IMG-LOGO

स्मृतिमा ज्ञानकाजी गुरु

 बुध, भदौ २०, २०८०  – दीपक सरकार 

    ज्ञानकाजी सर हामीलाई अंग्रेजी पढाउनु हुन्थ्यो, म आपूm भने अंग्रेजीमा कमजोर । आजाद माध्यमिक विद्यालय बोलिचालीमा आजाद हाईस्कुुल । आजाद हाईस्कुलमा ज्ञानकाजी सर, विष्णुप्रसाद सरहरु (दुवै जना परलोकमा) संग बनेपाको राजनीति र सामाजिक विषयमा निकै गफिने मौकाहरु पाएको छु । उहाँहरुले आआफ्नै राजनीतिक धारणा र पक्षबाट कुरा राख्नु हुन्थ्यो तर म भने अलि बिपरित । उहाँहरुको हौसला र सहयोगमा आजाद हाईस्कुलको खुला चौरमा के जी बैदार र म सहितका साथीहरूले एउटा साँस्कृतिक कार्यक्रम गरेका थियौ । ठुलो संख्यामा आएका दर्शकहरुको ताली र हुटिङ्गले साँस्कृतिक कार्यक्रमलाई ओज थपेको थियोे । कार्यक्रमका लागि माईकको ब्यवस्थाका लागि विष्णु सरले ध्यानकुटी विहारसंग समन्वय र ज्ञानकाजी सरले कार्यक्रम रिहर्सलमा सघाउनु भएको थियोे । कार्यक्रम सकिएको भोलिपल्ट ज्ञानकाजी सरले मलाई भन्नु भयो, फलानाले हिजोको कार्यक्रम कम्युनिस्टहरुको भन्यो है दीपक, यो कु्ण्ड कु्ण्ड पानी – मुण्ड मु्ण्ड विचार भनेर बिष्णु, सरसंगै म पनि हाँसे ।     अर्को एउटा सम्झना, समाजसेवी कान्छाभाइ वैधले बनेपाबाट एसएलसी परिक्षामा सबैभन्दा बढि अंक प्राप्त गरि उतिर्ण हुने विद्यार्थीलाई पुरस्कृत गर्ने विचार गर्नु भयो र रामभक्त कोख सर, ज्ञानकाजी सर, पुर्णकाजी कायस्थ, डवलकाजी, मोहनदुवाल, हरिभक्त भोछिभोया लगायत र म संग धेरै छलफल गर्नु भयो । छलफलको निचोडले प्रतिभा सम्मान प्रवन्ध गुठी बनायौं र बनेपा अनि काठमाडौ लगायतका ठाँउमा पुगेर बनेपालीहरुसंग आर्थिक संकलन गर्यौ । यो क्रममा बनेपाका एक जना स्थानीय नेताले असहयोग गरेपछि ज्ञानकाजी सरले भन्नू भयो, दीपक, यो कु्ण्ड कु्ण्ड पानी – मुण्ड मु्ण्ड विचार भनेर बिष्णु, सरसंगै म पनि हाँसे ।     ज्ञानकाजी सरले लेख्नुभएका पुस्तकहरुलाई लिएर मैले उहाँ सँग धेरै पटक छलफल गर्ने मौका पाएको छु । नेपाली ईतिहास लेखनमा भाषा विज्ञानबाट केलाउने काम धेरै कम हुने गरेको र बनेपाको इतिहास लेखनमा यो कोणबाट काम भएमा बनेपाको इतिहासलाई अझ परिस्कृत बन्छ भन्ने मेरो भनाइलाई ज्ञानकाजी सरले समर्थन गर्नु भयो। सरले मलाई  बनेपा पुत्र महाथ अनेकराम वर्धनका बारेमा लेख्न भन्नू भयो, मैले केही प्रयास गरे र सरसंग बसे। सरले पुस्तक चाडै प्रकाशन गर्न भन्नू भयो तर मेरो अध्ययन नसकेकोले अनुकुल समयमा निकाल्ने र सरले भुमिका लेख्नु पर्छ भने।अब यो कुरा स्मृतिमा नै बस्ने भो ।      स्थानीय निर्वाचनको एउटा समय थियोे । कांग्रेसबाट मेयरको उमेदवारमा विभिन्न नाम चर्चामा थियो। एक दिन ज्ञानकाजी सरले  चियापानका लागि बोलाउनु भयो । चियाखाँदै सरले भन्नू भयो प्रभावशाली एक जना कांग्रेस नेताले मेयरको टिकट दिने कुरा गर्यौ के गरु, कुनै पार्टीको वकालत नगर्ने तिमीले सुझाव देउ त, भन्नू भयो । मैले भने तपाईंको ईच्छा । भोलिपल्ट फेरि भन्नू भयो, फलानाले रुचाउदैन, टिकट लिनेतर्फ लागिन । उहाँले बनेपाली  राजनीतिको लामो विश्लेषण गर्नुभयो। धेरै सकारात्मक र थोरै  नकारात्मक ।     बनेपाको इतिहास लेखन, शैक्षिकक्षेत्रको बहसमा ज्ञानकाजी सरको अभौतिक उपस्थिति रहि रहनेछ र नयाँ पुस्तालाई उत्प्रेरित गरिरहने छ । आदरणीय ज्ञानकाजी सरमा हार्दिक श्रद्धाञ्जली ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्