काठमाडौका मेयर बालेन साहले २ सय सात वर्ष (सन् १८१६) अघि इष्ट इण्डिया कम्पनीसँग सुगौलीमा भएको सन्धिका कारण नेपालले गुमाएको भू-भागसमेत समेटिएको तथाकथित ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षको भित्तोमा टाँगेका छन् । उनले यो उट्पट्याङ हर्कत भारतका प्रधानमन्त्रीले नयाँ दिल्लीमा नवनिर्मित संसद भवनको एउटा भित्तोमा नेपालको केही भू-भाग समेत गाभिएको अखण्ड भारत भन्ने कल्पनालोकको भित्तेचित्र ९ःगचब०ि टाँग्न लगाएको कुरोको विरोध जनाउन गरेका हुन् भनेर बुझ्न सकिन्छ । इन्डियालाई विशुद्ध र उग्रवादी हिन्दुराष्ट्र बनाउने ॅखुल्ला-गोप्य’ एजेण्डामा काम गरिरहेको भारतीय जनता पार्टीको सरकारले अखण्ड भारत भन्ने मनोगत अवधारणा ल्याएर लगभग सबै छिमेकीहरूलाई बिच्क्याउने किसिमको जुन गलत हर्कत गरेको थियो, मेयर बालेनले कथित ग्रेटर नेपालको नक्सा टाँगेर त्यसलाई त्यस्तै बकम्फुसे ढङ्गले दोहोर्याएका छन् । बालेनले छोडेको अपथ्य राष्ट्रवादको यो तीरतुक्का निम्न कारणले आपत्तिजनक छ ः १ . बालेनले बनाएको ग्रेटर नेपालको नक्सामा समेटिएको र अहिले भारतको सरहदभित्र पर्ने भू-भाग नेपाल र भारतका बीच विवादित ल््याण्डमास होइन । सन् १८१६ देखि यो भू-भाग भारतको पूणर् अधीनमा छ । २. भारतबाट अंग्रेजी हुकुमत समाप्त भएको ७६ वर्ष भइसकेको छ । अहिले आएर नेपालको अंग्रेजहरूसँगको तत्कालीन सम्बन्ध र सन्धि आदिको दृष्टान्त देखाएर गणराज्य भारतको अविभाज्य अंग भइसकेको भू-भागमा दावी गर्नु मूर्खता बाहेक केही होइन । ३. बालेनको नक्सालाई अखण्ड भारतको भित्तेचित्रलाई दिइएको जस्तो सांस्कृतिक अवधारणाको झिनो आवरणसम्म पनि दिन सकिँदैन । यो नक्साले त बहादुर शाहका पालामा नेपालले जितेका रजौटाहरूको सबै जमिन हाम्रै हो भन्ने दावी गर्दछ जुन हास्यास्पद छ । ४. यो बालेनको अतीतजीवी मानसिकताको भद्दा प्रदर्शन हो, अपथ्य राष्ट्रवादको झुसिलो डकार हो । सबैभन्दा प्रमुख कुरो, यस्तो हर्कत काठमाडौका मेयरका लागि सुहाउँदो होइन ।
