IMG-LOGO

ज्ञानकाजी सरलाई सम्झिंदा !

 बुध, भदौ २०, २०८०  – के.जी. बैदार

      अब वहॉको सम्झना मात्रै छ ; वहॉ जहॉवाट आउनु भएको थियो । उतै संधैको लागि फर्किनु भयो । तर वहॉले असंख्य ऋण लगाएर जानु भयो । वहॉले असंख्य धेरै योगदान गर्नु भयो – परिवार, समुदाय, समाज र देशको लागि । अतः जीवनका विभिन्न घुम्तिहरूमा वहॉको सम्झना आइरहने छ । वहॉलाई विर्सिन असंभव छ । वहॉ हाम्रा प्रिय माडसाव हुनु हुन्थ्यो । हाम्रा अरु पनि धेरै माडसावहरू थिए र छन् । तर वहॉ सवैभन्दा फरक, अद्वितीय । सवैलाई सहयोग गर्ने सह्रदयी, सहयोगी ! वहॉको व्यक्तित्व बहुआयामिक छन् । जुन तल प्रस्तुत छन् । १) सह्रदयी र सहयोगी ! वहॉ हरदम सहयोग गर्न तत्पर रहनु हुन्थ्यो । वहॉको एउटा वानी वहॉले कसैको विषयमा थाहा पाए पछि सहयोग नमागे पनि आफूले सक्ने सहयोग गर्नु हुन्थ्यो । वहॉवाट मैले पनि पटक पटक सहयोग र समर्थन पाए । वहॉकै सहयोगले मैले मेरो जीवनलाई व्यवस्थित गर्न सके । तर वहॉ सवैको प्रिय आफै पनि सफल व्यक्ति भएर वहॉले कहिल्यै  कुनै दम्भ र अहंकार देखाउनु भएन ।वहॉ भित्रदेखि नै निरहंकारी व्यक्ति हुनु हुन्थ्यो । २) असल शिक्षक ! वहॉसंग मैले औपचारिक शिक्षा तीन वर्ष पढें ।तर मैले जीवन पर्यन्त वहॉवाट सिके । वहॉवाट अंग्रेजी भाषा सिके, धर्म र संस्कृतिका कुराहरु सिके, इतिहास पढ्न सिके । बनेपालाई पढ्न र बुझ्न सिके ।मेरो रुचीको विषय अर्थशास्त्र, वित्त र राजनीति रहेको छ, तर वहॉकै प्रेरणाले इतिहास, धर्म र संस्कृतिको विषयमा कलम चलाउन समर्थ भएँ ।वहाँसंग मैले ४७ वर्ष निकट रहेर सिके । ३) लेखक ! वहॉ राम्रो उत्कृष्ट लेखक हुनु हुन्थ्यो । वहॉका १५ वटा पुस्तकहरू प्रकाशित छन् ।सवै पठनीय, ज्ञानप्रद र प्रेरणादायक छन् । आज वहॉ हामीसंग हुनु हुन्न । तर वहॉका सृजनाहरू मार्फत वहॉ जहिल्यै हामीसंगै जीवित रहनु हुने छ ।वहॉ अमर अजर हुनु भएको छ । वहॉ सिद्ध हस्त नाटककार हुनु हुन्थ्यो । वहॉले नाटक मार्फत आख्यानलाई लोकप्रिय वनाउनु भयो । इतिहास लेखनको लागि नयॉ दृष्टि दिनु भयो । वहॉको नाटक मुख्यत ः पौराणिक कथावस्तुमा आधारित रहे पनि त्यसमा आधुनिक युगको लागि चाहिने सन्देश र चेतनाहरु छन् । वहॉ पुरानो पात्र मार्फत नयॉ पिंढीलाई नयॉ युगको सन्देश दिन खपिस हुनु हुन्थ्यो । वहॉ नाटक मात्र लेख्नु हुन्न थियो ; नाटकको निर्देशन र मन्चन समेत गर्नु हुन्थ्यो । ४) भाषासेवी ! वहॉले नेपालभाषा, नेपाली र अंग्रेजी तीनवटा भाषामा एकसाथ कलम चलाउनु हुन्थ्यो । वहॉले कहिल्यै कुनै भाषिक संकीर्णता र पूर्वाग्रह देखाउनु भएन । वहॉ नेपालभाषा एकेडमीमा रहेर पनि सेवारत रहनु भएको थियो । ५) इतिहास लेखन ! वहॉले बनेपाको स्थानीय इतिहास लेखनको प्रारम्भ गर्नु भयो । त्यसका सामाग्रीहरू खोजी र संकलन गर्नु भयो। वहॉले २०३९ सालमा बनेपा नपंले प्रकाशित गरेको स्मारिकामा साविक बनेपाका ३३ वटा अभिलेखहरू प्रकाशित गर्नु भयो, त्यसमा सम्वत् ४२२ देखिको अभिलेख संकलित छ । यो स्मारिका वहॉकै प्रधान सम्पादकत्वमा प्रकाशित भएको थियो । त्यस्तै वहॉले भोन्तश्री राजवंशका अन्तिम राजा जयार्जुनदेवको समयकालका ताड़पत्र प्रकाशमा ल्याउनु भएको थियो । वहॉले प्रकाशनमा ल्याएको ताड़पत्रवाट त्यसवेला बनेपा क्वबहाः मंदिर नजिक क्वॉथ ः (किल्ला) रहेको प्रमाणित भएको छ । साथै वहॉको “मानन्धर वारे छुं खँ“ शीर्षकको पुस्तकवाट मानन्धरसंग सम्वन्धित नयॉ नौलो ऐतिहासिक र सॉस्कृतिक तथ्यहरू प्रकाशमा आएको छ । ६) संस्कृतिप्रेमी ! वहॉ हाम्रो हजारौं वर्षदेखि चल्दै आइरहेको संस्कृतिको अन्वेषण , प्रचार र जगेर्ना गर्न जहिल्यै क्रियाशील रहनु भयो । मानन्धरहरूले गुँलामा वस्ने ब्रतवारे राम्रो लेख्नु भएको छ । त्यस्तै चण्डेश्वरी, श्वेत भैरव, छिन्नमस्ता, चॉगु नारायण आदि वारे धेरै राम्रा खोजमूलक लेखहरू प्रकाशमा ल्याउनु भयो । ७) असल व्यवसायी ! वहॉ एक असल व्यवसायी हुनु हुन्थ्यो वहॉ समाज सेवा, राजनीति र लेखन आदिमा लागिरहन कुनै अन्य पेशा व्यवसाय हुनु पर्ने वहॉको दृढ़ विचार रहेको पाएँ । वहॉ स्वयं यसको राम्रो उदाहरण हुनु हुन्थ्यो ।वहॉ आफ्नै व्यवसायवाट आर्जन गरेर आफ्नो प्रकाशन गर्नु हुन्थ्यो र समाजसेवा गर्नु हुन्थ्यो । ८) प्रजातन्त्रप्रति निष्ठावान ! वहाँ सदैव प्रजातन्त्रमा आस्था राख्नु हुन्थ्यो ।प्रजातन्त्रप्राप्तिको संघर्षमा वहाँ र वहाँको परिवारको महत्वपूर्ण योगदान रहेको छ । ९) शिक्षासेवी ! वहॉ शिक्षा सेवा र शिक्षणमा अनवरत लाग्नु भयो ।वहॉले द्यब् (भ्लनष्किज) उत्तीर्ण गरिसके पछि वहॉ लगातार शिक्षण सेवामा लागिरहनु भयो । वहॉले आजाद हाई स्कूल (पछि मावि), शारदा मावि फँलाटे, रात्री स्कूल बनेपा आदिमा प्राध्यापन गर्नु भएको थियो । वहॉले चैतन्य मावि स्थापना गर्नु भएको थियो । काभ्रे बहुमुखी क्याम्पसका वहॉ एक जना संस्थापक हुनहुन्थ्यो ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्