IMG-LOGO

केही प्रश्न

 मंगल, बैशाख ५, २०८०  – देवप्रकाश त्रिपाठी

  १) अशिक्षित या कम शिक्षित पृथ्वीनारायण शाह, जङ्गबहादुर राणा र राजा महेन्द्रले हार्वर्ड, स्ट्याण्फोर्ड या अक्स्फोर्ड युनिवर्सिटीमा पढेर देश बनाउने र, देशलाई माया गर्ने ज्ञान प्राप्त गरेका थिएनन ! बीपी, पुष्पलाल र तुल्सी गिरीले आआफ्नै प्रकारले परिवर्तनको जुन विचार अबलम्बन गरे, त्यो अक्स्फोर्ड, हार्वर्ड या स्ट्याण्फोर्ड युनिवर्सिटीको करामत थिएन ! २)  विश्वविद्यालय जतिसुकै प्रशिद्ध भएपनि तिनले दिने ज्ञान तिनको आफ्नै  अवधारणा र राष्ट्रिय स्वार्थ अनुरुप हुनेगर्छ । नेपाल र नेपालीलाई बुझ्ने र बुझाउने दृष्टि समेत उनिहरूले तय गरे बमोजिम बन्नेगर्छ। आफ्नो  आखाले आफ्नै देश समेत हेर्न नसक्ने गरि तिनले चस्मा भिराएर पठाएका स्कलरहरू यहाँ “सेलिब्रेटी विद्वान“  बनेका हुन्छन । (यसको मतलव ती विश्वविद्यालयमा पढ्नै नहुने भन्ने होइन, म आफैले पनि स्ट्याण्फोर्ड र बोस्टन युनिभर्सिटीमा त्यहाँका प्रोफेसरहरूबाट खास विषयमा कक्षा लिने मौका पाएको थिएँ) ३) पहिले नेपाल नबन्नुको कारण अनपढ या कमपढ नेता भएकोले हो भन्ने प्रचारबाजी खुब गराइयो, त्यसपछि विभिन्न आकारप्रकारका सम्भावित झिल्केहरूलाई धमाधम लैजादै नामका अगाडी “डा“ झुण्ड्याउदै पठाउदै गर्न थालिएको छ । शासन प्रशासनमा तिनैलाई निर्णायक बनाएर राख्ने र काम पट्याउने गरिदैछ ! ४) यदी पढेलेखेका मानिसबाट मात्र राम्रो हुने र देश बन्ने भैदिएको भए कर्मचारी प्रशासनबाट सबैभन्दा राम्रो कार्य– परिणाम आउनुपर्ने थियो, कार्य व्यवहार पनि उनिहरूकै उत्कृष्ट हुनुपथ्र्याे ! किनकि कर्मचारी प्रशासनमा सबै मानिस शिक्षित मात्र हुने गर्दछन, शिक्षित बाहेक अन्यलाई कर्मचारी प्रशासनमा प्रबेश निषेध छ । वास्तवमा देश बनाउन तीन तत्वको न्यूनतम आवश्यकता पर्दोरहेछ (क) इमानदारी (ख) दुरदर्शिता र  (ग) देशभक्ति भाव । यी तीन तत्व बिनाका मानिस जतिसुकै विद्वान भएपनि देशका निम्ति बिना अर्थका हुन्छन भन्ने मलाई लागेको छ। (असहमत हुन पाइन्छ, भिन्न मतको उच्च सम्मान गर्दछु)  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्