जीणर्-शीणर् खंडहर झैं घर रोग र व्याधी गन्ध र फोहर भोका नांगा जनता जर्जर देखेसम्मन् वास असुन्दर ।। मर्न मलाई डर लाग्छ ।। रुढी-बूढी अन्ध विचार द्वेषी भाव र मारामार क्रन्दन पीडा असत्य चाल नगएसम्मन् यस्तो हाल ।। मर्न मलाई डर लाग्छ ।। शान्ति र सुखको बनेर बास नयाँ जमाना, नयाँ प्रकाश उन्नत सपना सुन्दर आश नभए सम्मन् ’पूणर् विकाश’ ।। मर्न मलाई डर लाग्छ ।।
