एक वर्षको अन्तरालमा विदेश अध्ययनका लागि अनुमतिपत्र लिने विद्यार्थीको संख्या १७५ प्रतिशतले बढेको छ । पछिल्लो नौ महीनामा मात्रै ८१ हजार ५०० विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमतिपत्र लिएका छन् । आखिर किन कोही स्वदेशमै पढ्न चाहँदैन ? काठमाडौं विश्वविद्यालयकी अध्यापक अमिना सिंहलाई अचेल आफ्नै विद्यार्थीको प्रश्नले झस्काउँछ । पाठ्यक्रमसँग सम्बन्धित भए त त्यो प्रश्नको जवाफ सिंह सहजै दिन्थिन् जीवनयापनसँग सम्बन्धित प्रश्नको उत्तर सरल छैन । “यो देशमा किन पढ्ने? यहाँ पढेर के हुन्छ जस्ता प्रश्न सोध्छन् जसको जवाफ मसँग छैन,” सिंह सुनाउँछिन्।् । उनका अनुसार देशको शैक्षिक अवस्थाप्रति विद्यार्थीमा नैराश्य बढ्दै गएको छ । अध्ययनका लागि विदेशिने विद्यार्थी संख्याले त्यो नैराश्य देखाउँछ । पछिल्लो नौ महीनामा (२०७९ साउन–चैत) मा ८१ हजार ५०० विद्यार्थीले पढाइका लागि विदेश जाने अनुमतिपत्र (नो अब्जेक्शन लेटर (एनओसी) लिए। जबकि २०० भन्दा बढी कलेजमा १०० जना पनि विद्यार्थी नहुँदा कलेजहरू गाभ्ने निर्णयमा विश्वविद्यालय अनुदान आयोग पुगेको छ । विश्वविद्यालय अनुदान आयोगका निर्देशक केदारप्रसाद आचार्यका अनुसार १०० भन्दा कम विद्यार्थी भएका सामुदायिक कलेज गाभ्ने र आङ्गिक कलेजको हकमा न्यून विद्यार्थी भएका कार्यक्रम समेत गाभ्न मापदण्ड बनाएर अवधारणा पत्र तयार गरिसकिएको छ । ११ विश्वविद्यालयका १५० आङ्गिक कलेज, ५३७ सामुदायिक कलेज र ७७३ सम्बन्धन प्राप्त निजी गरी कुल एक हजार ४४० कलेजको समस्या नै ‘विद्यार्थी अभाव’ भएको छ । दुई कारणले कलेजहरू गाभ्ने निर्णयमा अनुदान आयोग पुगेको बताउँछन्, निर्देशक आचार्य। पहिलो, जथाभावी सम्बन्धन दिएर कलेजको संख्या मात्रै बढाउँदा अहिले आएर विद्यार्थी कै अभाव भएको छ । दोस्रो, पढ्नकै लागि विदेश जाने विद्यार्थीको संख्या बढिरहेको छ । पछिल्लो एक वर्षको तथ्याङ्कले अध्ययनका लागि विदेशिने क्रम बढिरहेको देखाउँछ । आर्थिक वर्ष २०७७ र ७८ मा ४४ हजार विद्यार्थीले अनुमतिपत्र लिएका थिए भने २०७८र७९ मा एक लाख २१ हजार विद्यार्थीले अनुमतिपत्र लिए । एक वर्षमा १७५ प्रतिशतले वृद्धि भएको हो । यति धेरै विद्यार्थी किन देशबाहिर गएर पढ्न चाहन्छन् त ? सजिलै पाउने जवाफ हो, नेपालको शैक्षिक गुणस्तर कमजोर भएकाले । शिक्षाविद् अमिना सिंह समाजका बहुआयामिक पक्षको भूमिका भएको ठान्छिन् “विश्वव्यापीकरणको समयमा नेपाली विद्यार्थी अन्यत्र गएर पढ्नुलाई सकारात्मक नै लिनुपर्छ,” सिंह भन्छिन्, “तर, पढ्ने मात्र उद्देश्यले भन्दा पनि नेपालमा पढेपछि बजारमा आफ्नो सीप नबिक्ने स्थितिले विदेश जाने गरेका छन् जसबारे चिन्तन गर्नुपर्छ ।” पछिल्लो नौ महीनामा (२०७९ साउन–चैत) मा ८१ हजार ५०० विद्यार्थीले पढाइका लागि विदेश जाने अनुमतिपत्र (नो अब्जेक्शन लेटर एनओसी) लिए । जबकि २०० भन्दा बढी कलेजमा १०० जना पनि विद्यार्थी नहुँदा कलेजहरू गाभ्ने निर्णयमा विश्वविद्यालय अनुदान आयोग पुगेको छ । विश्वविद्यालय अनुदान आयोगका निर्देशक केदारप्रसाद आचार्यका अनुसार १०० भन्दा कम विद्यार्थी भएका सामुदायिक कलेज गाभ्ने र आङ्गिक कलेजको हकमा न्यून विद्यार्थी भएका कार्यक्रम समेत गाभ्न मापदण्ड बनाएर अवधारणा पत्र तयार गरिसकिएको छ । ११ विश्वविद्यालयका १५० आङ्गिक कलेज, ५३७ सामुदायिक कलेज र ७७३ सम्बन्धन प्राप्त निजी गरी कुल एक हजार ४४० कलेजको समस्या नै ‘विद्यार्थी अभाव’ भएको छ । दुई कारणले कलेजहरू गाभ्ने निर्णयमा अनुदान आयोग पुगेको बताउँछन्, निर्देशक आचार्य । पहिलो, जथाभावी सम्बन्धन दिएर कलेजको संख्या मात्रै बढाउँदा अहिले आएर विद्यार्थीकै अभाव भएको छ। दोस्रो, पढ्नकै लागि विदेश जाने विद्यार्थीको संख्या बढिरहेको छ । पछिलल्लो एक वर्षको तथ्याङ्कले अध्ययनका लागि विदेशिने क्रम बढिरहेको देखाउँछ । आर्थिक वर्ष २०७७ र ७८ मा ४४ हजार विद्यार्थीले अनुमतिपत्र लिएका थिए भने २०७८ र ७९ मा एक लाख २१ हजार विद्यार्थीले अनुमतिपत्र लिए। एक वर्षमा १७५ प्रतिशतले वृद्धि भएको हो । यति धेरै विद्यार्थी किन देशबाहिर गएर पढ्न चाहन्छन् त? सजिलै पाउने जवाफ हो, नेपालको शैक्षिक गुणस्तर कमजोर भएकाले । शिक्षाविद् अमिना सिंह समाजका बहुआयामिक पक्षको भूमिका भएको ठान्छिन्। “विश्वव्यापीकरणको समयमा नेपाली विद्यार्थी अन्यत्र गएर पढ्नुलाई सकारात्मक नै लिनुपर्छ,” सिंह भन्छिन्, “तर, पढ्ने मात्र उद्देश्यले भन्दा पनि नेपालमा पढेपछि बजारमा आफ्नो सीप नबिक्ने स्थितिले विदेश जाने गरेका छन् जसबारे चिन्तन गर्नुपर्छ ।” संरचनागत सुधार नहुँदासम्म विद्यार्थी बाहिरिनेछन् – अमिना सिंह, शिक्षाविद् विद्यार्थीको आवरणमा अन्य कारणले देश छाड्ने बढिरहेका छन्।् । त्यसैले युवाले देश किन छाड्छन् भन्ने प्रश्नबाट बहस थाल्नुपर्ने देख्छु । मेरा विद्यार्थीले मलाई नेपालमा किन बस्ने? यहाँ पढेर के हुन्छ भनेर सोध्छन् । उनीहरूमा अति धेरै निराशा देख्छु । शिक्षा क्षेत्रमा गरिने केही सुधारले मात्र त्यो निराशाको समाधान हुँदैन। दीर्घकालीन योजना चाहिन्छ । राजनीतिक स्थिरता पनि चाहिन्छ । त्योभन्दा पनि महत्वपूर्ण अर्थ–राजनीतिक पक्ष हो । नेपालमा रोजगार बजार न्यून छ । केही टेक कम्पनी र ब्यांकलाई नै उद्योग मानिएको छ । बृहत रूपमा संरचनागत परिवर्तन नभएसम्म विद्यार्थी बाहिरिरहने छन् । ठूल्ठूला राजनीतिक परिवर्तन भए, तर युवा जनशक्ति रोक्ने स्थिति राज्यले बनाउन सकेन । उच्च शिक्षाको गुणस्तर सुधार गरेर मात्र विद्यार्थी रोकिनेवाला छैनन्।् क्षमतावान् पनि अवसर नपाएकाले विदेशिएका हुन् । यहाँ मानव स्रोतको प्रक्षेपण नै छैन । अबको १० वर्षका लागि हामीसँग विकासका योजना होलान्, तर त्यसका लागि आवश्यक मानवस्रोत कस्तो हो ? कति हो? हामीलाई थाहा छैन । अहिलेसम्म त्यस्तो अध्ययन नै भएको छैन । विश्वविद्यालयले पनि भविष्यको आंकलन गरेर नभई वर्तमानमा जुन विषयको बजार छ, त्यही पढाइरहेको छ । पछिल््लो १० वर्षमा विद्यार्थी बाहिरिने क्रम बढ्नुको अर्काे कारण विश्वव्यापीकरण पनि हो । मानव स्रोतलाई पूँजीका रूपमा लिने हो भने जहाँ लगानी हुन्छ, त्यहाँ स्थानान्तरण हुनु स्वाभाविक हो । शिक्षा प्रणालीका बेथितिले विद्यार्थी विदेशिएका छन् – देवेन्द्र उप्रेती, अनुसन्धाता पहिला स्नातकोत्तर गरेपछि विदेश पढ्न जाने चलन बढी थियो। अचेल भने कक्षा १२ पढी सक्दानसक्दै खासगरी उच्च वर्गका विद्यार्थीले अस्ट्रेलिया, क्यानडा, अमेरिका जाने योजना बनाइसकेका हुन्छन्।् यहाँ चार वर्ष अध्ययन गर्दा चारदेखि १५ लाखसम्म खर्च भएको हुन्छ । त्यसपछि पनि भविष्य अन्योल नै हुने देखेपछि परिवारले त्यही रकममा केही थपेर सन्तान बाहिर पठाइरहेका छन् । विदेशमा पढ्दापढ्दै वा पढिसक्नासाथ जागीर पाउने सम्भावना बढी देखेपछि पछिल्लो समय अभिभावक पनि लोभिएका छन् । अमेरिका र अस्ट्रेलियाका विश्वविद्यालयमा छोराछोरी पढिरहेछन् भन्दा र त्रिभुवन विश्वविद्यालयमै पढ्दै छन् भन्दा अभिभावकले फरक पाउँछन् । त्यसैले पनि उनीहरूले नेपालमा पढेर पनि केही हुँदैन भन्ने मानसिकता बनाएका छन्। देशको वातावरणले यस्तो प्रभाव पारेको हो । २५ लाखसम्म खर्च गरेर अस्ट्रेलिया जान्छन् भनिए पनि त्यहाँ जाने विद्यार्थीले पढ्दापढ्दै काम गरेर त्यति नै कमाइसकेका हुन्छन् । फेरि वैदेशिक अध्ययनमा जानु गलत पनि होइन । त्यसरी विदेश जाँदा नेपाली विद्यार्थीको पहुँच विभिन्न देश र अन्तर्राष्ट्रिय संघसंस्थामा बढ्छ । त्यससँगै बाहिर पढेर आउनेले सीप पनि सिक्छन् । तर, नेपालमा नै पढ्न चाहने विद्यार्थीलाई यहाँको शैक्षिक प्रणालीले रुष्ट बनाएको छ । हाम्रो परीक्षा प्रणाली र नतीजाको प्रक्रिया नै व्यवस्थित छैन । चार वर्षको कोर्स सक्न ६ देखि सात वर्षसम्म लगाउने त कहिले परीक्षाको तालिका प्रकाशन गर्न एक वर्ष नै लगाइन्छ । सँगसँगै एउटै तहमा भर्ना भएकामध्ये विदेशमा पढेकाले पढाइ सकेर आउँदा यहाँ परीक्षाको टुङ्गो नै हुँदैन । यस्तो अव्यवस्थाले पनि विद्यार्थीलाई बाहिरै गएर पढ्न प्रेरित गरेको छ । राम्रो कमाइले लोभ्याएको छ विद्यार्थीलाई – अच्युत वाग्ले रजिस्ट्रार, काठमाडौं विश्वविद्यालय इन्जिनीयरिङ, व्यवस्थापन, कम्प्युटर र कृषि विज्ञान विषयको तुलनामा गणित, भौतिकशास्त्र, रसायनशास्त्र जस्ता विज्ञानका परम्परागत विषयमा पढ्ने विद्यार्थीको संख्या नेपालमा जस्तै विकसित देशमा पनि घटिरहेको छ। त्यसैले विद्यार्थी घटेकै कारणले चिन्तित हुनुपर्ने थिएन। तर, विषयान्तरले भन्दा पनि अध्ययनका कारण विदेशिने क्रम बढेकाले चिन्तित हुनुपरेको हो । नेपाली समाज नै विदेशमा बढ्दै गएकाले पनि यसरी बाहिरिने संख्या बढेको हो। पछिल्ला वर्षमा आफू विदेशमा स्थापित भइसकेपछि आफन्तलाई पनि बोलाउने प्रचलन बढेको छ । अर्कातर्फ नेपालमा शिक्षापछि रोजगारीको सम्भावना देखिएन । त्यसमाथि पढेपछि म यहीं केही गर्न सक्छु भन्ने सुनिश्चितता शिक्षाले दिएन । एकैखालको सीप हुँदा नेपालमा पाउने तलब र विदेशमा पाउने तलबको भिन्नताले पनि विद्यार्थी विदेशिएका छन् । हामीले नै उत्पादन गरेका कम्प्युटर इन्जिनीयर थप कुनै शिक्षा नलिए पनि विदेशमा गएर कमाउने र यहाँ कमाउनेमा धेरै फरक छ । –हिमाल खबरबाट
