२००७ सालको क्रान्ति पछि परिवर्तनको प्रक्रिया आफ्ना ध्येयमा ढाल्न शासकहरुको ध्यान सेनाको संरचनात्माक परिवर्तनमा जाने नै भयो शासनको प्रकृति फेरिएको थियो र पुरानो शासन प्रति वफादार रहेको सेनाको नेतृत्वमा सुधार ल्याउनु जरुरी पनि थियो । परन्तु अघिल्लो शासनमामा सिमान्तकृत भएका बी, सी क्लासका राणाहरुको यस परिवर्तनमा पनि हात माथि नै रह्यो र राणाहरुकै वर्चश्वको निरन्तरता रह्यो । सैनिक सोपानमा तीन दर्जा मुनिका कर्नेल रहेका तोरण शमशेर राणालाई टपक्क टिपेर एकैचोटी प्रधान सेनापति बनाइयो । प्रधान सेनापति बने पछि उनले श्रीपेच लगाउन पाउनु पर्ने जिकिर गरे । तर उनको दाल गलेन । उनलाई झ्वाँक चल्यो र उसो भए टोपी नै न लगाउने र मुडुल्लै हिड्न थाले । टाउको दुखेको औषधि नाईटामालाई राणा शासनमा सेनाको नेतृत्व उच्च राणा खानदानकै वर्चश्व थियो, विरासतमा जस्तै प्राप्त हुने संस्कृति नै बनी सकेको । सर्वसाधारण हेप्ने र आफुलाई विशिष्ट ठान्ने । २००७ सालको परिवर्तनले राज्यको नेतृत्वमा हिजोसम्म प्रजा मानिएकाहरुको प्रभुत्व हुँदै जान थाल्यो । मोहन शमशेरको बहिर्गमन पछाडि मातृका प्रसाद कोइराला प्रधानमन्त्री बने तर सैनिक नेतृत्व भने नागरिक प्रशासनको मानमनितो नराख्ने सेनाको यस्तो रवैयाको विरुद्धमा प्रधानमन्त्रीले राजा त्रिभुवनलाई फिराद गरे र आफुलाई महारथी बनाउन बिन्ती गरे । राजाले प्रधानमन्त्री रहेका मातृकालाई मानार्थ जर्नेल नियुक्त पनि गरे । तब पनि सेनाले कुनै भाउ दिएन । सेनाले टुँडिखेलको खरिबोटमा कबाजको आयोजना गरेको थियो । प्रधानमन्त्री कोइराला सैनिक पोशाकमा सजिएर सलामी खान पुगे । उ बेलाका प्रधान सेनापति केशर शमशेर राणाले अरु त अरु उनलाई सलामी समेत ठोकेनन् । प्रधानमन्त्रीले पहिले नै के भुल गरेका थिए भने उनले सेनालाई नागरिक प्रशासन मातहत राख्न नीतिगत व्यवस्था मिलाउनु भन्दा सैनिक बर्दिबाट नियन्त्रण गर्ने हचुवा बाटो रोजेका थिए । त्यै बाटो अपनाउदा पनि उनले अर्को भुल पनि गरे भने उनले प्रधान सेनापति भन्दा निचल्लो पदवी स्वीकार्नु हुन्थेन । खरिबोट प्रकरणले उनले आफ्नो त्यो भुल बल्ल थाहा पाए त्यहाँ उनी सैनिक चेन अफ कमान्डमा तल रहेको दलिल अतार्किक होइन । त्यस पछि भने उनले कहिल्यै सैनिक पोशाक लगाएनन् । हुस्सुले बाघ चाल खेल्नु हुन्न, बाघले बाख्रा घिस्याउँछ २००७ सालको राजनीतिक परिवर्तन पछि सेनाको पुनसंचनाको नाउँमा उबेलाको करिव ४५००० को सेनालाई संख्या घटाएर ९००० मा झारियो । पहिले ठूलो संख्या भयो भनेर भनियो अब मुलुकको राष्ट्रिय सुरक्षा यत्तिले गर्न सक्दैन भनेर त्यसको पुर्ताल गर्न भारतीय सेना यत्रतत्र तैनाथ गरियो । इतिहासको दुखान्त घटना मुलुकको सार्वभौमिकता माथिकै यस्तो हस्तक्षेप जसलाई पन्छाउन धेरै वर्ष कुर्नु प¥यो । भनिन्छ, जंगबहादुरकै पालामा नै नेपाल भोट युद्धको बेलामा कुनै पनि बेला खटाउन सकिने ५५००० सेना जगेडा राकिएको थियो । उसो भए यथार्थ सेनाको संख्या उ बेला यो भन्दा बढी नै थियो होला । अहिले फेरि यो या उ कुनाबाट सेनाको संख्या घटाउने चर्का स्वरहरु सुनिन थालेका छन् बुझ्न सकिन्छ ती कस्को भाषा अनुवाद गर्दै छन् । होस्ल्याङे न हुने र अरुको उलामालामा न लाग्ने हो भने होश गुमाउनु हुन्न । अँ, सेनाको आधुनिकीकरण जरुरी छ ।
