IMG-LOGO

श्रद्धेय गुरु स्व. राम प्रसाद पौडेल

 मंगल, भदौ १९, २०८०  – तुयुकाजी ताम्राकार

     एक हप्ता भित्रै अर्का श्रद्धय गुरु राम प्रसाद पौडेलको २०८० भाद्र १३ गते दिवंगत हुनुभयो । उहाँको हष्टपुष्ट शरिर र कृपाशिलता देख्दा यति छिटो भौतिक शरिर त्याग्नु होला भन्ने मलाई लागेको थिएन । उपचाररत हुनुहुन्थ्यो पहिले झैँनिको भएर फर्कनु होला भन्ने लागेको थियो । अस्पताल र डाक्टरहरुको बचाउने सबै प्रयास असफल बनाउँदै वहाँको आत्मा परमात्मासित जोडन शरिर त्यागेर गएछ । मानिस जतिसुकै शक्तिशालि भएपनि मृत्युसित केहि नलाग्ने रहेछ । आफ्ना सन्तानहरु, परिवारजन, आफन्तहरु समुदाय र समाजले गरेका माया प्रेम, सहयोग, सदिच्छा हुँदा हुँदै पनि जीवन त्याग्नुपर्ने नियती र नियम नै सत्य रहेछ । श्रद्धेय गुरुको निधनको खबरले वहाँले मलाई गर्नु भएको माया र प्रेम पूर्वक सिकाउँदाका क्षणहरु र अरु अनेकौँ सदभाव, सहयोग र प्रदानगर्नु भएका धार्मिक ज्ञानहरु श्रङ्खलाबद्ध स्मृतीका पानाहरु पल्टिए ।           वि.सं. २०१७–१८ सालतिर पनौती स्थित श्री इन्द्रेश्वर मिडिल स्कुलमा नेपाली पढाउने शिक्षकको रुपमा रहँदा म कक्षा १–२ मा पढ्थे । बचाहरुलाई वहाँले प्रेमपूर्वक पढाउनु भएको व्यवहार नसम्झने विद्यार्थी शायदै कोहीहोला । मेचमा बसदा तिघ्रा फटाएर बस्दा हुने खाली ठाउँमा आफ्नो खाली ठाउँ नजिक तानेर अक्षरहरु चिनाइदिनु भएको मैले बिर्सेको छैन । उहाँको प्रेम र सदव्यवहारले गर्दा मै मेरो बाल मस्तिष्कमा उहाँप्रति श्रद्धा जागृत भएको थियो । आदरभाव मनमा गढेको थियो ।           म आफु पनि शिक्षण पेशामा लागे । २०३५–३६ सालतिर कुशादेवी मा.वि.मा खटिएँ । स्कृलमा जाने क्रममा एक दिन खरिबोटको उकालेमा मलाई कसैले नमस्कार सर भन्नुभो । मैले झट्ट उहाँलाई चिनिन । मनमनै सोचे उहाँ पक्कै मेरो श्रद्धय गुरु राम प्रसाद पौडेल नै हुनुपर्छ । धेरै समय पश्चात भेट भएकोले परिचय खोल्न सम्झनाको पानी खोल्नु परेको थियो । उहाँको छोराछोरीहरु मेरो विद्यार्थी रहेछन् । उहाँ सम्मानित नागरिक, कुशलवत्ता पण्डित र लोकप्रिय जन प्रतिनिधि समेत रहनु भयो । उहाँलाई चिन्न ढिला गरेछु र वहाँले पहिला नमस्कार गराउन पुगेकोमा धेरै ग्लानी महसुर भयो । त्यस उप्रान्त नमस्कार गर्नमा र सम्मान व्यक्त गर्नमा म कहित्यै दोश्रो भइन । आज उहाँको निधनले समाजमा अपुरणिय क्षती पुगेको छ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्