IMG-LOGO

राजनीति प्रति जनताको वितिष्णा

 मंगल, जेठ २, २०८०  – डा. रवीन्द्र पाण्डे

      देश चरम आर्थिक मन्दीको चपेटामा फस्दैछ । सरकारले पेन्सन र बृद्ध भत्ता समेत दिन सकेको छैन ।  ब्यापार÷ब्यबसाय सुनसान छ । यो मन्दीबाट देशलाई बचाउन नसकेमा आर्थिक बिद्रोह हुनसक्छ । हामीले नसोंचेको मानवीय तथा राजनैतिक संकट आउन सक्छ । सरकार, सबै पार्टी, बैंकिंग क्षेत्र, ब्यबसायी, अर्थविदहरू आदि बसेर ३ महिना, ६ महिना र एक बर्षको कार्ययोजना निर्माण गरौँ !       राजनीतिप्रति जनताको बितृष्णा जागेको छ । दलप्रति जनताको भरोसा टुटेको छ । यस्तो बेला सत्ताको खेल बन्द गरौँ ! जति पनि काण्ड छन्, लाई अनुसन्धान गरेर भ्रष्ट्राचार गरेको रकम राजस्वमा राख्ने हो भने देश आर्थिक रुपमा शक्तिशाली हुन्छ । कृषि तथा पशुपंक्षी पालनमा युवालाई आकर्षित नगर्ने हो भने हामीले खाध्य संकट समेत बेहोर्नु पर्ने दिन टाढा छैन । हामी स्वावलम्बी बन्ने तथा बैंकिंग क्षेत्र बाहिरको पैसा प्रणालीमा ल्याउने हो भने सम्भावित दुर्घटनाबाट बच्न सक्छौं । एकपटक बजार घुमेर हेर्नुहोस् त आदरणीय काण्डगण ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्