नेपाली पत्रकारिताको स्तर साह्रै दयनीय देखियो । उहीँ उहिलेको मध्यान्न र सन्ध्याकालिन भन्दा एक पाइला पनि अगाडि बढेको देखिएन । एउटाले छाप्थ्यिो । एमाले नेता ईश्वर पोख्रेलको छतको पानी टयान्कीमा टन्न पैसा भेटियो । अहिलेसम्म उनलाई गाली गर्न यही आरोप काफी छ । त्यस्तै हिजो बालेन शाहले एउटा सिंहदरबार जलाउने बारे स्टायास लेखे । हाम्रा मुख्य अखबारहरुले स्कुप हाने शनिबारको दिन महानगरपालिकाको गाडीमा सवार बालेन पत्नीलाई ट्राफिकले रोकेको थियो । त्यहि हुनाले यसो भएको हो । तर हिजै बालेनको बच्चा जन्मेको कुरा चाहिँ ती अखबारले खोज्न भ्याएनछन् । सायद त्यो गाडीमा प्रशव वेदनामा रहेकी बालेन पत्नी अस्पताल जाँदै थिइन कि यो कुरा खोज तलास गर्नु जरुरी पनि ठानिएन !
