यो संसारमा कुनचाहिँ व्यक्ति होला र ? जसलाई देश बिदेशको भ्रमण गरी त्यहाँको रितीस्थिती, रहनसहन आदि इत्यादि बारे जानकारी लिन मन नलागोस् । जो कोही व्यक्तिलाई पनि यो धर्तीमा पदार्पण गरेपछि देश बिदेशको भ्रमण गर्न मन पराउनु स्वभाविक नै मान्नुपर्छ । त्यसमा म पनि अछुतो रहन सकिन । यसै क्रममा मेरो दक्षिण कोरिया भ्रमणबारे केही कुरा राख्ने प्रयास गर्दैछु । करिब ३ वर्ष अगाडि अमेरिका जाने क्रममा दक्षिण कोरिया ट्रान्जिट भएर गएको थिए । उक्त बेला करिब चार घण्टा दक्षिण कोरियाको विमानस्थलमा रोकिनु पर्यो । म सँग विमानस्थल बाहिर निस्किन भिषा थिएन । त्यसैले विमानस्थलबाटै भएपनि म दक्षिण कोरियाको अवलोकन गर्न भ्याई हाले । सभ्य, सहयोगी, मिलनसार, अनुशासित जनता, सफासुग्घर अनि गगनचुम्बी ठुलाठुला महलहरु, स्वच्छ शान्त र निश्चल निला समुद्र, लोभ लाग्दा हरिया पहाडहरुले यो मन लोभ्याएको थियो । त्यसबेलादेखि नै ममा कोरियाको अबलोकन गर्ने चाहना जागृत भएको थियो र मेरो दक्षिण कोरियामा बस्नुहुने मित्र हरिकृष्ण श्रेष्ठले कोरिया ट्रान्जिट भएर आउँदा दुइचार दिन कोरिया बस्न आउन गर्नु भएको आग्रह पनि बिर्सेको थिईन मेरो मानस पटलमा ताजै थियो । समय बलवान् हुन्छ । जे गर्छ समयले नै गर्छ । समय नआएसम्म केही पनि हुँदैन केहि हुने वाला पनि छैन भने झैँ आजको ठिक १ वर्ष अगाडि दक्षिण कोरियाको अवलोकन भ्रमण गर्ने साइत जुर्यो । त्यो पनि प्याब्सनका दौतरी साथीहरुसँग अनि मलाई के चाहियो र ? के खोज्छस कानो आँखो भनेझैँ भइहाल्यो । ढिलै भएपनि मनमा गुम्सिएर रहेका उक्त भ्रमणमा भए गरेका केही तिता मिठा अनुभूतिहरु यहाँहरु समक्ष पस्कने जमर्को गरेको छु । केन्द्रीय प्याब्सन अन्तर्गत खेलकुद बिभागको संयोजनका प्रमुख ईश्वर बहादुर गुरुङको पहलमा सह अध्यक्ष डी.के. ढुंगानाको नेतृत्व साथै कोरियाको सम्पूर्ण व्यवस्थापन डाक्टर अच्युत्तम लामिछानेको जिम्मेवारीमा हामी देशभरि छरिएर रहेका ४९ जना प्याब्सन टाली र नेपाल सरकार, शिक्षा मन्त्रालयका तर्फबाट राष्ट्रिय परीक्षा बोर्डका सहसचिव आदरणीय जंगबहादुर अर्याल सरसहित २०७६ भाद्र १५ गतेदेखि २५ गते सम्मको करिब ११ दिनको दक्षिण कोरियाको शैक्षिक अवलोकन भ्रमणका लागि तयार भयौँ । २०७६ भाद्र १५ गते घरपरिवार सँग बिदाबारी गरी ८२ बर्षीया आमाको हातबाट सगुन टिका लगाई बनेपाबाट दक्षिण कोरियाको लागि काठमाडौंतिर प्रस्थान गरियो । बेलुकाको करिब ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगियो । उक्त समयमा केही सरहरु आइ पुगी सक्नु भयो भने केही आउने क्रम जारी थियो । हामीलाई विदाई गर्न प्याब्सनका महा सचिव कुमार घिमिरे सर हातमा खादा लिएर उपस्थित हुनु भएको पाँए । सबैजना खुशी भयौं । सरसंग बिदाबारी गरी हामी बोडिङ पास लिएर विमानको प्रतिक्षामा बस्यौं । निर्धारित समयमा अर्थात रातिको १२ः१५ मा नै हामी चढेको विमानले बिस्तारै धरतीलाई छोड्दै कालो अन्धकारलाई चिर्दै आफ्नो गन्तव्य हङकङ तिर अगाडि बढ्यो । रातको समय विमानबाट बाहिर केही नदेखिने भएको हुदाँ अधिकांश सरहरू चीर निन्द्रामा मलिन हुन थाल्नु भयो । साथै विमानका बत्तीहरुले पनि विश्राम लिन थाले । करिब चार घन्टाको उडानपछि हाम्रो विमान भाद्र १६ गते बिहानीको सुर्यको किरणसँगै करिब ९ बजे हङकङ विमानस्थलमा अवतरण गर्यो । हामीले त्यहाँबाट कोरियाको लागि अर्को विमान परिवर्तन गर्नु थियो । त्यसैले सम्पूर्ण प्रक्रिया पुर्याई सकेपछि हामीसँग बाँकी रहेका केही समयलाई सदुपयोग गर्दै हामीले हाम्रा आँखाहरुमा विमानस्थलबाटै हङकङको परिदृश्यहरुलाई चारैतिर कैद गर्दै रमाउँदै थियौ । ती परिदृश्यहरुसँग लुकामारी खेल्न नपुग्दै कोरियाको लागि विमान चढ्न निर्देशन जारी भयो र हामी विमान तिर लाग्यौं । केही घण्टाको उडानपछि हाम्रो विमानले दक्षिण कोरियाको क्ष्लअजभयल ब्ष्चउयचत मा अवतरण गर्यो । विमानस्थलमा हामीलाई स्वागत गर्न कोरियाको थ्यगलनकबल ग्लष्खभचकष्तथ का एचयाभककयच म्च। व्भयलन क्बलन ज्धब आउनु भएको रहेछ । उहाँको न्यानो आतित्थताले हामीमा कोरिया प्रति सकारात्मक उर्जा प्रवाह भएको महसुस भयो । उहाँले हामीलाई विमानस्थलबाट करिब दुई घन्टाको बसको यात्रापछि योगिन लानुभयो । भाद्र १७ गते क्थयकजष्ल ज्ष्नज क्अजयय िको अवलोकन गर्न तिर लाग्यौं । त्यहाँका प्रिन्सिपलसँगको अन्तरक्रिया, विद्यार्थीहरुसँगको प्रश्नोत्तर, विद्यालयको आतित्थतामा स्वादिष्ट कोरियन खानाको छाप अविस्मरणीय रह्यो । त्यसपछि हामी द्ययचबmबभ क्बाभतथ भ्हउभचष्बलअभ ऋभलतभच मा गई भूकम्प र सुनामी आउँदा हुने हलचल परिस्थिति बारे कृतिम तर स्वभाविक जस्तै लाग्ने अनुभूति गर्न हामी पछि परेनौँ । निकै व्यवस्थित रूपमा व्यवस्था गरेको रहेछ । खुसी लाग्यो । भाद्र १८ गते द्दज्ञकत ऋभलतगचथ क्उयचतक भ्मगअबतष्यल ७ ीभबमभचकजष्उ म्भखभयिऊभलत ऋयलाभचभलअभ द्दण्ज्ञढ मा सहभागी भयौं । हामी सम्पूर्ण सहभागीहरू राष्ट्रिय औपचारिक पोशाकमा उपस्थिति भएका थियौं । मेरो लागि जिन्दगीमा पहिलो पल्ट दौरा सुरुवालमा सजिएको ऐतिहासिक दिनपनी त्यही थियो । युनिभर्सिटीका प्रोफेसरहरु, नेतागणहरुको कुरा सुन्दा र उहाँहरुसंगको अन्तरक्रियाले शिक्षाले देशको सर्वाङण विकास गर्ने भएको हुँदा नेताहरुले विद्यालय, विश्वविद्यालयलाई सक्दो सहयोग गर्नुपर्ने भावनाहरु व्यक्त भएको पाइयो । उहाँहरुले अभिव्यक्त गरेको कुराहरु सुन्दा र कोरियाको शैक्षिक अवस्था हेर्दा हाम्रो देशका नेताहरुसंग देशविकासको लागि कुनैपनि खष्कष्यल नै नभएको, आफ्नै स्वार्थको लागि मात्र लागि परेको प्रस्ट अनुभूति भयो । नेताहरूको व्यवहार हेर्दा र देशको अवस्था देख्दा दया लाग्यो अनि दुख पनि । तर म के नै गर्न सक्छु र ? युनिभर्सिटीको न्यानो आतित्थतासंगै क्यान्टिनको स्वादिष्ट खाना खाएर धन्यवाद दिँदै त्यहाँबाट बिदा भयौं । ड्याजिंग हाई स्कुल अवलोकन साथै धयचमि जभचचष्तबनभ भित्रको अनौठा तर तरह तरहको वस्त्र धारण, त्यहाँको संस्कृति अनुसारको प्रार्थना अविस्मरणीय रह्यो । बिहानीको सूर्योदयसँगै भाद्र १९ गते दक्षिण कोरियाको दोस्रो ठूलो शहर बुसान तिर लाग्यौँ । करिब आठ घण्टाको आरामदायी बसको यात्रापछि हामी बुसान सहर पुग्यौँ । बसमा यात्राको क्रममा आदरणीय सरहरु र मेडमहरुले उखान टुक्काहरु, चुटकिला, कथा आदिले हामीलाई हसाई रहनुभयो । ऊर्जा प्रदान गरिरह्यो । यति लामो यात्राको कुनै थकान महसुस नै गर्न दिनु भएन । कोही भन्दा कोही कम थिएनन् । सबैको कला कौशलता चोटिलो र अविस्मरणीय रह्यो । भाद्र २० गते बुसान सहरमा अवस्थित थ्यगलनकबल ग्लष्खभचकष्तथ को अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा जाने क्रममा अघिल्लो दिनको ८ घण्टा बसको यात्राको थकानले हो या नेपालीपनाले गर्दा हो हाम्रो तयारी निर्धारित समयभन्दा १ घण्टा ढिला भयो । उक्त समयमा हामीलाई व्यवस्थापन गर्नु हुने एचयाभककयच म्च। व्भयलन क्बलन ज्धब ले नेपालीहरुलाई समयको ख्याल नै छैन अनि कसरी देशको विकास हुन्छ ? भनेर कोरियन भाषाबाट डा. अच्युुत्तम सरलाई भन्नुभयो रे भनेर अच्युतम सरले भन्नु हुँदा लाजमर्दो भयो भने उक्त युनिभर्सिटीले निर्धारित कार्यक्रम पनि १ घण्टा छोट्याइएको थाहा पाउँदा दःुख लाग्यो । कोरियाले केहि पाठ सिकाएको अनुभुति भयो । बुसान सहरमा अवस्थित बुसान टुरिजम हाई स्कुलको अवलोकन गरियो । त्यहाँका विद्यार्थीहरुमा विद्यार्थीमा हुनुपर्ने सम्पूर्ण गुण देखे । अवलोकनको क्रममा त्यहाँ होटेल व्यवस्थापनका विद्यार्थीहरुलाई कपमा कफी खन्याउँदा कसरी खन्याउन,े क्यासिनोमा तास खेलाउदा तास कसरी फिट्नेसम्म सिकाएको प्रत्यक्ष देख्दा अचम्मै लाग्यो । त्यहाँ विद्यार्थीहरुलाई साधारण कार्य पनि व्यवस्थित तरिकाले सिकाइदो रहेछ । भाद्र २१ गते बुसानबाट करिब ४ घण्टाको बस यात्रापछि शान्त एवं रमणीय गाउँ जस्तो देख्ने मुजुमा पुगियो । मुजुमा तेक्वान्डो खेलाडीहरुका लागि व्यवस्थित एवं सम्पूर्ण खेल सामग्रीबाट सुसजित तेक्वान्डो भवनको अवलोकन गरियो । साथै खेलाडीहरुले तेक्वान्डो खेल सम्बन्धी विभिन्न बिधाहरु प्रदर्शन गरीे देखाउनुभयो । हामी सबैले रमाइलोको अनुभव गर्यौं । भाद्र २२ गतेको दिन मेरो अनन्य मित्र हरिकृष्ण श्रेष्ठले केही दिन अगाडिदेखि नै काभ्रे सम्पर्क समिति, कोरियाले काभ्रे जिल्ला बासीहरुलाई स्वागत एवं रात्रि भोजको लागि निमन्त्रणा गर्नु भएको थियो । त्यस कार्यक्रममा सहभागिता जनाउन हामी काभ्रे बासाीहरु भिमसेन केसी, सत्यनारायण श्रेष्ठ, सुर्वण श्रेष्ठ, डैनी जंग थापा र म रबि श्रेष्ठ वुसानबाट मेट्रो र रेल चढेर उहाँहरुले भनेको ठाउँ सुवान पुग्यौँ । सुवान पुग्न हामीलाई करिब दुई घण्टा लाग्यो । नेपालीले नै चलाएको नारायणी होटेलमा छोटो र अति मिठो तरिकाले काभ्रे सम्पर्क समितिको अध्यक्ष सानु लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा संस्थापक एम श्रेष्ठ, उपाध्यक्ष विवेक फैजु, वरिष्ठ सल्लाहकार हरिकृष्ण श्रेष्ठ लगायतका व्यक्तिहरू उपस्थित थिए । मेरो विद्यार्थी बविन फैजु (हाल अमेरिकामा अध्यनरत) का भाई बिवेक फैजुले म कोरिया आएको थाहा पाएर धेरै टाढाबाट भेट्न आउनुभएको रहेछ । धेरै खुसि लाग्यो । मेट्रो, ट्रेनहरु अक्सर अण्डर ग्राउण्ड संचालन गरेको पाइयो । जुन निर्माणको क्रममा अण्डर ग्राउण्डबाट निकालेको माटो जम्मा गरेर ढिस्को पहाड बनाई त्यहाँ वृक्षारोपण गरेर हराभरा हरियाली बनाईएको रहेछ । कोरियालीहरुको वातावरण र प्रकृति प्रतिको मोहले हामी स्तब्ध भयौँ । हाम्रो देशमा भएको प्राकृतिक पहाडहरुलाई पनि डोजर लगाएर प्रकृतिलाई कुरुप बनाउने र व्यक्तिगत स्वार्थको लागि जग्गालाई घर निर्माणको रुपमा प्लटिङ गरेको देख्दा धेरै नै दुःख लाग्यो । भाद्र २३ गते त्यहाँका सांसदसँगको अन्तरक्रियाले हाम्रो मन छोयो । सदाचार, मानवता , लोकतन्त्रको नाटक मञ्चन गरेर जनतालाई दाश हुन विवश पार्ने छलछाम कोरियामा पटक्कै नहुने रहेछ । नातावाद, कृपावाद, मनपरी तन्त्र नभइ विज्ञताको आधारमा राज्य सन्यत्र संचालन हुँदोरहेछ । त्यसैको फलस्वरूप १९५० को दशकमा गृहयुद्धमा फसेको चरम भोकमरी र गरिबीको सामना गरेको कोरिया अहिले चमत्कारिक रुपमा विकास गर्न सक्षम भएको छ । भाद्र २४ गते मित्रहरू हरिकृष्ण श्रेष्ठ र बिवेक फैजुसँग कोरियाको राजधानी सिओलमा घुम्न निस्क्यौँ । अति व्यस्त अनि पर्यटकको आकर्षक सिओल सफा सुघरको पर्यायवाची नै रहेछ । सिओलमा हामीले सिओल टावर, दङ दे मुन हिस्टोरी एण्ड कल्चर पार्क, दङ दे मुन सिजनको मज्जा लुट्यौँ । नेपालीले सन्चालन गरेको भ्खभचभकत च्भकतबगचबलत मा नेपाली खानाको स्वाद लिँदै साथीहरूलाई पछि भेट्ने बाचा सहित विदाई गर्दै बुसान फर्कियौं । भाद्र २५ गते कुखुराको भाले बासेसँगै बिहानीको ५ बजे हामी आ आफ्नो झिटीझ्यामटा बोकेर आफ्नो मातृभूमि नेपाल फर्कनको लागि विमानस्थल तीर लाग्यौं । आवश्यक सम्पूर्ण प्रक्रिया पु¥याएर हामी बोर्डिङ पास लिएर विमानको प्रतिक्षामा बस्यौं । केही बेरमै अर्थात निर्धारित समयमै करिब बिहानको ८ बजे हामी आर्थिक रुपले समृद्ध सामाजिक रुपले सम्मुनत राष्ट्र दक्षिण कोरियालाई बाई बाई गर्दै आफ्नो मातृभूमि तिर हान्नियौं । धन्यवाद ।
