विवादित सिमाविद वुद्विनारायन श्रेष्ठले प्रधानमन्त्री प्रचण्ड को पनि बुद्वि भुटेछन् । लिम्पियाधुरा, कालापानी र लिपुलेकको सट्टा भारतीय भूमि लिएर विवाद समाधान गर्ने विचार राखे । त्यो गर्न हुने त हैन तर हामी नेपाली यसरी नै कमजोर भएर जाने हो भने जे पनि लादिन सक्छ । प्रचण्डले बौद्धिक ब्याक्तिहरुको समूह ९भ्एन्० को कुरा उठाएको भए दिल्लीमा समकक्षीहरुसँग को वार्ताको वातावरण नै विथोलिने थियोे भनेको सुन्दा अचम्मै लाग्यौं । त्यो भ्एन् मा भारत सरकारको प्रतिनिधि पनि सम्मिलित थिए हैन र ? । त्यस समुहमा एकजना भारतीय पक्षको नेतृत्व गर्ने कोशियारी त भाजपाको उपाध्यक्ष थिए । उनी केही समयपछि महाराष्ट्रको गभर्नर पनि भए । प्राध्यापक महेन्द्र पि लामा र शिन्हा पनि उनिहरुकै मान्छे थिए । विश्वमा प्रदुषण कम गर्ने पेरिस सन्धिमा हस्ताक्षर त मोदी सरकारले पनि गरेको हो । नेपालको पहाडी क्षेत्रमा ठुलो ठुलो बाध वाधेर नेपालको पर्यावरण र मानव वस्तिहरु खतरामा पर्ने कुरामा उनिहरुलाई के को आपत्ति ? हुनत त्यस्तो बाध वाधेर भारतले ठुलै क्षति वेहोरी सकेको हो ।
