IMG-LOGO

नववैश्वीक धु्रविकरण र सन्तुलनमाः अन्तर्राष्ट्रिय सँगठनहरुको

 मंगल, चैत १४, २०७९  – डिल्लीराज जोशी

        अहिले विश्व व्यवस्थामा क्षेत्रीय, महादेशीय, अर्थ भूगोल सुरक्षासँग जोडिएका बहुराष्ट्रिय संगठनहरु र विश्व्यवस्थालाई जोड्ने साझा उद्देश्यमा अधारित संयुक्त राष्ट्रसंघ जस्ता संगठनहरु विद्यामान छन् । अक्टुबर २४ , १९४५ मा स्तापित सँयुक्त राष्ट्र संघलाई सैद्धान्तिक र लिखतरुपमा  अन्तराष्ट्रिय पद्यति संचालनगर्ने कृयाशिल साझा संगठनको रुपमा हेरिन्छ । सँयुक्त राष्ट्रसंघ लगायत  युरोपियन युनियन, आसियान , सार्क, बिमष्टेक, इस्टर्न इकोनोमिक फोरम, आइपिएस, क्वाट, जी२०  आदि ईत्यादि सँघ संगठनहरुको उपस्थिति छ । यी मध्य कतिपय  संठनहरु रुग्ण कमजोर निर्णय नै गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् भने केही तथस्थता, निश्पक्षता, समानहितमा काम गर्न चाहिरहेका सकिरहेका छैनन्् । इराक, अफगान, कुबेत, भेनेजुयला, सिरिया, ताइवान लगायत देशमाथिको  पश्चिमा हस्तक्षप उक्साहट र आकर्मणमा युएनको भूमिका समेत पक्षपातपूर्ण र शाक्तिराष्ट्रको भक्तिभजनमा समर्पित रहदै आएको छ  ।        अमेरिकी समेत पश्चिमा  शक्तिराष्ट्रको हित र चाकरीमा सँलग्न केही सँगठनहरु स्वंयमको अकर्मण्यताले र रुस चीन इरान उत्तरकोरिया लगायत राष्ट्रको शक्ति उदयले निष्किृय छन् । सार्क सकिएकै अवस्थामा छ, युरोपियन युनियन तिनको सैन्य सँगठन न्याटो इराक अफगास्तिान युक्रेन युद्धसम्म आइपुग्दा  छिन्नभिन्नको दिशामा छ । अन्यसँगठनहरु समेत नयावैशिक शक्ति सन्तुलनको विद्यामान अवस्थामा नयाढँगबाट गठित हुने प्रकृयामा अभ्यासरत छन् । विश्वमा नयाँ शक्ति सन्तुलन सँगै नयाँ सँगठनहरु निर्माण हुने क्रम तिब्रछ, यी पुराना सँगठनहरुको नैतिक न्यायिक निश्पक्षता सहित जिम्मेवारी अनौपचारिक हिसाबले समाप्त भैसकेकोछ र छिट्टै औपचारिक हिसाबले सान्दर्भिकता समाप्त हुने दिशामा अगाडीबढीरहेको तथ्यहरुले बताउछन् ।       युएनओ लिग अफ नेसनको ठिम्याहा छोरा यसको डि,एन,ए जाँच्न बुझ्न राष्ट्रसंघको चर्चागर्नु सान्दर्भिक हुनेछ । प्रथम विश्वयुद्ध पछि (लिगअफनेसन) राष्ट्र संघ (१९२०–१९४५)मा शान्ति स्थापनागर्न, युद्धरोक्न, देशहरुविच आपसी समजदारी कायम गर्न, साझा नियम कानुन पालन, विवादको सामाधान, निशस्त्रिकरण,अन्तर्राष्ट्रिय सहयोग विकासगर्न, सन्धि दर्ता र कार्यान्वयन गर्ने उद्देश्यहरु परिपाल नगर्न स्थापना भएको थियो । उपरोक्त उद्देश्य  पुरा गर्ने मुख्य कार्यभार सम्भालेको लिग अफनेसन अन्तर्राष्ट्रिय पद्यतिलाई सँचालनका नाममा शक्तिराष्ट्रको राजनीतिक अखाडा र खेलौनाबन्दै उद्देश्यबाट च्युतभयो । १९२३ मा इटलीले ग्रिसको कफ्र्यूव्दिप माथि आकमर्णगर्दा बलियो इटलीको पक्षलियो,१९३१ मा जापानले मन्चुरियामाथि आक्रमर्ण गर्दा साम्राज्यबादी जापानको पक्ष लियो  बृटिस, जर्मन, इटली, फ्रान्स, जापान, पोर्चुगल लगायत साम्राज्यवादी देशहरुको चाकरी गरि रह्यो ।       उसले नत युद्ध रोक्नसक्यो, न कमजोर राष्ट्रलाई सहयोगगर्न नै सक्यो नत निशस्त्रिकरणलाई लागु र प्रोत्साहन गर्न सक्यो । शक्तिराष्ट्रले हतियार बनाउने भण्डारण गर्ने र कमजोर र प्राकृतिक साधनस्रोत भएका देशलाई उपनिबेश बनाउने क्रम तिब्र रुपमा बढायो  लिग अफ नेसन रमिते र सहयोगी बनेर आफ्नो घोषित उदेश्य र कार्यमा अडिक हुन सकेन परिणामतः पतन भयो र दोस्रो विश्वयुद्ध भएरै छोड्यो ।       लिग अफ नेसनको तत्कालीन भूमिका र अबस्थाको अध्ययन र तथ्यहरुले वर्तमानमा युएन सम्बन्धमा पनि घोत्लिएर सोच्नपर्ने अवस्था सृजना गरिदिएको छ । जसरी विश्वशक्ति सन्तुलन र पश्चिमाहरुको युद्धप्रेमले आज युएनको अबस्था छवी र क्षेमता दिन प्रतिदिन स्खलित हुदैगएको छ त्यसरी नै यसको बिघटनको प्रकृया पनि तिब्ररुपमा अगाडी बढीरहेको प्रराष्ट्रका जानकारहरुको दावी छ ।       युएनको प्रस्थापनाको मुलअँसमा “ हामी सँयुक्त राष्ट्रका मानिसहरु कृत सँकल्पित छौ की भावी पिढीलाई युद्धको विभिषिकाबाट बचाउने छौ ,जुन युद्धले हाम्रो जीवनकालमा मानव जाति माथि अकल्पनीय यातना र विध्वँस मचाएको थियो, मूलभूत मानव अधिकारहरुमा, मानव इज्जत र महत्वमा , सानाठूला राष्ट्र महिला तथा पुरुषहरुलाई समान अधिकार पुनःकायम गरिने छ । ” उल्लेख गरिएकोछ । साथै अन्तर्राष्ट्रिय शान्तिसुरक्षाको स्थापना गर्नु, निशस्त्रीकरण,राष्ट्रहरुबीच मैत्रीपूर्ण सम्बन्धको विकास,आर्थिक सामाजिक, साँस्कृतिक एवं मानवीय प्राकृतिक अन्तर्राष्ट्रिय समस्याको सामाधान,समान सदस्यताका लागि एककेन्द्रको रुपमा कामगर्ने युएनका उद्देश्यहरु रहेका छन् ।       आफै रक्षक आफै भक्षक भनेजस्तै युएन कमजोर देश जनता र क्षेत्रको पक्षमा कहिलै उभिएको देखिदैन सधै युद्धउन्मादमा रहेका देशहरुकै मतियारभएको देखिन्छ । युद्धबाट बचाउनेहैन कि युद्ध थप्दै बढाउदै बिस्तार गर्दै लग्ने उसको धाउन्न देखिन्छ । कुवेत, इराक, इरान, अफगान, सिरिया, युक्रेन, प्यालिस्टाइन, भेनेजुयला, कोरियामहादिप, अफ्रिकी मुलुक लगायत देश र क्षेत्रमा अमेरिका सहित पश्चिमा शक्तिको अन्यायपूर्ण घुसपैठ उक्साहट हस्तक्षेप र बढ्दो आकर्मणका विच युएन प्रभावहिन छ त्यसैले “युद्ध छ र त्यँहा युएन छ, युएन छ र त त्यँहा युद्धछ” भन्ने भाष्य निर्माण भएको छ । विश्वमा  आणविक हतियार  निर्माण, भण्डारण र परीक्षणको प्रतिष्प्रधा तिब्रभइरहँदा समेत युएन मुक दर्शक भएर हेरिरहनुलाई शुभ संकेत मानिदैन । जसरी लिग अफ नेसन असफल भयो र दोस्रो विश्वयुद्ध अपरिहार्य भयो त्यसैगरी युएनको कार्यभूमिकाले अर्को युद्धको विज्यारोपण र उसको पतनको सम्भाबनालाई नकार्न   सकिदैन  ।       कुबेतमा, इराकमा अफगानिस्तानमा उ रमिते बन्यो, सिरिया, भेन्यजुयलामा भुमिका नै देखाएन, युक्रेनमा त्यस्तै छ, शक्तिराष्ट्रको ताबेदारीमा तल्लिन देखिन्छ । युरोप शक्तिमारहेको बेला त्यहि प्रसँगमा ७८ वर्षअघी स्थापना भएको यूएन अहिले युरोपका देशहरु कमजोर भैसकेका र युरोप बाहिर आर्थिक रुपमा सम्पन्न आणविक शक्तिदेशहरु तयार भैसकेको बर्तमान शक्ति धु्रविकणको पृष्ठभूमिमा यसको औचित्य, आबस्यकता र सान्दर्भिकतामा प्रश्नहरु तेर्सिए कै छन् ।        युएन कामगर्नसक्ने अबस्थामा अब छैन, पक्षपाति छ रुस युक्रेन युद्धमा कामगर्न सकिरहेको छैन,इरान सिरिया, जर्जिया लिविया,अफ्रिका, एसियामा त्यस्तै छ ।  साम्राज्यबादीहरुको हित रक्षामा संलग्नता सकृयता देखिन्छ, अफ्रिका लगायत विभिन्न देशहरुमा पैसा र हतियार दिएर विद्रोह गराइरहेका अमेरिकी एवं युरोपिएन देशहरुका लागि बिद्रोहीहरुलाई संरक्षण गर्न शान्तिसेना लगायत विभिन्न आर्थिक भौतिक सहयोग गर्ने गरीव राष्ट्र«को अखण्डता स्वाभिमान र राष्ट्रियतालाई कमजोर पार्ने तथा पश्चिमाको सेवागर्ने भूमिकामा देखिदै आयको कारण दुनियाँको विश्वास उठ्दै गएको छ । उसका अरु माथि उल्लेखित शान्ति ,निशस्त्रिकरण,सुरक्षा, भातृत्व जस्ता शैद्धान्तिक कार्य र त्यसअनुसारको व्यवहार भूत्ते भैसकेको विश्व घटनाहरुबाट छर्लङ्गछ । अब क्षेत्रीय युद्धहरु जसरी मडारिदैछन् त्यसमा उसको चरित्र थप उदाँग हुनेनै छ ।       जस्तो इन्डोनेसियाको बैठकमा सार्वभौमिकताको रक्षागर्न रुसले युक्रेनबाट  सेना फिर्ता गर्नपर्छ सम्म अष्पष्ट भाषामा बक्तव्य मार्फत भन्न सकेको जि२० का देशहरुले  दिल्लीको  मन्त्रीस्तरीय बैठक सम्म आउँदा मतभिन्नताका विच कुनै लिखत वक्तब्य समेत निकाल्न सकेन । अहिले युक्रेनयुद्धमा नाँगो र कामै नलाग्ने  भूमिकामा युएन छ युद्ध लम्बिदै जाँदा थप सिन्यारियोहरु देखिदै जानेछन । पुटिनमाथि आइसकिेको  युद्धअपराधको मुद्दा र यसका परिणाम भविष्यले बताउने नै छ । चीनले आइसिसिको यो निर्णय अस्विकार गरिसकेको छ । इराक भेनेजुयला  अफगान प्यालिस्टाइनमा गरिएको युद्धअपराधमा (अस्पताल विद्यालय माथि बमबारी गरी बृद्ध महिला र बच्चाको हत्या गर्ने तत् तत् युद्धअपराधिमाथि अन्तर्राष्ट्रिय अदालतले किन मुद्दा लगाएन रु निर्दोष जता सबै देशको उस्तै हैनर रु  उत्तरको उत्तरदिन पर्छ कि पर्दैन ।       अहिले विश्व युक्रेन युद्धले पश्चिमा र गैरपश्चिमामा, पक्ष  बिपक्षमा र तटस्थतामा  बाँडिएकोछ  दुई वा बहु ध्रु्रर्बमा बिभक्त छ,  नयासँगठन गठबन्धन र मोर्चाहरु निर्माण हँुदैछन्,नयाँ सैन्य आर्थिक समन्वयात्मक सम्बन्धहरु बन्दैछन्  र पूर्ववत् संगठनहरु निस्प्रभावि असान्दर्भिक हँुदै गएका छन् । भरखरै चीनले जीडिआइ र जीएसआइ दुईवटा योजना विश्वसमक्ष बहस र समर्थनका लागि प्रस्तुत गरि सकेको छ र ब्यापक धु्रविकरणको ढोका खोली दिएकोे छ जसमा एसिया ल्याटिन अमेरिका अफ्रिका तथा केहि युरोपका देशहरु समेत सहभागि भैरहेका छन । १९९०को दशकभन्दा विश्व धेरैअगाडी पुगिसकेको छ,  रुस र चीनको विचमा नयाँ सम्बन्धहरु निर्माण हँुदैछन् । दक्षिण अफ्रिका,चीन रुसको सँयुक्त सैन्य अभ्यास भैरहेको छ, सार्क आसियानभन्दा बिमिस्टेक सकृय देखिन्छ । यता भारत चीन र अरवियन देशहरु युक्रेन युद्धमा तटस्थ छन् । हुन्डुरसले ताइवानचीनकै भएका ेदाबि गरेको छ । अर्कोतिर युएनले  पश्चिमा खासगरी अमेरिकाको आग्रहमा उसलाई मन नपर्ने देशहरुको बिरोध र खेदो खन्नु पर्ने भएको छ । विश्वस्तरमा आर्थिक होस ,महामारी होस्, प्राकृतिकप्रकोप वा वाताबरणीय मञ्चहरु हुन् अमेरिकीहरुले   देशहरु विच मत विभाजन गराउनै पर्ने कारणले विश्वसंगठनहरु भ्रमित छन् ।       १९८२ को लडाईपछि अर्जेन्टिना र बृटिसका बिचमा विवादमा रहेको फकल्याल्ड २०१६ मा आएर माछा मार्ने (ब्यापार), यातायात, र सुरक्षा आदि जस्ता दवाब यथाबत रहेको अवस्थामा जी२० को दिल्ली बैठकमा अर्जेन्टिनाले त्यसलाई एक तर्फी रद्द गरिदिएको छ त्यसैगरी फ्रान्सको उपनिबेस रहदंै आएको मालीले  २०२३ मार्च १ का दिन सुरक्षा परिषदमा त्यहाँ रहदै आएका फ्रान्सेली कर्मचारी (पेन होल्डर) फिर्तागर्ने निर्णय र बुर्किनाफासो र माली लगाएत अफ्रिकी देशबाट सैनिक फिर्ता गर्दैछन्  । गहँु निर्यात गर्ने सम्झौतामा विबाद छ र रुसी सामान गरीब देशमा जान रोक लगाइएको छ जथाभावि नाकाबन्दी थुपारिएको छ, सुरक्षा परिषदको विशेषाधिकार (भिटो पावर) औचित्यहिन भैसकेको छ, यी र यस्ता तमाम घटनाहरुले अन्तर्राष्ट्रिय पद्यतिलाई खलबल्याई दिएको छ ।       अमेरिकामा  सन २००८ पछि युक्रेन युद्धकाक्रममा फेरी २०२३मा ठूलो आर्थिक सँकट देखापरेको छ, उसका दुई ठूला बैंक सिटिकन भ्याली बैंक र ,सिग्नेचर बैंक  टाट पल्टिसकेका छन् र ६ वटा अरु बैंक दिवालिया हुने क्रममा छन् । वाइडेनले समस्याको जवाफ दिन चाहेनन्, यसघटनाले अमेरिकी शासकको नक्कली आर्थिक दम्भलाई दुनियाले बुझ्नेगरी सतहमा ल्याई पु¥याएको छ । यो घटनाले उ थप छटपटिनेछ र छिटै  मल्टिकेन्द्रमा युद्धहरु थोपर्ने छ, त्यतिबेला पनि युएनको भूमिका हेर्नलाएक नै हुनेछ ।       अहिले एसिया अशान्त छ, अफ्रिका ल्याटिन अमेरिका सबै अशान्त छ , युरोप र अमेरिका सँगठनात्मक राजनीतिक हिसाबले छिन्नभिन्न, आर्थिकरुपमा बिक्षिप्त छ ।  राजनीतिक सामाजिक तथा साँस्कृतिक रुपमा विश्व पश्चिमा र गैरपश्चिमामा एवं आर्थिक र सुरक्षाका दृष्टिले पुराना र नयाँ उदयमान शक्तिमा विभक्त हँुदैछ, नयाँ शक्ति सन्तुलन र धु्रविकरणको क्रममा छ । आणविक जैविक हतियारको होडबाजी, क्षेप्यास्त्र मिसाइलहरुको परीक्षण आदी घटना र परिघटनाको तिब्र विस्तारले युएन लगाएत पुराना शक्ति ,संगठन र संरचनाहरु ध्वंस पतन् र नयाँशक्ति संस्था र संरचनाहरुको पुनःर्निमाणको क्रम अगाडि बढीरहेको छ । यस्तो परिस्थितिमा जटिल भू–राजनीतिक अवस्थामा रहेको नेपालले समय रहदैँ राजनीतिक कुटनीतिक आर्थिक र सुरक्षा सम्बन्धि नीति समयमै सुनिश्चित गर्नु बेस हुन्छ ताकि पछि पछुताउने समय पनि मिल्छ मिल्दैन थाहा छैन ।     

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्