IMG-LOGO

पशुपति कि मानवपति

 मंगल, सावन २, २०८०  – डा बिपी बडाल

       ‘पति’ भनेको मालिक हो । हामी वास्तव मै अन्जान छौं । हामीलाई केहि थाहा छैन । तर हामी यति भ्रममा छौं कि हामीलाई सबै थाहा छ । हामी को हौ ? किन हौं ? हाम्रो जन्म किन भएको हो ? हाम्रो जिवनको उद्धेश्य के हो ? हाम्रो आयु कति छ ? भविस्यमा के हुन्छ ? केही थाहा छैन । यद्यपि लोभ, मोह, राग, द्वेष, र अहंकारले हामी चुर्लुम्म डुबेका छांै । धन सम्पत्ति कमाउन धर्म छोडेर लागेका छौं । जताततै भ्रष्टाचार छ भन्नू जताततै भ्रष्ट मान्छे छन भन्नू नै हो । यो भ्रष्टाचार के को लागि ? कति धन भए पुग्छ ? कसैलाई थाहा छैन ( खाने, खानको लागि कमाउने, जे पनि गर्ने, बच्चा जन्माउने, हुर्काउने, र मर्ने  । के यत्ति हो त जीवन ? पशु र मान्छेमा के फरक भयो त ? हामीले  मानवताको लागि मानवको जन्म लिएको हो । तर यो पशुवत समाजको मायाजालमा उत्रिनै नसक्ने गरि हामी फसेका छौँ । यी सबै भौतिक लोभ, मोह, राग, द्वेष, अन्याय अत्याचारलाई भष्म गराउने र पशुवत हाम्रो जिवनलाई सही मार्गमा डो¥याउने अर्थात् हामी सबै पशुहरुका पति– मुक्तिदाता भगवान पशुपतिनाथ हुनुहुन्छ । मानवले जन्म लिंदा मानव हुन्छु भनेर जन्म लिएको हुन्छ तर संसारीक प्रपञ्चले उ मानव बन्न सकेको हुंदैन । त्यसैले मानवलाई लोभ मोह राग द्वेष त्यागेर वास्तविक मानव बन्न प्रेरित गर्ने सम्पूर्ण हामी जस्ता अबुज अज्ञानीका पति नै भगवान पशुपतिनाथ हुनुहुन्छ ।  वाहंको जात, धर्म, वर्ण, लिङ्ग, वर्ग केही छैन । वहाँ भोलेनाथ हुनुहुन्छ । सबैका समान हुनुहुन्छ । हामीले  सुद्धमनले एक थोपा जल अर्पण गरेपनी भोलेनाथ खुशी हुनुहुन्छ । यद्यपि हामी होशियार हुनै पर्छ, भोलेनाथ रिसाउनु भयो भने सबै सुन्य हुन्छ । प्रलय हुन्छ । शिवश्व ग्रहण गरेपछि शिव मै पुगिन्छ । सुन्यमा पुगिन्छ । अन्त्य हुन्छ । जय जय नेपाल ⁄ पशुपतिनाथले हामी सबैको कल्याण गरुन ⁄

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्