IMG-LOGO

रक्तचन्दन वन

 मंगल, असोज २५, २०७९  हर्षनारायण कर्माचार्य, चण्डेश्वरी

      नेपालको भू-वनोट भू-भागको विचार गर्दा वनले ओगटेका क्षेत्र धेरै छन् । लगभग नेपालमा ३०,००० भन्दा बढी बनहरु छन् । ती वनहरुलाई भिन्ना भिन्नै नामले चिन्ने गर्दछन् । नेपालका वनहरुको वर्गिकरणमा धार्मिक वन पनि पर्दछन् । यही धार्मिक वनको परिधिमा बनेपाको चण्डेश्वरी वन पर्दछ । यस वनलाई “रक्तचन्दन’ वन पनि भन्दछन् । यस चण्डेश्वरी रक्तचन्दन वनको बारे यस लेखमा २/४ खण्ड लेख्न चाहन्छु । बनेपा नगरपालिका अहिले आएर क्षेत्र विभाजनमा वृहत भएको छ । पहिले यो बनेपा नगरपालिका निकै सानो, निश्चित क्षेत्र मात्र थियो । नगरपालिकाहरु र गाउँपालिकाहरुको हेरफेरमा अदलवदलमा यसलाई वढी ठूलो बनाउन साँगा नाला, आशापुरी सम्म र रविओपीका केही वडाहरु गाँसीनाले यसको आकार ठूलो भएको छ । चण्डे.श्वरी वन यस बनेपा न.पा.को वडा नं ५/६ मा पर्दछ । यसको क्षेत्रफल १८०० (एक हजार आठ सय ) रोपनी भन्दा बढीमा उत्तर दक्षिण लम्वाइ र पूर्व पश्चिम चौडामा फैलिएको छ । यस वन बनेपा नगरपालिका वडा नं ५ र ६ मा छ त्यसैले यस वनको संरक्षकहरु पनि यिनै वडावासीहरु हुन । यस वनको ओरीपरीका गाउँहरु, वस्तीहरु चण्डेश्वरी रविओपी, कुत्ताल, खत्रीगाउँ, वुडोल हुन । यिनै गाउँ बस्तिहरुका यस वनका संरक्षक श्री चण्डेश्वरी वन उपभोक्ता समितिले यस वनको संरक्षण गरेका छन् । यस वन समितिले यसको संरक्षणको लागि वन नियम पनि वनाई सोही अनुसार कार्यान्वयन गरेका छन् ।        वर्षको एक दुई पटक, सर्वसाधारणलाई वन पस्न पतकर सोर्न दिने गर्दछन् । झरेका सुकेका मात्र लिन पाइन्छ । काँचो स्याउला, रुखका हाँगा कुनै काट्न भाच्न भने मनाइ गरेका छन् ।  पतकर सोर्न दिए वापत धान, गहुँ, कोदो अन्न उठाउने गरी वनपालेलाई तलब स्वरुप हुन्थे । यसरी अन्न उठाउने (प्रथा) कार्य इन्द्रवहादुर थापाको वनपाले कार्यकाल भरी नै चलेको थियो । दैविक प्रकोप परी घर भत्केमा, आगलागि भएका उसलाई सहयोग स्वरुप वन समितिको रेखदेखमा आवश्यक थाम, निदाल, धुरीको लागि वनबाट रुख काटी दिने पनि गर्दथे । कसैको धार्मिक कार्य सप्ताह जस्तो कार्यमा सुकेका रुख काटी दाउरा सहयोग समेत गरिन्थ्यो । तर यस वनमा अचाक्लि गरी रुख काटेर दुःख दिएमा उसको घरमा वन समितिका व्यक्तिहरु गई आवश्यक जरीवाना सजाँय समेत गर्ने यस वन समितिको नियम छ । अझ पहिले पहिले वनपालेलेरुख काट्ने व्यक्ति भेटाएमा चण्डेश्वरीमा लगि जात्रा गर्ने देउटा राख्ने मन्दिरको चिसो छिडिमा थुनेर पछि फेरी नआउने कवुलमा छोडि दिन्थे ।        हाल २०६९ साल देखि ३ जना वन पालेहरुलाई वनको रेखदेखको जिम्मा छ । यस वनलाई जोगाउन अतिनै आवश्यक छ । त्यसैले बनेपा न.पा.बाट काँढेतारबार लगाई यस वनको चारै तर्फ आवश्यक काँढेतार बार लगाएमा ३ जना वनपालेबाट घटाई २ जना मात्र पाले राख्न सकिन्छ । साथै वनबाट खानेपानीको मुहान पनि अवश्य बढ्ने छन् । यस वनमा पहलिे वनपालेसँग वन डुल्न भनि जादा वाघको विस्ति  थुप्रो थुप्रो भेटीन्थे र बाघको डर हुन्थ्यो । गउँका गाई, बाख्रा बाघले खाएको खवर हल्ला सुन्नमा आउथ्यो । अहिले यस वनमा जनवारहरुमा मृग, वदेल, खरायो, मलसाँप्रो, वनविरालो देखिन्छ कहिले काहीभने चितुवा पनि आई गाउँमा दुःख दिएको सुनिन्छ । चरापंछीमा चिल, गिद्ध, ढुकुर, चिबे,काग, मैना , लामपुच्छ्रे, कालिज आदि पाइन्छ । सालक पनि पाइन्छ । रुखको जातमा सल्ला, चिलाउने, कटुस, जामुन, फलाँट, खरी, अंगेरी र अन्य रुखहर पाइन्छ ।        यस चण्डेश्वरी वनमा सबैले भाव भक्तिसाथ मान्दै पुज्दै आएका वनको उत्तरतर्फ गंगादेवी,  दक्षिण तर्फ गोसाइकुण्ड महादेव,चण्डेश्वरी पारी वनमा गुँ गणेश, वार्षिक रुपमा मेला लाग्ने जसीगः महादेव, जलेश्वर महादेव पनि भनिन्छ । चण्डेश्वरी घाट, मुर्दा दाह संस्कार गर्ने मसान घाट माथि वनको शिरमा तामाङहरुको मसान घाट आदि छन् । भोटेहरुको मुर्दा दाहसंस्कार गर्ने भोटे च्याहान हाले निवर्तमान भएको मेयर लक्ष्मी नरसीं बादेको कार्यकालमा योजना अनुरुप सम्पन्न हुन हुन लागेको चण्डेश्वरी देखि गोसाँइ स्थान सम्मको १६०० सिंढीमा आवश्यक संरक्षण र प्रवेश शुल्कको व्यवस्था गर्न अतिनै आवश्यक देखिन्छ । यस वनबाट पहिले देखि खानेपानमा चण्डेश्वरी ढुंगेधारा, चडेश्वरी २ धारा । त्यस्तै शिरमेमोरियल अस्पतालमा लगि राखेको खानेपानी पछि पुनः खानेपानी योजनामा बनेपा न.पा. बाट घोकेचउर भिमसेन स्थान होलमा लगेको छ । अन्य साना साना १/२ इन्चका पाइपबाट सयौँको घरघरमा खानेपानी लगिएको छ । हाल वडा नं ६ ले पनि डिपवोरिङ गरी खानेपानी योजना गरेको छ । जनचेतनाको वृद्धि र शिक्षाको उपजले गर्दा हाल यस वन संरक्षणको लागि भनि ३ जना वनपालेहरु छन्् । पहिले यसवनको चारै तर्फका व्यक्तिहरुको घरघरमा गाइ, भैसी, भेडा, बाख्रा पाल्थे । त्यसैले पतकर, स्याउला, दाउराको लागि वनमा चोरी गरिन्थ्यो अहिले त्यो चोरी काममा निक्कै कमी आएको छ । हलिे वस्तु पाल्ने काम मात्र छन् । दाउराको सट्टामा ग्याँसले खाना पकाउने गर्छन । गाई वस्तु पाल्न छोडी नोकरी तर्फ लाग्छन्, विदेशमा जान्छन्, व्यापार गर्छन्, खेती किसान काम कम मात्र गर्छन । त्यसैले वनको रुखहरु मज्जाले बढेको फस्टाएको देखिन्छ ।        यस वनको पालेहरुको लागि वार्षिक आर्थिक सहयोग बनेपा नगरपालिका बाट ५४ हजार, घोकेचउर भिमसेन स्थान खानेपानीबा वार्षिक १८ हजार र शिरमेमोरियलबाट वार्षिक ३६ हजार गरी जम्मा १ लाख ८ हजार प्रदान गरिएको छ । २०७८ चैत्र बाट केही रकम थप सहयोग भएको र शिरमेमोरीयल अस्तालबाट २०७९ श्रावणबाट आर्थिक सहयोग केही थप गर्ने आश्वासन पाइएको छ । त्यहि थप सहयोग पाएर २०७९ श्रावण महिना देखि वनपालेहरुको पारीश्रमिकमा पनि पढाइदिने श्री चण्डेश्वरी वन उपभोक्ता समितिले निणर्य गरिएको छ ।        

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्