ज्ञानकाजी सर पनि रहनु भएन । अब उहाँले लेखेका पुस्तक र उहाँले हाम्रो समाजलाई दिनु भएको योगदानका बारेमा मात्र स्मरण र चर्चा हुने छ । बाँचुञ्जेल आपूm र मरेपछिका लागि परिवारका लागि गरिदिने त जो पनि हुन्छ तर समाज देशका लागि गर्ने कमै व्यक्तिहरु हुन्छन् । हो, तिनै बिरलै व्यक्तिहरुमा एउटा व्यक्तित्व बनाउनु भएको थियोे ज्ञानकाजी मानन्धरले । आज भन्दा ८९ वर्ष जन्मिएनु भएका ज्ञानकाजी सरले त्यतिबेलाको समयमा पढ्नु नै सबैभन्दा ठुलो कुरा थियो त्यसमा पनि अंग्रेजी कम्ता ठुलो कुरा हो र ? परिवार समाज आफैंलाई व्यवस्थापन गर्न जान्ने सधै ढाकाटोपी कोट पाइन्टमा चिरीच्याट परेर हिड्ने । अरुलाई बुझ्ने, सुन्ने र आफ्ना गहकिला शब्दमा कुरा राख्ने ज्ञानकाजी सरमा अथाह ज्ञान थियो तर उहाँमा कुनै घमण्ड थिएन । आजभन्दा ३० वषर््ा अघि नै चिनजान भयो तर हरेक विद्यावान, व्यापारी समाजसेवी नेता हुन् वा अनेक पेशामा लागेकासँग मेरो सम्पर्क र सामिप्यता काभ्रे टाइम्सको प्रकाशनसँगै भएको हो । काभ्रे टाइम्स पत्रिका प्रकाशनले काभ्रे र आसपास क्षेत्रमा एउटा तरंग ल्याएको थियोे । अहिले जस्तो सामाजिक संजाल थिएन । पत्रिकाको धेरै महत्व थियोे । मलाई पनि पढेलेखेका आफूभन्दा अघिल्लो पुस्ताका व्यक्तित्वसँग साक्षत्कार गर्न पाँउदा रोमाञ्चित हुन्थे । बनेपामा मित्र एग्रो नामको मेरो पसल थियो त्यहींवाट काभ्रे टाइम्सको लागि सम्पर्क हुन्थ्यो । ज्ञानकाजी सर पनि आफ्नो लेख पत्रिकामा प्रकाशन गर्न त्यहीं आउनु भएको थियो । यसरी शुरु भएको सम्बन्ध अत्यन्तै आत्मीय भएको थियो । उहाँले कहिल्यै नामबाट बोलाउनु भएन मात्र हजुर भन्नु भयो । मैले पनि त्यही सम्बोधन गरे कारण थियो मैले उषा मानन्धरसँग विवाह गरेको थाहा भए देखि उहाँको यही सम्बोधन अन्तिमसम्म यही रह्यो । त्यस कारण पनि हामी एक अर्कालाई भेट्नासाथ नबोल्दै आँखाले धेरै कुरा गरिसक्थें । बनेपा र राष्ट्रमै नामी संस्कृतिविद हुनुहुन्थ्यो । केन्द्रीय मानन्धर संघले उहाँलाई विशिष्ट सम्मान पनि दिएको थियो । यो जीवन शरीरमा सास हुनेबेला सम्म हो जब लासमा परिणत भइन्छ मात्र नाम मात्र रहन्छ । त्यसैले सबैले भन्छन् यो जिन्दगी दुई दिनको हो । एक दिन जन्मिएको दिन सकिन्छ अर्थात हरेक मान्छे जन्मिएको दिन एक दिन हो । त्यसपछि एक दिन बाँकी रहन्छ । तपाईंले बुझिसक्नु भो अर्को दिन हो मरेको दिन । यी दुबै दिनको बीचको बाँचेको अवधि नै जिन्दगानी हो । जीवनको महत्व बुझ्न मृत्युबारेमा बुझन पर्छ । कोही पनि यो संसारमा अजम्बरी छैन । मृत्युबारे महाभारतको युद्ध मैदानमा कृष्णले अर्जुनलाई बुझाउँदै भनेका छन् – जसलाई गीता ज्ञान भनिन्छ । महाभारत युद्धमा अर्जुनलाई दिएका श्री कृष्णको शिक्षाको वर्णन गर्दछ । गीतामा दिइएका उपदेशहरू आज पनि उत्तिकै सान्दर्भिक छन् र मानिसलाई जीवन जिउने सही मार्ग देखाउँछन् । गीतामा १८ अध्याय र ७ सय श्लोक छन् जसमा धर्मको मार्गमा हिड्दै सत्कर्म गर्न उपदेश दिइएको छ । जीवनका सबै दुविधा र समस्याहरूको समाधान गीतामा पाइन्छ । गीताको उपदेश पालना गर्नाले जीवनमा परिवर्तन आउने र हरेक काममा सफलता मिल्ने जनविश्वास रहेको छ । श्रीमद भागवत गीताका बहुमूल्य विचारहरू यस्ता छन् । गीता प्रवचनका महत्वपूर्ण बुँदाहरू गीतामा लेखिएको छ, मानव जीवनको अटल सत्य मृत्यु हो । यो सत्य थाहा हुँदाहुँदै पनि हरेक मान्छे डराउँछन् । यही डरले मान्छेको वर्तमान खुसीलाई पनि निरास बनाउछ । मानिस मृत्युसँग कहिल्यै डराउनु हुँदैन । श्रीकृष्णले गीतामा भनेका छन् कि क्रोधले भ्रम पैदा गर्छ र भ्रमले बुद्धि नष्ट गर्छ । जब बुद्धिले काम गर्दैन तब तर्क नष्ट हुन्छ र व्यक्ति व्याक्तित्व नष्ट हुन्छ । त्यसैले हरेक व्यक्तिले आफ्नो क्रोधलाई कसरी नियन्त्रण गर्ने भनेर जान्नुपर्छ । क्रोधमा लिइएको निर्णय सधैं गलत हुन्छ र व्यक्तिले पछि पछुताउनु पर्छ । श्रीकृष्णले कुनै पनि व्यक्ति आफ्नो कर्तव्य (काम) को मार्गबाट विचलित हुनुहुँदैन । जब कर्म मुक्त हुन्छ, मानिस आफ्नो मार्गबाट विचलित हुन्छ । त्यसैले भनिएको हो कर्म गर फलको आशा नगर । फल त काम गरेपछि प्राप्त भइहाल्छ । यदि तपाईं जीवनमा अगाडि बढ्न चाहनुहुन्छ र अरूभन्दा पृथक हुन चाहनुहुन्छ भने, सधैं आफ्नो काम गरिरहनुहोस् । श्रीमद् भागवत गीतामा लेखिएको छ कि हरेक मानवले आफ्नो भित्र हेर्नुपर्छ । आत्म–ज्ञानले मात्र मानिसलाई आफ्नो गुण र दोषको बारेमा उ स्वंयमलाई मात्र थाहा हुन्छ । आत्मनिरीक्षणले हरेक व्यक्तिलाई सही के हो ? गलतके हो भन्ने निर्णय गर्न मद्दत गर्छ । त्यसैले सबैले एकान्तमा एक्लै बसेर आफैंलाई आत्मसमीक्षा गर्नुपर्छ । यो मन धेरै चंचल छ र यो दुःख को मुख्य कारण हो । गीताका अनुसार हरेक व्यक्तिले आफ्नो मनलाई नियन्त्रण लिनसक्नु पर्छ । आफ्नो मनलाई नियन्त्रण गर्ने व्यक्तिले मात्र सफलताको बाटोमा पुग्छ । त्यस्तो व्यक्ति मात्र आफ्नो काममा मात्र केन्द्रित रहन्छ र लक्ष्य सजिलै प्राप्त गर्न सक्छ । मैले यि कुरा यहाँ राख्नुको कारण महाभारतका चरित्रहरु पुस्तक लेख्ने क्रममा धेरै पल्ट ज्ञानकाजी सरलाई सम्झिए । उहाँले कति खोजमुलक पुस्तक अनुसन्धान गरेर लेख्नु हुन्थ्यो । उहाँ र मेरा बीचमा धर्म सस्कृति व्यापार व्यवसाय बारेमा कुरा हुन्थे । म फुर्सदमा उहाँको घर जान्थे । धेरै पल्ट दीपक सरकार दाइ र म उहाँको तीनदोबाटो स्थित घरमा गएका छौं । आज उहाँ हामी बीच हुनुहुन्न उहाँले दिनु भएको महत्वपूर्ण कुराहरू मस्तिष्कमा स्मरण भएको छ । त्यसैले मैले उहाँको देहावसान भएको १३ दिनको पुण्य दिनमा आदरणीय ज्ञानकाजी सर प्रति श्रद्धाञ्जली अर्पण गर्दै स्मृति अंक प्रकाशन गर्न परदेशबाटै काभ्रे टाइम्स टीमलाई अनुरोध गरेको थिएँ । मैले सर प्रतिको सम्मान र कर्तव्य पुरा गरेको ठानेको छु ।
