IMG-LOGO

राज्य संचालनमा पोपहरुको सक्रियता

 मंगल, बैशाख १२, २०८०  – देवप्रकाश त्रिपाठी

        वास्तवमा निजी सम्पत्ति उन्मूलन र साम्यवाद स्थापनाको विचार यो जगत्मा पहिलोपटक क्रिष्चियनहरूबाट उत्पन्न भएको हो । जिसस क्राइष्टको सूत्रहरूमा आधारित भएर साम्यवाद स्थापनाको परिकल्पना जुन गरियो त्यसलाई क्रिष्चियन कम्युनिज्म भन्ने गरिन्छ । युरोपमा क्रिष्चियनहरूद्वारा पाचौँ शताब्दीमा गरिएको मज्दाक (ःब्श्म्ब्प्) आन्दोलनलाई साम्यवादमुखी आन्दोलन भनिन्थ्यो । डिगर्श (म्क्ष्न्न्भ्च्क्) नामले चिनिने प्युरिटन धार्मिक समूहले इङ्ग्ल्याण्डमा (सत्रौँ शताब्दीमा) निजी सम्पत्ती राख्न पाइने मान्यताविरूद्ध आन्दोलन चलाएको थियो, यो आन्दोलनलाई पनि साम्यवादउन्मुख मानिन्थ्यो । मार्क्सले उन्नाइसौँ शताब्दीमा साम्यवाद र साम्यवादी पार्टीको घोषणापत्र जारी गर्नुभन्दा धेरै अघिदेखि नै इसाईहरूले साम्यवादउन्मुख विभिन्न अभियानहरू चलाउँदै आएका हुन् । त्यसैले क्रिष्चियनमाथि सङ्कट आइपर्दा कम्युनिष्टहरूले मैत्रीपूर्ण सहयोग पु¥याउने र कम्युनिष्ट सङ्कटमा परेका बेला क्रिष्चियनहरूले निर्वाध सहयोग पुरÞ्याउने गरेको दृष्टान्त सर्वत्र भेटिन्छ । कम्युनिष्टहरू धर्म मान्दैनन् भन्ने विश्वास गरिन्छ, उनीहरू औपचारिक रूपमा धर्मको वकालत पनि गर्दैनन् । तर, जहाँ कम्युनिष्ट बलिया हुन्छन् त्यहाँ क्रिष्चियनहरू संरक्षित (प्रोटेक्टेड) हुन्छन् र, कम्युनिष्टहरू सङ्कटमा परेका बेला पनि क्रिष्चियनहरूले तिनलाई दिल खोलेर सहयोग पु¥याएका अनेक दृष्टान्त भेटिन्छन् ।       सोभियत सङ्घ विघटनसँगै त्यहाँ कम्युनिष्टहरूको ब्यवस्थापन एउटा गम्भीर चुनौतीका रूपमा देखापरेको थियो । त्यसबेला भ्याटिकनसिटीले सोभियत सङ्घमा कम्युनिष्ट ब्यवस्थापनको कार्य कुशलतापूर्वक सम्पन्न गरेको हो । नेपाललगायत अनेकौँ विपन्न मुलुकमा कम्युनिष्टकै छहारीमा क्रिष्चियनहरू हुर्की–बढिरहेका छन् । मार्क्सले धर्मलाई अफिमको संज्ञा दिएका थिए, युरोपमा चर्च र पोपहरू राजा र राजनीतिमाथि हाबी हुन्थे र, राज्य सञ्चालन प्रक्रियामा पोपहरूको सहभागिता अभेद्य हस्तक्षेपकारीको हुने गर्दथ्यो । त्यसैले राज्यलाई धर्मबाट अलग गर्न धर्मनिरपेक्षताको अवधारणा अघिसारिएको थियो भन्न सकिन्छ । हो, पछिल्लो समयमा यही धर्मनिरपेक्षताको प्रयोग त्यहाँ हुने गरेको छ जहाँ भिन्न धर्म–संस्कृतिको बाहुल्य रहेको छ । नेपालमा सनातनी हिन्दु तथा बौद्ध र किरात सभ्यता र संस्कृति नास गर्न धर्मनिरपेक्षताको सहारा लिइएको छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्