IMG-LOGO

गठामुग च¥हे (घण्टाकर्ण पर्व)

 मंगल, असार २६, २०८०  – तुयुकाजी ताम्राकार

      प्रत्येक साल असार महिना तिर पर्ने गठामुग च¥हे अर्थात घण्टाकर्ण ढाल्ने र फाल्ने पर्व प्राय नेवार समुदायले सयौ वर्ष पहिले देखि मान्दै आएको एउटा अनौठो पर्व हो । नेवारहरुको बाक्लो बस्ती अर्थात शहर बजार रहेको स्थानहरु अझ खासगरी भन्ने हो भने पनौती, बनेपा, भक्तपुर, काठमाण्डौं, पाटन आदि स्थानहरुमा प्राय मान्ने गरेतापनि तरिकाहरु फरक देखिन्छ । गठामुग अर्थात घण्टाकर्णलाई मान्छे हो वा राक्षस राम्रो मानिदैन । उनले मान्छे लगायतजिवजन्तु किटपतङ्ग सवैलाई दुःख दिदै हिड्ने मात्र होइन, रगत चुस्ने मार्ने समेत गर्ने हुनाले उनी सबैका दुस्मण थिए । राम्रो कुरा कहिल्यै नसुन्ने मात्र होइन सुन्नुपर्ला भनेर कानमा घण्टा झुण्डयाएर बजाउँदै हिड्ने भएकाले  घण्टाकर्ण भनिएको भनेर भनिन्छ । घण्टाकर्ण बारे अनेक कथाहरु सुन्न पाइन्छ । खास गरि पनौतीको समाजमा गठामुग बारे सोधी खोजी  गर्ने क्रममा निम्न कथा प्रसङ्गहरु फेला प¥यो ।गठामुग अति बलियो तर वदमास, निर्दयी र क्रुर स्वभावका थिए । अरुलाई कुट्ने, पिट्ने, अपहरण गर्ने र हत्या समेत गर्दथे । त्यसो गर्ने भएकाले उसित मानिसहरु डराउँथे नजिक पर्नबाट भाग्थे लुक्थे । हत्या हिंसा नगर्न अनुरोध गर्दा उस्को कानमा बतास लाग्दैनथ्यो । उनको हिंसा प्रेमले क्रमश अरुको आलो रगत र मासु प्रिय  हुन थाले । उ राक्षस बन्न पुग्यो । उस्ले मानव मासु मात्र होइन किरा, फट्याङ्ग्रा, भ्यागुतो , चरापंक्षी जनावर जे भटियो त्यहि हजम गर्ने आदत भयो । जे भेट्टायो त्यही खाने अर्थात उ खतरनाक राक्षस बनिसकेको थियो ।     वन जङ्गल खेत पाखा घुम्दै जाँदा एकदिन उस्को भेट एउटा सुनौलो भ्यागुतोसित भयो । राक्षसको बारेमा उक्त भ्यागुटोले सबै कृुरा सुनिसकेको थियो । त्यसैले चलाक भ्यागुटोले राक्षससित “ए हजुर त एकदम शक्तिशालि हुनुहुन्छ रे हो ?” हो म बलियो मात्र होइन मारेर मासु समेत खाइदिन्छृु कसैलाई बाकी  राख्दिन भने । त्यसो भए मलाई मार्न सक्नु हृुन्छ त भ्यागुटोले सोध्यो । “तँ जस्तो जाबो एक गाँसको भ्यागुटालाई किन मार्न नसक्नु”भन्दै झोक्किए र “लौ मलाई मारेर देखाउ त” भन्दै भ्यागुटो बुद्रुक्क उफ्रेर धिपधिपे हिलो माथी बस्न पुगे । मुख बाएर ट्वारट्वार गरि राक्षसलाई जिस्काए । रिसले चुर भइसकेको राक्षस भ्यागुटा मार्न घिपघिप हिलोमा हाम फाले । राक्षसको खुट्टा हिलोमा ग्वाम्म गाडियो जति चल्यो त्यति हिलोमा भाँसिन थाल्यो । राक्षस हिलोमा फसिसकेकोले भ्यागुतोले ठुल्ठुलो स्वरले कराएर अरुलाई खवर ग¥यो । घरघरबाट निस्केर मानिसहरु त्यहाँ पुगे र नास्पाटी, आरु, भोगटे, ढुङ्गाले हानेर राक्षसलाई मारेर बसैलाई जोगाए । त्यही कारणले भ्यागुटोलाई पुजा एवं व्याचाख्वाउने चलन आज पनि चलिरहेकै छ ।     अर्को धेरै वर्ष पहिले पनौतीको उत्तरपट्टिबाट वग्ने पुण्यमाता खोला र दक्षिण  पट्टिबाट बहने रोशी खोलाको दुवै खोलाको किनारमा टोलबासीहरु मर्दा जलाउने ६ वटा मशानघाट थिए । कुनै सालमा महामारीबाट धेरै मान्छेहरु मरे । त्यही वर्षमा नै मशानबाट भुतप्रेतहरु उठेर बजारबस्तीमा डरलाग्ने विसब्दहरु निकालेर मान्छेहरुलाई तर्साउत थाले । धामीझाक्री तान्त्रिकहरुलाई देखाउँदा मशान उठेर दुख दिने गरेकोेले मशान सार्नुं पर्ने  सल्लाह दिएको रहेछ । लास जलाउने घाट बस्तीको निकै तल सारे पनि भुतको डर रहिरकोले गठामुग चन्हेको दिन मै पारेर ६ वटै मशानघाट रहेको ठाउँ नजिकै राक्षसको रुपमा गठामुग (घण्टाकर्ण) उभ्याएर टोलबासीहरु सबै मिलेर राक्षसलाई छ्वालीको मसालले हिर्काएर मारेर घिसारेर लगी खोलामा फाल्ने चलन चलाएको बताइन्छ ।     त्यस्तै गरि अर्को एक कथन पनी पाइन्छ । गर्मिको मौसम, कामको धपेडी, लामखुट्टेको टोकाइ, सरुवा रोगको भय र अभावरुपी राक्षसको गठामुग अर्थात घण्टाकर्णलाई जलाएर मार्ने र आफुलाई  भयमुक्त हुन जात्रा गरियो । उक्त दिन दुख र भयको प्रतिक राक्षस गठामुगलाई दोबाटोमा उभ्याउने र प्रत्येक घरघरबाट छ्वालीको धुवाले घरको लामखुृट्टे पनि भगाउने बाहिर निस्केर त्यहि बलेको छ्वालीको मशालले राक्षसलाई हानेर पोलेर मार्ने चलन चलाए । दुख दिने राक्षस मरेको खुसियालीमा बेलुका मासुभात खाने प्रथा नै बसाले । त्यो प्रथा आज पनि छ ।     पहिले पहिले गठामुग बनाउन टोलका केटाकेटीहरुले घरघरबाट छ्वाली माग्थे तर हिजोआज छ्वाली कसैको घरम नहुदा नगरपालिका बाट नै छ्वालीको व्यवस्थापन गरि गठामुग बनाइ यो पर्व चलाउन सहयोग गरेका छन् ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्