IMG-LOGO

गाई खाने र नखाने

 मंगल, भदौ ५, २०८०  – राम लोहनी

     गाई खाने र नखाने खभचदब िमगभ िकहाँ पुग्छ थाहा छैन । तर गाईको ‘वैज्ञानिक’ महत्व पनि रहेछ । कस्तो वैज्ञानिक भनेको त गाईले अक्सिजन लिएर अक्सिजनै छोड्छ रे ⁄ अर्थात गाईले सास तान्दा पनि अक्सिजन, सास फाल्दा पनि अक्सिजन नै फाल्छ रे ⁄ अक्सिजन लिएर अक्सिजनै फाल्नलाई किन भित्र लानु परेको रहेछ ? यसको ‘वैज्ञानिक’ कारण चाहिँ भेटिएन । यत्तिकै हावामै छोड्दिएको भए भैजान्थ्यो, शरीरभित्र कुन पु¥याउनु परेछ अक्सिजन ?      गाईको ‘वैज्ञानिक’ व्याख्या गर्नेलाई टिप्सः गाईले फालेको अक्सिजनमा विभिन्न पौष्टिक तत्वहरू लगायत स्वर्णभष्म र थोरै मात्रामा अमृत पनि हुन्छ भनेर ‘वैज्ञानिक’ तर्क दिनुस् । गाईको नाकअगाडि बसेर सास फेर्दा मानिसलाई गाईको शरीरबाट निस्केको अक्सिजनमा भएको पौष्टिक तत्वले स्फुर्ति दिन्छ, स्वर्णभष्मले शरीरलाई मजबुत बनाउँछ र अमृतले दीर्घ जीवन दिन्छ भनेर पनि बताइदिनुस् । हाम्रा ऋषिमुनिहरूको दीर्घ जीवनको रहस्य नै त्यही हो ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्