इन्टरनेटर कम्प्युटर प्रणालीको दुरुपयोग गरी हुने कुनै पनि अपराधलाई प्रसय नदिऔं । नेपालमा हुने साइबर अपराधमा धेरै जसो फेसबुक, मेसेन्जर, हवाट्स एप, भाइबर, इन्स्टाग्राम र इमो जस्ता सामाजिक सञ्जालको दुरुप्रयोग हुने गरेको छ । हिजो आज जस्तो सुकै अपराधमा पनि साइबर वा सूचना प्रविधिको दुरुपयोग हुने गरेकाले साइबर अपराधलाई सीमा हीन अपराध पनि भनिन्छ । साइबर अपराध अन्तर्गत इन्टरनेटको दुरु प्रयोगबाट हुने चरित्र हत्या, डिजिटल डाटा चोरी, ठगी, गाली बेइज्जती, धोरण, बालबालिकाका यौन जन्य हिंसा, बैंक खाताको पैसा चोरी गर्ने लगायत सबै प्रकारका अपराधहरु पर्दछन् । हिजो आज अधिकांश मानिसहरुले स्मार्ट फोन, ल्यापटप, कम्प्युटर, ट्याब जस्ता सूचना प्रविधिका उपकरणा मार्फत इन्टरनेटको प्रयोग गर्दछन् । यसकोे सहि प्रयोग गरेर मात्र समाजमा बेथिति नहुने कुरा सन्देशमुलक सचेतना कार्यक्रममा एबिम स्कुलकी छात्रा अन्किता श्रेष्ठले बताइन । इन्टरनेटको माध्यसबाट सामाजिक सञ्जाल मार्फत लाखौँ परिचित र अपरिचित मानिसहरु सँग सम्पर्क गर्न सकिन्छ । यस ऋममा खराब नियत भएका मानिसहरु सँग सम्पर्क गर्न पुगियो भने साइबर अपराधको सिकार बन्न सकिन्छ । त्यसैले सामाजिक सञ्जालमा जोसुकैको विश्वास मान्नु हुदैन । नक्कली आईडी बनाएर कतिपयले सामाजिक सञ्जाल र इमेल मार्फत गलत समाचार पठाएर अरुलाई झुक्याउने र धोका दिने गर्दछन । साइबर अपराध सम्बन्धी ज्ञान नहुँदा आफुबाट पनि अन्जानमा अपराध हुन सक्छ । पछिल्लो समय नेपालमा साइबर अपराध बढ्दै गएको छ । नेपाल प्रहरीको तथ्यङक अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा मात्रै ३,७०६ ओटा साइवर अपराधका मुद्दा दर्ता भएका थिए जसमा २००३ महिला र १,४७१ पुरुष पीडित भएका थिए । ती मध्ये १८ वर्ष मुनिका बालिका १०७२ र बालक ५६ जना थिए यसमा साइबर अपराध कसुर ठहरिएमा वढीमा पाँचलाख रुपैयाँ सम्म जरिवाना वा पाँच वर्ष सम्म कैद वा दुवै हुन सक्ने व्यवस्था गरिएको छ ।
