२०८० भाद्र ८ गतेकादिन ज्ञानकाजी सरले आफ्नो भौतिक देह त्यागेर ब्रम्हलिन हुनुभयो । मृत्यु अबश्यम्भावी र शास्वतः सत्यलाई कसैले नकार्न सकिंदैन । जीवनकालको यात्रामाआर्जन गरिएका जति पनि भौतिक सम्पतीतथा सामाजिक पूंजीलाई त्यागेर जीवनको अन्तिम स्वाँसलाई पूर्ण बिराम लगाउँछौ । सत्य कर्मको आधारमा आर्जन गरिएका सामाजिक पूँजीले मात्र हरेक मासिको मानस पतलमा अबिष्मरणिय प्रतिबिम्ब (छवी) स्थापित गराउन सकिन्छ । सायद यहि तथ्यलाई ज्ञानकाजी सरले आफ्नो चेतनाको सूक्ष्म तह सम्मआत्मसात गरेर सत्कर्म गर्नु भएकोले बर्तमान समाजका हरेक पुस्ताले वहाँलाई आदर्श सामाजिक व्यक्तित्वको रुपमा स्विकारिएको जस्तो अनुभुति हुन्छ । शिक्षा, साँस्कृतिक तथा सामाजिक क्षेत्रमा पुर्याउनु भएका अविछिन्न सक्रिय योगदा प्रतिहार्दिक सम्मान व्यक्तगर्न चाहन्छु । ज्ञानकाजी सरको बिद्यार्थी हँुदा देखि केहीहद सम्म सामाजिक क्षेत्रमा उहाँ संगको सामिप्यमा रहेर गरिएकाव्यबहारहरुको स्मरण हुन आउँछ । नयाँ पुस्ताहरु प्रति सम्मानजनक व्यबहार गर्दै उनीहरुको प्रतिभा प्रस्फूटन गर्न प्रोत्साहित गर्नहुन्थ्यो । ज्ञानकाजी सरको जीवनको पूर्वाध देखि नै शिक्षालाई मानवीय सभ्यताको आधारशिला मान्दै बिद्यालय तथा क्याम्पसको स्थापनागर्ने देखि शिक्षण सँस्थाहरुको प्रगतिका लागि अभिभाबकत्वको भूमिका निर्वाह गर्नु भएकोले वहाँलाई शिक्षा सेवीको रुपमापनि स्विकारिएको छ ।वहाँ शिक्षण पेशामा क्रियाशिल रहनु भएको बेलामा पनि िबशेष पहिचान बनाउन सफल हुनुहुन्थ्यो । कला, सँस्कृती र सामाजिक क्षेत्रमा चेतनशिल परिवारको पृष्ठभूमीमा जन्मिएर हुर्किनु भएका ज्ञानकाजी सरले यस बिधाहरुमा पनि अत्यन्तलगनशिल भएर निरन्तरता दिनुले उहाँमा बिशिष्ट गुण रहेको पुष्टी हुन्छ ।कला, सँस्कृतीको क्षेत्रमावहाँले गर्नु भएको खोज, अनुसन्धान र प्रकाशन प्रशँसनिय कृतीको रुपमा स्थापितभएको पाईन्छ । नाटक तथा साँस्कृतिक सम्पदाहरुको बिषगत रुपमा १४ पुस्तकहरु नेवारी, नेपाली, अँग्रेजीतथा रसियन भाषामा समेत प्रकाशितहुनु उदाहरणिय सिर्जनामान्न सकिन्छ । सामाजिक जीबनलाई जीवन्त राख्न बिद्यमान सामाजिक रुपान्तरणको प्रक्रियामा क्रियासिल सहभागितालाई निरन्तरता कायम राख्न जीवनको उतरार्धमा समेत आफ्नो शारिरीक प्रतिकुल हँुदाहुँदै ज्ञानकाजी सरको उपस्थिती र प्रस्तुती प्रशंसनीय र सम्मानजनक रहनुका साथै अनुकरण्ािय कर्मयोगीको रुपमा स्विकार्न सकिन्छ । ज्ञानकाजी सरको जीवन कलाबाट बर्तमान पिंढीहरुका लागि मार्ग निर्देश तथा प्रेरणा मिलोस् भनी कामना गर्दछु । ज्ञानकाजी सरको दिवंगत आत्माको चीर शान्तीको कामनागर्दै शोक सन्तप्त परिवार प्रतिहार्दिक समवेदना व्यक्त गर्दछु । भावपूण श्रदाञ्जली !
