IMG-LOGO

कथा ः– अशिक्षित

 मंगल, असार २६, २०८०  ---

    एक मध्यम वर्गीय परिवारको एउटा छोरोले एसइइको परीक्षामा ९० प्रतिशत अंक प्राप्त ग¥यो। बुबाले मार्कशीट हेरेर खुशी हुँदै आफ्नी श्रीमतीलाई भने –खिर बनाउ आज ⁄ स्कूलको परीक्षामा तिम्रो प्यारो छोराले ९० प्रतिशत ल्याएको छ। आमा भान्साकोठाबाट दौड्दै आईन र खुशी हुँदै भनिन –खै मलाई पनि देखाउनुस न ⁄ म पनि मेरो छोराको रिजल्ट हेरौं । यसै बिच छोराको मुखबाट फ्याट्ट निस्कियो – बुबा यिनलाई रिजल्ट कहाँ देखाउँदै हुनुहुन्छ ? के यिनले यो पढ्न सक्छिन ? यिनी त अनपढ हुन् । अश्रुपूर्ण आँखालाई सारिको एक फेरोले पुछ्दै आमा खीर बनाउन भान्साकोठा गईंन् । यो सबै बुबाले हेरेर भने – हो छोरा, तैले एकदमै  सही भनिस् । तेरी आमा अनपढ छे । जब हाम्रो बिहे भएको तीन महिना भित्र नै तेरी आमा गर्भवती भएकी थिई, मैंले सोचे ( बिबाहपछि कहीँ घुम्न गएका थिएनौं । एक अर्कालाई राम्रोसँग चिनेका पनि थिएनौं । हिड,  यस पटक एबर्शन गरेर पछि जन्माउँला बच्चा ⁄ तर तेरी आमाले जोड दिएर भनिन्–  घुम्न डुल्न र एकअर्कालाई बुझ्न यो सब बिस्तारै दिन बितेसँगै क्रमैसँग हुँदै जान्छ । त्यसपछि तेरो जन्म भयो ।  ऊ अनपढ थिई । जब तँ गर्भमा थिस्, उसलाई दूध एकदमै मन पर्दैनथ्यो । उसले तँलाई स्वस्थ बनाउनको लागी नौ महीनासम्म दूध पिउँथी किनकी तेरी आमा अनपढ थिई । तँलाई बिहान ७ः०० बजे स्कूल जानु पथ्र्यो । त्यसैले बिहान ५ः०० बजे उठेर तँलाई मनपर्ने नास्ता र डिम्बा बनाउँथी, किनकी ऊ अनपढ थिई । जब तँ रातमा पढ्दा–पढ्दै निदाउथिस, ऊ आएर तेरो कापी किताब झोलामा राखीदिएर तँलाई ओछ्यानमा सुताउँथी र त्यसपछि सुत्थी । रातमा बारम्बार उठेर तँलाई सिरक ओढाउँथी, किनकी ऊ अनपढ थिई । सानै देखि तँ धेरै समय बिमार रहन्थिस् त्यतिबेला ऊ रात भर जागेर पनि बिहान चाँडै उठ्थी र काममा लाग्थी किनकी छोरा ऊ अनपढ थिई । तेरो लागी ब्रान्डेड कपडा ल्याउनको लागी मेरो पछि पर्थी र स्वयं वर्षभरी एउटै नै साडीमा रहन्थी किनकी ऊ अनपढ थिई । छोरो जो तेरो नजरमा पढे लेखेका मान्छेहरु छन्, उनीहरु सबभन्दा पहिला आफ्नो स्वार्थ र मतलब हेर्छन् । तर तेरी आमाले आज सम्म कहिल्यै हेरिनन् किनकी ऊ अनपढ हो । उसले खाना बनाएर र हामीलाई पस्कीएर दिएपछि कहिलेकांही आफैले खान नै बिर्सन्थी, त्यसैले म गर्वको साथ भन्छु – तेरी आमा अनपढ हो । यो सब बुबाको मुखबाट सुनेर छोरो रुँदै आफ्नै आमालाई अंगालो हाल्दै भन्छ ( आमा मैले त कागजमा ९० प्रतिशत अंक ल्याको हो । तर तपाईं मेरो जीवनलाई १०० प्रतिशत बनाउने वाली पहिलो शिक्षक हुनुहुन्छ । आमा म आज पनि अशिक्षित छु  र तपाईंसंग पीएचडी भन्दा पनि उच्च डिग्री छ किनकी आज मैले आफ्नी  आमा भित्र लुकेको डाक्टर, शिक्षक, वकील ड्रेस डिजान्इनर, बेस्ट कुक यी सबैको दर्शन गरें । मलाई माफ् गर्नुहोस् आमा ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्