काभ्रे जिल्लाको बनेपा प्राचीन नगर हो । प्राचीन समयमा भुजङ्ग भन्ने नाम पाएको यो नगरको मध्यकालीन राजनीतिमा ठूलो वर्चश्व रहेको देखिन्छ । मल्लकालीन प्रख्यात राजा जयार्जुन देवको मूलघर बनेपा नै हो । नेपाल भाषामा भोंत भनिने यो नगरको छुट्टै ऐतिहासिक पृष्ठभूमि रहेको छ । व्यापारिक केन्द्रको रूपमा समेत रहेको बनेपाको धार्मिक महत्व पनि कम छैन । देवी चण्डेश्वरीको आशीर्वादमा फलेफुलेका बनेपाका बासिन्दाहरू चण्डेश्वरीलाई आप्mनो आराध्यदेवीका रूपमा पुज्ने गर्दछन् । यस्तो महत्वपूर्ण नगरमा इतिहासदेखि वर्तमानसम्म राष्ट्रिय स्तरमै आप्mनो छवि उजागर गर्न सक्ने खुबी भएका थुप्रै व्यक्तित्वहरूको जन्म भएको छ । राजदासवादे श्रेष्ठले आप्mनो व्यक्तित्वलाई राजनैतिक रुपमा राष्ट्रियस्तरसम्म पु¥याए । हंशराज श्रेष्ठ, गोविन्दलाल सिकु जस्ता व्यक्तित्वहरूले समाजसेवाको अनुपम नमुना देखाए । साहित्य क्षेत्रमा राष्ट्रियस्तरमै मोहन दुवाल उदाए, इतिहास, खोज, अनुसन्धानको क्षेत्रमा केदारनाथ प्रधान राष्ट्रमा फैलिए । मुकेश कायस्थले देशको स्वतन्त्रताका लागि आप्mनो प्राणको बाजी थापेर जीउँदो सहिद बने । यस्ता आप्mनो प्रतिभाका कारण राष्ट्रमा आफूलाई फैलाउन सफल थुप्रै सपुतहरूको जन्म बनेपाको माटोमा भएको छ । त्यस्तै सपुतहरूमध्ये ज्ञानकाजी मानन्धर पनि एक हुन । ज्ञानकाजी मानन्धरको जन्म सन १९३८ नोभेम्बर १६ मा बनेपाको बकुटोलमा भएको थियो । उहाँ सुयोग्य पिताका सुयोग्य पुत्र हुनुहुन्थ्यो । बनेपाका त्यसबेलाका नामी ज्योतिष तथा समाजसेवी मोहनलाल खिं मानन्धरका कान्छो सुपुत्रका रुपमा जन्मनुभएका ज्ञानकाजी मानन्धर जस्तो नाम उस्तै काम भन्ने नेपाली उखान चरितार्थ गर्न सफल व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ जन्मदा उहाँका मातापिताले के सोचेर उहाँको नाम ज्ञानकाजी जुराइदिएका हुन् थाहा भएन तर उहाँका मातापिताले उहाँलाई जुराइदिएको नाम मुताबिक नै उहाँको कर्म थियो । आप्mनो मातापितालाई आप्mनो सन्तान प्यारो हुन्छ । आफूले जन्म दिएको सन्तान असल बनोस्, कीर्ति फैलाउन सकोस् भन्ने अभिप्रायले आफ्ना सन्तानको नाम राम्रो राख्ने चलन छ । उहाँका मातापिताले पनि उहाँको नाम ज्ञानकाजी राखेर आप्mनो छोरा ज्ञानका काजी बनोस् भन्ने चाहना राखेकोे हुनसक्छ । उहाँका श्रद्धेय मातापिताले इच्छाए जस्तै ज्ञानकाजी मानन्धर ज्ञानका काजी बन्नुभयो, सरस्वतीको प्रसाद बन्न सफल हुनुभयो । उहाँ आफू त ज्ञानी बन्नुभयो साथै आफूसँग भएको ज्ञान आफूमा मात्र सीमित नराखी समाजका लागि ज्ञानको प्रचार गर्ने कर्ममा लाग्नुभयो । अध्यापन कर्ममा लागेर, आफूसँग भएको ज्ञानलाई अक्षरबद्ध गरेर उहाँले समाजका लागि आप्mनो ज्ञानको उपयोग गर्नुभयो । आफूसँग भएको ज्ञान समाजका लागि केही काम लाग्यो भने आप्mनो जीवन धन्य भएको सम्झने ज्ञानकाजी मानन्धर बनेपाका सच्चा धर्तीपुत्र हुनुहुन्थ्यो । ज्ञानकाजी मानन्धरको व्यक्तित्व आफैंमा सुन्दर छ । हुन त उहाँ गुणै गुणको खानी हुनुहुन्थ्यो भन्ने मेरो मनसाय होइन । मानिस भएपछि अवगुण हुनु अस्वाभाविक पनि होइन । गुण र अवगुणको संयुक्त रुप नै मनुष्य हो । फरक यति मात्र हो की कसैसँग गुण धेरै हुन्छ भने कसैसँग अवगुणहरू धेरै हुने गर्दछन् । जोसँग बढी गुण हुन्छ त्यो मान्छे गुणी हुन्छ । ज्ञानकाजी मानन्धरसँग धेरै गुणहरू छन् । अवगुणहरू नदेखिने छन् । मलाई लाग्छ पवित्र काम गर्नका लागि पवित्र आत्मा हुनुपर्दछ । उहाँको आत्मा पवित्र भएकै कारण पवित्र काम गर्न सक्नुभयो उहाँले । उहाँको व्यक्तित्वको सबैभन्दा महत्वपूर्ण पाटो भनेकै सच्चाई हो, इमानदारिता हो । उहाँसँग निःस्वार्थताको छाती छ, उहाँको जीवन सेवाभावले प्रेरित छ । त्यसैले उहाँले मान्छेको मन जित्नुभएको छ । विद्वानहरूले भनेका छन् पैसा कमाउन सजिलो छ तर मान्छे कमाउन गा¥हो छ । तर ज्ञानकाजीले आप्mनो सहयोगी कर्मले धेरै मानिसहरूको मन जित्नुभएको छ । मानिसहरूलाई आप्mनो बनाउन उहाँ सफल बन्नुभएको छ । यस्ता गुणहरूकै कारण उहाँ सबैको प्यारो बन्नुभएको छ । ज्ञानकाजी मानन्धरको व्यक्तित्वलाई मैले तीन किसिमले बुझ्ने गरेको छु । अर्थात उहाँको व्यक्तित्वलाई तीन प्रकारले वर्गीकरण गर्न सकिन्छ । पहिलो हो उहाँको शैक्षिक व्यक्तित्व, दोश्रो साहित्यिक व्यक्तित्व र तेश्रो सामाजिक व्यक्तित्व । यो दृष्टिकोणले हेर्दा उहाँको जीवन त्रिवेणी बनेर बगेको देखिन्छ । हुन त उहाँको जीवनीका अन्य व्यक्तित्वहरू पनि छन् । तर मुख्य रुपमा मेरो विचारमा उहाँका तीन मुख्य व्यक्तित्वले शिखर बन्ने मौका पाएको छ । उहाँको जीवनमा शैक्षिक क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । शिक्षाको क्षेत्रमा उहाँले आफूलाई समर्पित तुल्याउनुभयो । शिक्षाको महत्व राम्रोसँग बुझ््नुभएका ज्ञानकाजी मानन्धर बनेपाका मानन्धरको कुलमा जन्मेर स्नातकसम्म उहाँले औपचारिक शिक्षा हासिल गर्नुभएको छ । शिक्षा देश विकासको मूल आधार हो । शिक्षाबिना व्यक्ति, समाज अनि सिङ्गो राष्ट्रको विकास सम्भव छैन भन्ने कुरा उहाँले बुझ्नुभएको थियो । त्यसैले वि.सं. २०१७ सालमा आफूले स्नातक उत्तीर्ण गरिसकेपछि आप्mनै जन्मथलो बनेपामा रहेको ऐतिहासिक आजाद माध्यमिक विद्यालयमा अंग्रेजी शिक्षकका रुपमा प्रवेश गर्नुभयो । उहाँले त्यहाँ २०१७ सालदेखि २०४५ सालसम्म दीर्घकालिन शिक्षणसेवा गर्नुभयो । उहाँले दिनुभएको शिक्षाको आलोकले बनेपाका मात्र नभई काभ्रे जिल्लाका थुप्रै व्यक्तिहरू आलोकित बन्ने मौका पाएका थिए । उहाँ एक सचेत शिक्षाप्रेमी व्यक्ति हुनुहुन्थ्यो । त्यसैले विशेषतः बनेपाका पिछडिएका जनताका छोराछोरीहरूलाई शिक्षित बनाउने लक्ष्य लिएर उहाँ चैतन्य मा. वि. स्थापना गर्न अग्रसर हुनुभयो । उहाँले चैतन्य मा. वि. को संस्थापक सचिव हुँदै पछि अध्यक्षसम्म बन्नुभयो । आफू पदमा रहँदा अथवा नरहँदा उहाँले चैतन्य मा.वि.को प्रगतिका लागि भूमिका निर्वाह गर्नुभयो । उहाँले चैतन्य मा.वि.कै नामबाट चैतन्य क्याम्पस स्थापना गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । चैतन्य क्याम्पस स्थापना गर्दाको समयमा उहाँले प्रा. रामप्रसाद मानन्धर, केदारभक्त माथेमा जस्ता कयौं व्यक्तित्वहरूबाट साथ र सहयोग पाउनुभएको स्मरण समय समयमा गर्नुहुन्थ्यो उहाँ । सबै पक्षबाट नैतिक तथा भौतिक सहयोग प्राप्त गरी चैतन्य क्याम्पसको प्रगतिमा उल्लेखनीय योगदान गर्नुभएको छ उहाँले । चैतन्य क्याम्पस व्यवस्थापन समितिको सचिव, अध्यक्ष, सल्लाहकार भएर क्याम्पसको प्रगतिमा भूमिका खेल्नुभएको छ ज्ञानकाजी मानन्धरले । त्यसो त काभ्रे जिल्लाकै पहिलो कलेज काभ्रे बहुमुखी क्याम्पसका पनि उहाँ संस्थापक सदस्य हुनुहुन्थ्यो । काभ्रे जिल्लाको उच्च शिक्षाको क्षेत्रमा काभ्रे क्याम्पसको आप्mनै प्रकारको देन छ । काभ्रे क्याम्पस स्थापना हुनु पूर्व यहाँका सीमित वर्गका मानिसका छोराछोरीहरू राजधानीसम्म गएर कलेज स्तरीय शिक्षा हासिल गर्ने गर्दथे । आर्थिक रुपमा सम्पन्न व्यक्तिहरू काठमाडौंसम्म धाएर पढ्ने गरे तापनि नसक्ने, विपन्न वर्गका मानिसहरू भने पढ्ने चाहना भएर पनि पढ्न सकिरहेका थिएनन् । यस्तो अवस्थामा काभ्रे क्याम्पसको स्थापना हुनु ज्यादै महत्वपूर्ण कुरा हो । यो क्याम्पस संस्थापन गर्ने सबै शिक्षाप्रेमी महानुभावहरू धन्यवादका पात्र हुनुहुन्थ्यो । ज्ञानकाजी मानन्धर पनि धन्यवादका पात्र बन्नुभएको छ । शैक्षिक जागरणका माध्यमबाट सामाजिक रुपान्तरणको अभियानमा लाग्ने शैक्षिक योद्धा ज्ञानकाजी मानन्धर प्रौढ शिक्षा निकेतनका पनि संस्थापक हुनुहुन्थ्यो । पछि उहाँ उक्त प्रौढ शिक्षा निकेतनका प्रधानाध्यापक पनि बन्नुभयो । यसका साथै जिल्ला शिक्षा समिति काभ्रे, शिक्षक छनौट समिति काभ्रेमा सदस्य बनेर उहाँले काभ्रेको शिक्षा जगतमा आप्mनै किसिमको भूमिका खेल्नुभएको छ । ज्ञानकाजी मानन्धरको बिर्सिन नसकिने अर्को व्यक्तित्वको पाटो हो साहित्य । उहाँ एक सचेत स्रष्टा हुनुहुन्थ्यो । उहाँले आप्mनो मातृभाषा नेपाल भाषा, राष्ट्र भाषा नेपाली र अन्तर्राष्ट्रिय भाषा अंग्रेजी भाषामा समान रूपले कलम चलाउनुभएको छ । यस दृष्टिकोणले हेर्दा उहाँले नेपाल भाषा साहित्य, नेपाली साहित्य र अंग्रेजी साहित्यमा कलम चलाएर तीनवटै भाषासाहित्यको सेवा गर्नुभएको देखिन्छ । हालसम्म उहाँका प्रकाशित कृतिहरूका आधारमा हेर्ने हो भने उहाँका कृतिहरू प्रायजस्तो अनुसन्धानमूलक कृतिहरू रहेका छन् । विशेषतः नेपाली संस्कृति, इतिहाससँग सम्बन्धी उहाँले पुस्तक लेखेर प्रकाशन गर्नुभएको छ । अन्य साहित्य रचना गर्नुभन्दा यस्ता अनुसन्धानमूलक पुस्तकहरू लेख्नु कठिन हुन्छ । यसका लागि गहिरो अध्ययनको जरुरत पर्दछ । ल्भउब िीभनभलम बलम म्चबmब, त्जभ ीभनभलम या ल्भउब,ि ःथतजक बलम ीभनभलमक या ल्भउब,ि बनेपा सातगाउँ, मानन्धर तयगु विषय छुँ खँ, बनेपा स्तवन जस्ता पुस्तकहरू यो कोटीमा पर्दछन् । यसका अतिरिक्त उहाँ एक सफल नाटककार पनि हुनुहुन्थ्यो । कुनै पनि कथानकलाई नाटकमा सरल र सरस भाषा शैलीमा रुपान्रण गर्न सक्नु उहाँको विशेषता नै हो । उहाँद्वारा लिखित नेपाली आख्यान र नाटक, कुमारी, खड्ग जोगिनी, कपिलवस्तुस भगवान, अरनिकोया श्वेतचैत्य आदि कृतिहरू नाटकसँग सम्बन्धित कृतिहरू हुन् । हुन त उहाँले आफू आजाद मा.वि.को शिक्षक छँदा नै “एक वीभत्स” नामक सामाजिक नाटक तयार पारेर देखाउनुभएको थियो । एक विभत्स नामक उक्त नाटक लोकप्रिय बनेपछि उहाँमा नाटक लेख्ने थप हौसला मिलेको थियो । यो नाटक वि.सं. २०१७ सालमा बनेपाको वकुटोलमा मञ्चन गरिएको थियो । यसको अलावा उहाँले विभिन्न समयमा नाटक लेखेर मञ्चन गरी देखाउने काम गर्नुभयो । उहाँले प्रारम्भका दिनहरूमा नेपालीमा नाटकहरू लेख्नुभएता पनि पछिल्लो समयमा आएर नेपाल भाषामा उहाँले नाटकहरू लेख्न थाल्नुभयो । उहाँले लेख्नुभएको नेपाल भाषाको कपिलवस्तुस भगवान नामक एकाङ्कीको मञ्चन नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको थियो । यो नाटकले थुप्रै नाटकप्रेमीहरूको मन जितेको थियो । सिद्धार्थ गौतमको गृहत्याग, बुद्धत्व प्राप्ति र छोरा राहुलको बालसुलभ व्यवहारलाई केन्द्रबिन्दु बनाएर लेखिएको यो त्यसताका निकै लोकप्रिय बनेको थियो । यसका साथै बनेपाका आराध्यदेवी चण्डेश्वरीको नाटक बनेपामा देखाउँदा पनि दर्शकहरूको वाहवाही पाएको थियो । ज्ञानकाजी मानन्धरले नेपाल भाषामा लेख्नुभएको अरनिकोया श्वेतचैत्य पूर्णाङ्की नाटक नेपाली भाषामा अनुवाद भएको छ भने कुमारी रसियन भाषामा समेत अनुवाद भएको छ । यसरी हालसम्म उहाँले अंग्रेजीमा ल्भउब िीभनभलम ७ म्चबmब, त्जभ ीभनभलम या ल्भउब,ि ःथतजक बलम ीभनभलमक या ल्भउब िगरी तीनवटा, बनेपा स्तवन, बनेपा सातगाउँ, नेपाल आख्यान र नाटक गरी तीनवटा नेपालीमा र नेपाल भाषामा कपिलवस्तुस भगवान् कुमारी, खड्गजोगिनी, अरनिकोया श्वेतचैत्य, छगु पश्चाताप र मानन्धर तय्गु छुँ खँ गरी छवटा कृतिहरू प्रकाशित रहेका छन् । करिव एक दर्जन पुस्तकका सर्जक ज्ञानकाजी मानन्धरका पुस्तकहरू लेखनका दृष्टिले निकै महत्वपूर्ण मानिएका छन् । साथै आवरण पृष्ठ, छपाईका दृष्टिले समेत उहाँका पुस्तकहरू निकै आकर्षक छन् । पुस्तकमा गफभन्दा बढी तथ्यपरक विषयहरू समावेश हुनु उहाँको पुस्तकको विशेषता हो । उहाँ सरल भाषा शैलीमा लेख्नुहुन्छ तर खँदिलो लेख्नुहुन्छ । उहाँले लेख लेख्नुभएको छ, नाटकहरू रच्नु भएको छ । उहाँको रचनाहरूमा जहिले पनि नेपाली संस्कृतिको सुगन्ध भेटिन्छ । प्राचीन संस्कृतिलाई सजीव ढङ्गले उतार्न सक्नुहुन्छ उहाँ । उहाँका जति पनि पुस्तक प्रकाशित छन्, ती सबै नेपाली संस्कृति, सांस्कृतिक सम्पदा, ऐतिहासिकता, पुरातात्विक महत्व आदिका दृष्टिले निकै उपयोगी छन् भन्ने कुरामा दुईमत नहोला । साहित्य सिर्जना गर्ने, नाटक मञ्चन गरेर देखाउने कामका अलावा उहाँले समय समयमा फुटकर रचनाहरू रच्नुहुन्छ । उहाँका फुटकर लेख÷रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा पढ्न पाइन्छ । लेख्ने कामका अतिरिक्त उहाँले सम्पादन गर्ने काम पनि गर्नुभएको छ । उहाँले वि.सं. २०३२ सालमा आजाद मा.वि. को स्मारिका वि.सं. २०४० सालमा बनेपा नगरको स्मारिका र २०५७ सालमा केन्द्रीय मानन्धर संघको स्मारिकाको सम्पादन गर्नुभएको छ । ज्ञानकाजी मानन्धरलाई सम्झनु पर्ने उहाँको अर्को व्यक्तित्व भनेको सामाजिक व्यक्तित्व हो । मानिस समाजमा जन्मन्छ, हुर्कन्छ, बढ्छ । मानिस सामाजिक प्राणी हो । समाजभन्दा पृथक रहेर मानिस बस्न सक्दैन । त्यसैले समाज मानिसको लागि नभई नहुने चिज हो । यस्तो महत्वपूर्ण समाजको विकासमा नै मानिसको विकास निहित हुन्छ । ज्ञानकाजी मानन्धर पनि समाजका एकजना सचेत व्यक्ति हुनुहुन्थ्यो । उहाँले समाजको विकासमा पनि महत्वपूर्ण कामहरू गर्नुभएको छ । बनेपाका मानन्धरहरूको गुठी लगायत अन्य सांस्कृतिक व्यवहार गर्ने ठाउँको अभाव हुँदा उहाँले आप्mनो मन खिन्न बनाउनु भएको थियो । मानन्धरहरूको गुठी लगायतका परम्परागत कार्य गर्ने स्थल भताभुङ्ग अवस्थामा रहेको थियो । यस्तो अवस्थामा समाजलाई बदल्नु छ भने सुरु आफैंबाट गर्नुपर्छ भन्ने भावनालाई आत्मसात गर्दै जापाली बनाउन कम्मर कस्नुभयो । जापाली भनेको बनेपाका मानन्धरहरूको गुठीघर हो । उक्त गुठीघर बनाउनका लागि उहाँले बनेपाका मानन्धरहरूबाट रु. ७०००।– नगद सङ्कलन गर्नुभयो । जापाली बनाउन उक्त रकम पर्याप्त थिएन । त्यसैले उहाँले रामप्रसाद मानन्धरलाई आर्थिक सहयोगका लागि आग्रह गर्नुभयो । रामप्रसाद मानन्धरबाट रु. पचास हजार नगद आर्थिक सहयोग पाउनुभयो जापाली बनाउनका लागि । उहाँकै नेतृत्वमा जेसिस काभ्रेमा भित्रिएको हो । उहाँ काभ्रे जेसिसको प्रथम अध्यक्ष हुँदा क्यानेडियन सहयोगमा आफै प्रोजेक्ट डाइरेक्टर तथा निर्माण समितिका अध्यक्ष भई जेसिस बहुउद्देशीय भवन निर्माण भएको थियो । बनेपामा अरनिको सभाहल बन्नुभन्दा अगाडिसम्म विभिन्न प्रकारका सभा, गोष्ठी, सेमिनार सोही भवनको सभाकक्षमा हुने गरेका थिए । यसको अलावा बनेपामा बनेपा महायान समाजको गुम्बा बनाउन पनि उहाँ सकृय हुनुभयो । यसका अतिरिक्त प्रतिभा सम्मान गुठीका संस्थापक कोषाध्यक्ष भएर, केन्द्रीय मानन्धर संघका सदस्य बनेर, नेपाल भाषा अकाडेमीका प्राज्ञ भएर उहाँले आप्mनो सामाजिक छवि उठाउनुभएको छ । आप्mनो नाम अनुसारको काम गर्ने मानिसहरू थोरै हुन्छन् । अझ कसैकसैको त नाम अनुसारको उल्टो काम हुने गर्दछ । तर ज्ञानकाजी मानन्धर नाम अनुसारको कर्म गर्दै हिँड्ने व्यक्तिका रूपमा समाजले सम्झिरहेको छ । यही असल कामका लागि उहाँलाई थुप्रै संघ÷संस्थाहरूले सम्मान गरिसकेका छन् । सरल, सहयोगी, मिलनसार स्वभावका श्री ज्ञानकाजी मानन्धर संस्कृतिविदका रूपमा सुपरिचित हुनुहुन्छ । उहाँले नेपाली, नेवारी र अंग्रेजी यी तीनै भाषामा साहित्य सिर्जना गरेर तीनवटै क्षेत्रको साहित्यमा अमूल्य योगदान गर्नुभएको छ । शैक्षिक जागरणका लागि जीवनका महत्वपूर्ण समय खर्चिनुभएका उहाँले सक्दो काम गरेर आफूलाई शैक्षिक क्षेत्रमा, साहित्यको फाँटमा अनि सामाजिक क्षेत्रमा अग्लो बनाइराख्न सफल बन्नुभएको छ । आज भौतिक रुपमा उहाँ हामी माझ नरे तापनि उहाँका असल अमर सिर्जनासँगै अमर बन्नुभएको छ ।
