IMG-LOGO

यस्ता थिए दुई हजार वर्षमा नेपालमा आएका महामारी

 मंगल, भदौ १६, २०७७  महेशराज पन्त :इतिहासकार

हामी कहाँ इतिहास लेखेर राख्ने चलननभएकाले नेपालको इतिहासका धेरै कुराथाहा पाउन सजिलो छैन।महामारीका इतिहासको हकमा पनि याकुरा लागू हुन्छ।महामारीको इतिहासको कुरा गर्दानेपालको सबैभन्दा पहिलो महामारीकाविवरण लिच्छविकालको पाइएको छ।तर त्यो पनि लिच्छविकालभन्दा निकैपछि१५औँ शताब्दीमा आएर मात्र वंशावलीमाउल्लेख भएको छ।गोपालराजवंशावलीुमा लिच्छवि राजासुपुष्पदेवको पालामा ठूलो महामारीआएको उल्लेख छ।उक्त महामारीको कारण दुधे कर्कलाभएको उल्लेख गरेको पाइन्छ।रोचक कुरा के छ भने काठमाण्डूमा दुधकर्कलो अहिले पनि धेरैले खानका लागिप्रयोग गर्दैनन्। ।सायद त्यसबेला महामारी ल्यााउने कुराभएकाले पो प्रयोग नगरेका हुन् कि१सुपुष्पदेव कहिलेका राजा हुनसुपुष्पदेव कुन बेलाका राजा हुन् भन्ने थाहापाउन अलि कठिन छ।वि।सं। ७९० को पशुपतिनाथमा जयदेवललेखाएको शिलालेखमा चाहिँ लिच्छविराजाहरूमा सुपुष्पको चर्चा छ। तर त्यहामहामारीको चर्चा छैन।गोपालराजवंशावलीुमा चाहिँ महामारीकाशान्तिका लागि बेथेको साग, रायोको सागर गोबरले नौ दिनसम्म अभिषेक गर्दा रोगनिवारण भएको उल्लेख छ।ने प ालको इतिहासको उठानदे िखमल्लकालसम्म हेर्दा मैले एक दर्जनमहामारीको विवरण पाएँ ।दुर्भाग्य नै भन्नुपर्छ त्यो पनि काठमाण्डूकामात्र उपलब्ध छ । बाहिरको केही विवरणपाउन सकिएको छैन ।उपत्यकाभित्र लेखन संस्कृति थियो तरबाहिर कम लेखन संस्कृति भएकाले धेरकुरा हामीले थाहा पाउन सक्दैनौँ ।दुई हजार वर्षमा १२ वटा मात्र महामारी तआएनन् होला।अध्ययनमैले मल्लकालको अन्त्य भएपछिआएका महामारीको विस्तृतमा अध्ययनगरिसकेको छैन ।कोरोनाभाइरस महामारी सुरु भएयता मैलनेपालको महामारीकै अध्ययन गरिरहेकाछु ।मल्लकालयता गीर्व ा णयु द्ध विक्रमकापालामा आएको बिफरको त काठमाण्डउपत्यकामा चर्चित नेवारी लोकगीत नै छ।मैले पनि आफूलाई अध्ययनको सीमामाराख्नुपर्छ। त्यसैले मैले मल्लकालसम्मकामहामारीको अध्ययन गरेको हुँ ।त्यसबेला पाइएका विवरणका आधारमाती १२ वटा महामारी प्राकृतिक नै हुन्।तीमध्ये केही मुख्य महामारीको मात्र मैलयहाँ चर्चा गरेको छु।सुपुष्पदेवको पालापछि चाहिँ हामील१,००० वर्षपछिको मात्र विवरण पाउँछौँ ।त्यो भनेको वि।सं। १३८५र८६ को हो। त्यामहामारी फागुनदेखि भदौ ९विसं १३८६०सम्म फैलिएको थियो।त्यसलाई ुकनिमरकु भनिएको छ। उक्तमहामारीमा दैनिक १०० को हाराहारीमामानिसहरू मरेको भनिएको छ।नेवारी भाषामा ुकनिुको दुईवटा अर्थ हुन्छ(मकै र एउटा आँखा मात्र भएकी महिला।ग ो प ालराजवं श ावलीु क ो अध्ययनकाक्रममा धनवज्र वज्राचार्य (इतहासकार )लत कनिुको अर्थ लगाउने आँट गर्नु भएन ।कमलप्रकाश मल्ल ९इतिहासकार)ले चाहित्यसलाई अङ्ग्रेजीमा मेज डेथू वा स्मलपोक्स भनेर अथ्र्याउन खोज्नु भएको छ ।यद्यपि उहाँले दुवै अर्थमा प्रश्चवाचकचिह्न (?) दिनु भएको छ।तर त्यसको ३०० वर्षपछि मात्र भारतवषअर्थात अहिले भनिने गरिएको दक्षिणएशियामा मकै भित्रिएको पाइएकालकनिुको अर्थ मकै होइन भन्ने मेरो भनाइछ ।हुनत मैले पनि अहिलेसम्म त्यसको अथलगाउन सकेको छैन।मैले त्यसबारे एउटा लेख लेखेपछिपुरुषोत्तमलोचन श्रेष्ठ ९संस्कृतिविद्० लकनिु भनेको एउटा मात्र आँखा भएकीमहिला भनेर लेख्नुभयो।तर महामारी आएको बखतमा त्यस अर्थमाकनिु शब्द चलेको देखिँदैन।अर्को कुरा कुनै पनि महामारी एउटा आँखामात्र भएकी महिलालाई मात्रै लाग्ने गरेर तपक्कै पनि आउँदैन ।त्यसैले ुकनिमरकुको अस्तित्व छ तर त्याकस्तो महामारी हो भन्ने अनुसन्धेय नै छ।राजाको मृत्यविभिन्न स्रोतका आधारमा वि।सं। १७२९देखि १७९७ सम्मको ६८ वर्षभित्र चारपटक बिफरको महामारी आएको हामीलपाएका छौँ।वि।सं। १७२९ को महामारीबाट भक्तपुरकाराजा जगत्प्रकाश मल्लको मृत्यु भयो ।वि.स.१७३६ को महामारीमा प्रतापमल्लकी छोरी र उनका छोराछोरीको निधनभएको थियो ।त्यसबेला प्रताप मल्लका छोरा नृपेन्द्रगद्दीमा थिए ।वि।सं। १७६३ को महामारीमा पाटनकाराजा लोकप्रकाश मल्ल पनि बिते ।काठमाण्डूका राजा भास्कर मल्ललाई पनिबिफर लाग्यो तर उनी बाँचे । उनको पछिवि।सं। १७७९ मा प्लेगबाट निधन भएकाथियो ।यी सबै विवरण नेपाली ऐतिहासिकस्रोतबाट हामीले थाहा पाउँछौँ ।त्यस्तै वि।सं। १७९६ र ९७ मा पनि महामारीआएको पाइन्छ। त्यसको विवरण चाहितिब्बत जान आएका युरोपियन इसाई धमप्रचारकहरूका लेखहरूबाट पाइन्छ ।त्यसबेला ती पादरीहरू महामारीकै कारणभक्तपुरमा सात महिना रोकिएका थिए ।सबैभन्दा ठूलो महामारीनेपालमा आएको सबैभन्दा ठूलो महामारीचाहिँ प्लेग हो। त्यसबारे धेरै विवरण पनिपाइन्छन ।नेपालमा विसं १७७२ चैतदेखि विस१७७९ भाद्रसम्म प्लेग आएको थियो ।त्यो बेला काठमाण्डूका राजा भास्करमल्लको पनि ज्यान गयो। उनलाई अहिलभनिएको जस्तै क्वारन्टीनमा राखिएकाथियो ।केही महिनापछि उनी त्यहाँबाट भागेरसहरतर्फ आउँदा रोगले च्यापेको विवरणपाइन्छ ।उनको प्लेगकै कारण वि।सं। १७७९ माप्राण गयो ।त्यो बेलामा चाहिँ चौतारा अर्थात् प्रधानमन्त्रीझगल ठकुर नै काठमाण्डूका डिफ्याक्टा(वास्तविक) शासक थिए।उनले राख्न लगाएको विवरण अनुसार त्यासाढे ६ वर्षको महामारीमा १८,७१४जनाको निधन भएको देखिन्छ ।त्यसबेला कति जनसङ्ख्या थियो भन्ने भन्नत गाह्रो छ। तर परम्परागत रूपमाकाठमाण्डूमा २४,००० घर छन् भन्ने चलनथयो।त्यो सुरुमा बस्ती बसाउँदा होला पछिपक्कै बढेको हुनुपर्छ ।त्यसको निकै पछि वि।सं। १८९६ माभीमसेन थापाको पालामा काठमाण्डूमाजनसङ्ख्या ३७,००० रहेछ ।एक सय वर्षपछि ३७,००० रहेकाकाठमाण्डूमा १८,००० भन्दा बढीकाज्यान जानु भनेको धेरै नै भयो ।त्यो बेला प्रमुख कुमारी पनि बितेको रअन्य दुईजना अतिरिक्त कुमारी पनिमरेको विवरण पाइन्छ। उसबेला चाररपाँचटोलमा कुमारी राख्ने चलन थियो ।महामारीले ल्यााएको परिवर्तनअहिले पनि जातपात र छुवाछुत समाजमाकायमै देखिन्छ। त्यो बेला त झन् चकथियो।तर त्यो महामारीले धेरै कुरा परिवर्तनगरिदिएको पाइन्छ।उसबेला कोही बितेपछि काजक्रियाकाकडा नियम पक्कै थियो। तर महामारीलत्यसमा पनि परिवर्तन गरेको पाइन्छ।अघिल्ला महामारीको त धेरै विवरणउपलब्ध छैन।तर प्लेगका बेलामा भने आपत्कालभएकाले राजाज्ञामार्फ त तत्कालकाजक्रिया नगरी ४५ दिनसम्मको कामएकै दिनमा गराइएको थियो।त्यस्तै ुमाथिल्लो जातुको लासलाई ुतल्लाजातुले छुनु हुँदैन भन्ने मान्यतामा पनिपरिवर्तन आएको देखिन्छ।त्यसबे ल ा ज्यापू ल े श्रे ष् ठको पनिदाहसंस्कार चलाउने चलन चल्याो।त्यसबेलादेखि चलेको चलन अहिलेसम्मपनि केही श्रेष्ठहरूमा कामय छ ।उनीहरूको दाहसंस्कार ुगोु भन्ने उपनामभएका ज्यापूहरूले अहिले पनि गर्दैछन्।त्यो धार्मिक नियमजस्तो बन्यो।महामारीबाट आएको चेतमहामारीबाट नेपालले खासै चेतेको जस्तालाग्दैन। यी महामारीको सरकारी रेकडसमेत छैन।मैले त मानिसहरूले व्यक्तिगत रूपमाटिपेर राखेका नोटहरूबाट सङ्कलन गरेकाहुँ। सजग हुने कुरा त परै जाओस्।यो पल्ट चाहिँ मलाई अचम्म लागेकाकुरा के हो भने पहिलेजस्तो महामारीहटाउन भनेर शान्तिस्वस्ति भएन । सायदयो धर्मनिरपेक्ष र कम्युनिस्ट सरकार भएरहोला ।पहिले त हरेक महामारीमाशान्तिस्वस्तिको चलन थियो भन्ने विवरणपाइन्छ ।अर्को कुरा भारतमा पनि मन्दिरहरू तआंशिक खुला गरेर पूजाआजा भइरहेकछ ।नेपालमा चाहिँ देवस्थलहरू पनि बन्द छन्।यो मेरा लागि अलि फरक कुरा हो ।(इतिहासकार पन्तसँ ग बीबीसीसंवाददाता विष्णु पोखरेलले गरेकाकुराकानीमा आधारित। यो लेख पन्तलप्रयोग गर्ने शैलीकै भाषामा तयारपारिएको छ ।)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्