर्ने व्यक्ति हुनुहुन्छ । ज्ञानकाजी सरलाई कसरी सम्झन सकिन्छ र शिक्षक वर्गले उहाँबाट सिक्नुपर्ने गुणहरु के के छन् ? भन्ने सवालमा पत्रिकाका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपानेले उहाँँका विद्यार्थीसँग गरिएको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ । २००७ सालतिर राजदाश वादेको घरमा पाठशाला थियो । सोहि ठाउँमा हामी अध्ययन गर्दथ्यौं । पछि मात्रै आजाद मावि स्कुल निर्माण भयो । त्यसपछि स्कुलमा पढ्ने गरियो । काभे्र जिल्लामा पहिलो स्नातक गर्ने शिक्षक भुम्लु गाउँपालिका द्धारीका उपे्रती हुनुहुन्थ्यो । बनेपाको पहिलो स्नातक गर्ने व्यक्ति ज्ञानकाजी मानन्धर हो । शैक्षिक क्षेत्रमा योगदान गर्नुभएको अति मिलन्सार स्वभावका सबैका प्रिय गुरुको रुपमा परिचित व्यक्तित्व ठट्यौली पारमा नाटकीय शैलीबाट बालबालिका, युवा र जेष्ठ नागरिक सबैलाई मान सम्मान गर्ने, हँसिलो मुस्कानबाट बोलावट गर्ने, असल शिक्षक मात्र नभइ विद्यार्थीहरुको अभिभावकाको रुपमा जिम्मेवारी बहन गर्ने एक निष्ठावान, प्रजातन्त्रवादी नागरिकको पहिचान उहाँको थियो । दुःखी असाहय, निम्न वर्गका व्यक्तिहरुलाई सहयोग गर्ने सरल स्वभावका ज्ञानकाजी सरको ८९ वर्षको उमेरमा २०८० भाद्र ८ गते निधन भयो । उहाँ समाजको पथ प्रर्दशक हो । उहाँका असल कर्मको अनुशरण सबै शिक्षकले गर्न सक्नु नै सभ्य र संस्कारी विद्यार्थी उत्पादन गर्न सक्नु पनि हो । पू
