IMG-LOGO

महाभारत युद्धको एक कारण द्रौपदी

 मंगल, माघ १३, २०७७  आर एल श्रमजीवी 

महाभारत युद्धका धेरै कारणहरु छन् ती कारणहरु मध्ये एक कारण हो द्रौपदी । द्रौपदी हिन्दु धर्मको प्रमुख ग्रन्थ महाभारतकी मुख्य पात्र हुन् । पाञ्चाल राज्यका राजा द्रुपदकी छोरी भएको हुनाले द्रौपदीलाई पाञ्चाली पनि भनिन्थ्यो । पान्डु पुत्र पाँच भाइ पाण्डवहरूसँग उनको विवाह भएको थियो । द्रौपदीको वास्तविक नाम कृष्णा थियो । द्रौपदीलाई हिन्दू धर्ममा पञ्चकन्याको रूपमा गणना गरिएको छ । युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवकी पत्नि हुन् द्रौपदीका भाइ धृष्टद्युम्न, शिखण्डी हुन भने सन्तानहरुमा प्रतिविंध्य, सुतसोम, श्रुतकीर्ती, शतानीक र श्रुतकर्मा हुन् । महाभारता पात्र द्रोणाचार्य धनुर्विद्यामा निकै निपुण थिए । धनुर्विद्यामा निपुण भएपनि उनी साधु जीवन बिताइरहेका थिए । एक दिन उनका बालक छोरा द्रोणी अथवा अश्वत्थामाले आफ्ना आमा बाबुसँग दूध खाने भनेर ढिपी गर्न थाले । साधु जीवन बिताइरहेका दौर्णाचार्यसँग दूध दिने गाई थिएनन् । त्यसैले उनले आफ्नो छोरालाई पानीमा चामलको पिठो घोलेर लौ बाबु यो नै दूध हो भनेर खान दिए । त्यो खाएपछी बालक अश्वत्थामा आफ्ना साथीहरूसँग मैले बढिया दूध खाएँ साथी हो भनेर कुरा गर्न थाले । आफ्नो छोराले यस्तो भनेको सुनी बेइज्जत भयो भन्ने सोचेर दौर्णाचार्य निकै चिन्तित भए । पाञ्चाल देशका राजा द्रुपद र दोर्णाचार्य बाल्य कालका मित्र थिए । उनीहरूले एकै गुरुकहाँ गएर धनुर्विद्या सिखेका थिए । त्यै भएर दौर्णाचार्यले राजा द्रुपद कहाँ गएर आफ्नो लागि बस्ने ठाउँ मागे । तर राजा द्रौपदले राज्य र धनको घमण्ड देखाउँदै दौर्णाचार्यलाई “भिखारी भएर राजाको राज्यमा बस्ने ठाउँ खोज्न लाज मान्दैनौ”द भनेर लज्जित गरे । यो सुनेर दोर्णाचार्य निरास हुँदै फर्के । त्यसपछी दोर्णाचार्य हस्तिनापूरमा गएर कौरव र पाण्डवहरूलाई धनुर्विद्या सिखाउन थाले । जब दौर्णाचार्य हस्तिनापुर पुगे त्यो बेला कौरव र पाण्डव भकुण्डो खेल्दै थिए । दौर्णाचार्य उभिएर राजकुमारहरूले भकुण्डो खेलेको हेर्दै थिए अकस्मात भकुण्डो पानीको तलाउमा खस्यो । भकुण्डो पानीबाट निकाल्न कौरव र पाण्डवले धेरै कोशिस गरे तर निकाल्न सकेनन् । यो देखेर गुरु दौर्णाचार्यले एक बाण तलाउमा हानेर भकुण्डो तलाउबाट बाहिर निकाले । यो खबर राजकुमारहरूले भीष्म पिताम्महलाई भने । भिष्मले दौर्णचार्यलाई राज दरबारमा बोलाएर परिचय गरे । दौर्णाचार्यले भिष्म पिताम्महलाई आफ्नो समस्या बताए । भिष्म पिताम्मले दौर्णाचार्यलाई आफ्नो राज्यमा बस्ने ठाउँ दिएर कौरव र पाण्डवलाई धनुर्विद्या सिकाउन लगाए । कौरव र पाण्डवहरू धनुर्विद्यामा निपुण भएपछि दौर्णाचार्यलाई गुरु दक्षिणा के दिउँ भनेर सोधे । दौर्णाचार्यले राजा द्रुपदलाई बाँधेर मेरो शरणमा ल्याउ भनेर गुरु दक्षिणा मागे । यो सुनेपछि पाँच भाइ पाण्डवहरू गएर द्रुपदसँग लडाईं गरी बाँधेर ल्याए । यसरी शरणमा आएपछी दौर्णाचार्यले द्रुपदलाई “अब त मलाई मान्छौ की ? “ भनेर सोधे । द्रुपद लाचार भएर दोर्णाचार्यको पाउमा परे । त्यसपछि दौर्णाचार्यले द्रुपदलाई फर्काए । फर्केर पाञ्चाल गएपछि राजा द्रुपदले दौर्णाचार्यलाई मार्ने पुत्र पाउँ भनेर ठुलो यज्ञ गर्न थाले । यज्ञको समाप्तीमा यज्ञाग्नीबाट एक छोरा र एक छोरी निस्किए । द्रुपदले छोराको नाम धृष्टद्युम्न राखे भने छोरीको नाम कृष्णा राखे । तिनै कृष्णालाई द्रौपदी पनि भनिन्छ  । द्रौपदीका पाँच गल्ती द्रौपदीको जीवन र चरित्र बुझ्न  धेरै गाह्रो छ । केवल कृष्णले तिनीहरूलाई बुझ्न सक्थ े। द्रौपदी श्री कृष्णको साथी थिइन । भनिन्छ केवल एक मित्रले मात्र  मित्रलाई बुझ्न सक्दछ ।  द्रौपदीका पाँच गल्तीहरू जसको कारणले महाभारतको सम्पूर्ण कथा नै परिवर्तन भएको भनिन्छ । यदि द्रौपदीले यी गल्तीहरू गरेकी थिइनन् भने महाभारत फरक हुने थियो । १. स्वंयम्वरमा कर्णको अपमान  द्रौपदी कर्णलाई  चाहान्थिन , तर कर्ण सुतपुत्र  भनेर थाहा पाए पछि उनको मन परिवर्तन भयो  । पहिलो कुरा यो कि कर्णलाई स्वंयंवर प्रतिस्पर्धामा भाग लिने अनुमति थिएन र दोस्रो उनले कर्णको नराम्रो अपमान गरिन । यदि उनले त्यसो नगरेको भए नतीजा फरक हुने थियो । यद्यपि द्रौपदीका बुबाले द्रोणाचार्यको मृत्युको वाचा बाँधेका थिए र अर्जुनले बाहेक उनको हत्या गर्न सकेनन्, त्यसैले उनी आफ्नी छोरीको अर्जुनसँग बिहे गराउन द्रौपद राजा चाहन्थे ।  २. पाण्डवको  पत्नि बन्न स्वीकार     अर्जुनले स्वयंवरको प्रतिस्पर्धा जितेका थिए तर यदि द्रौपदीले कुनै पनि अवस्थामा पाँच पाण्डवहरुको पत्नि बन्न स्वीकार गरिन । यदि अर्जुनकै मात्र पत्नी हुन्थिन् भने इतिहास अर्कै हुने थियो । द्रौपदीले कुन्तीको आदेशमा वा युधिष्ठिर र वेद व्यासजी पछि स्वंयवर पछि पाँच जनाको विवाह गर्न स्वीकार गरेकी थिइन् ।  दुर्योधनको अपमानः      द्रौपदीले इन्द्रप्रस्थमा युधिष्ठिरको राज्याभिषेकको समयमा दुर्योधनलाई भनेका थिए, ‘अन्धाको छोरापनि अन्धा रहेछ’ भन्दा दुर्योधनको मुटुमा एउटा तीर लागे जस्तो भयो । यही कारण हो कि दुक्किदामा शकुनीसँगै पाण्डवहरूले द्रौपदीलाई खम्बामा राख्न राजी भए । यो खेल वा जुवा खेल्ने खेलमा द्रौपदी मनाइएको महाभारतको युद्धको भूमिका लेखिएको थियो । . युद्धका लागि प्रेरणा दिनेः      उनको मृत्यु पछि द्रौपदीले पाण्डवहरुलाई भने कि यदि तपाईले दुर्योधन र उनका भाइहरुलाई मेरो अपमानको बदला लिनु भएन भने तपाईलाई श्राप दिइन्छ । द्रौपदीले पाण्डवहरूलाई भने कि दुर्योधनको रगतले मैले ननुहाए सम्म मेरो कपाल खुल्ला हुनेछ । त्यस समयमा द्रौपदीले रितु स्नान गरेकी थिइनन्। यस्तो अवस्थामा भीमले कसम खाई कि दुर्योधनको जांघ भाँच्न सक्छु र उसको रगतमा दुखको छाती पीडा दिन्छु । चीरहरनको समयमा कर्णले द्रौपदीलाई बचाउनुको सट्टा भने, ‘पाँच जना पतिसँग बस्न सक्ने महिलालाई कस्तो सम्मान ?’यस कुराले द्रौपदीलाई चोट पु¥यायो र उनले हर समय अर्जुनलाई कर्णको बिरूद्ध लड्न प्रोत्साहित गरे ।  जयद्रथको नराम्रो आँखाः  जुवामा सबै गुमाए पछि, पाण्डवहरूले निर्वासनको सजाय भोग्नुपर्दा दुर्योधनका दास बन्ने मात्र होईन  मात्र होईन द्रौपदीको चीरहरण भएको  थियो ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्