IMG-LOGO

नेपाली कुटनीति

 मंगल, सावन ९, २०८०  – मदन रेग्मी

        सन् १९८८÷८९ को घटना हो । त्यसवेला विरेन्द्र राजा थिए र मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री थिए । त्यसैवेला भारतीय सेनाले नेपाल को मानेभञ्ज्याङ कब्जा गर्यो । अब के गर्ने भन्नेमा राजा र प्रधानमन्त्री लागे । निष्कर्ष तत्कालीन  शाही सेनाको राय वुझ्न राजदरबारमा प्रधानमन्त्री र सेनापतिलाई वोलाईयो । भारतीय सेनालाई त्यहाँबाट कसरी नेपाली भूमिवाट बाहिर पठाउने बारे छलफल भयो । सेनाको सेनापति  सचित शमशेर राणाले शाही सेनाले नै भारतीय सेनालाई अतिक्रमित नेपाली भूमिवाट हटाउन सक्ने अडान लिए । प्रधान सेनापतिको प्रतिबद्ध विचारलाई राजा र प्रधानमन्त्री दुवैले सहमति जनाए । त्यहाँ प्रश्न उठ्यो हतियार बारे कहाँबाट आवश्यक  हतियार ल्याउने भन्नेवारे छलफल  भयो । घण्टौ छलफल भए पछि चीनको  हतियार अरु देश भन्दा सस्तो भएको हुनाले चीनवाट हतियार किन्ने निर्णय भयो र निर्णयलाई कार्यान्वयन गर्ने काम फटाफट सुरु भयो । चाहिने हतियारहरुको सूचि सम्वन्धित चिनियाँ निकायलाई शाही सेनाले उपलब्ध गरायो । त्यसमा विमान भेदी ९ब्लतष्( बष्चअचबात० बन्दकुहरु पनि थिए । भारतले काठमाडौमा हवाई हमला गर्दा सो हवाई जहाज खसाल्लान १० हजार फिट माथिसम्म हान्न सक्ने ब्लतष्( बष्चअचबात नगल पनि सुचिमा थियोे । चीनले नेपाललाई हतियार वेच्ने भयो । यस अनुरुप वर्षायाम भए पनि चिनियाँ जनसेनाले ठुलो कष्ट सहेर चाँहिदो हतियारहरु छोटो समयमै नेपाल लाई उपलब्ध गरायो । भारतीय सेनालाई मानेभञ्ज्याङबाट  हटाउन शाही सेनाले गर्ने भयो । यद्यपि शाही सेना भारतीय सेनालाई नेपाली भूमिवाट हटाउन सवै तयारी हुनु पूर्व नै भारतीय सेना मानेभञ्ज्याङबाट बाहिरियो । भारतीय सेना नगएको भए भारतीय सेना र शाही सेनाविच युद्व हुने थियोे । यसै सन्दर्भमा अर्को घटना पनि उल्लेख गर्न उपयुक्त होला । सन् १९९६ पहिले नेपाली सेना र चिनियाँ सेना वीच  सम्बन्ध राख्ने र नेपाली सेना र चिनियाँ सेनाको प्रमुखहरुले एक अर्काको देशमा आधिकारिक भ्रमण गर्ने सम्झौता थिएन । नेपाली सेनाका सेनापति धर्मपाल बरसिह थापा नेपालको पहिलो चीन भ्रमण गर्ने सेनापति भए । यस्तो सम्बन्ध हुनु भन्दा अगाडि सेनापति धर्मपाल बरसिह थापाले आफू चीन भ्रमणमा जाने अनुमानि राजा विरेन्द्रसँग मागे । राजाले  तिम्रो चीन भ्रमणमा जाने विषय बारे प्रधानमन्त्री गिरिजाप्रसाद को के विचार छ भनी सोधे । सेनापति थापाले प्रधानमन्त्रीले स्वीकृति दिई सक्नुभएको सुनाए र राजालाई आश्वस्त पार्न उनले भारतीय सेनाका प्रमुखहरु आफ्नै समकालीन र चिर परिचित भएको हुनाले भारतीयहरुलाई आफुले मिलाउने कुरा राजा समक्ष राखे । यसरी सेनापति थापा चीनको जनमुक्ति सेनाको प्रमुखको निमन्त्रणामा चीन जाने पहिलो नेपाली सेनाको सेनापति भए । यसरी दुई देशको सेनाको विच सम्वन्धको विस्तार हुदै गयो । याद रहोस चीन र नेपाल को सैनिक सम्बन्ध साता.ै शताब्दीको शुरुआतमा भएको थियोे । त्यसवेला कन्नौजका राजाले त्यहाँ पुगेका उच्च चिनियाँ अधिकारीहरुलाई थुनेपछि चिनियाँ पक्षको आग्रहमा सातहजार घोडचढी नेपाली सेनाले कन्नौजमा आक्रमण गरी त्यहाँका राजा अरुण स्वंयलाई अपदस्त गरी चिनियाँ सेनाको जनरल र अरु अधिकारीहरुलाई जेलवाट मुक्त गराएका थिए ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्