IMG-LOGO

के कर्ण जन्मनु कुन्तीको दोष थियो ?

 मंगल, असोज २०, २०७७  आर . एल . श्रमजीवी

महाभारत कथामा कर्णको जन्मको प्रसंग बडो रोचकको छ । १३ बर्ष कै उमेरमा कुन्तीले कर्णलाई जन्माएको कुरा कथामा उल्लेख छ । कसरी त्यो घटना घट्न गयो ? जुन घटनाका कारण मानव समाज कर्णको महिमा गर्छ र कुन्तीलाई दोष दिन्छ ? के साँच्चै त्यो घटना घट्नुको पछाडी कुन्तीको गल्ती नै थियो त ? उनलाई त्यो कसुरको जिम्मेवार ठहराउनु ठीक छ त ? आउनुहोस् एकैछिन त्यसको अध्ययन गरौं । हिन्दु धर्मशास्त्रका अनुसार ४ बर्ष सम्मको बच्चा निर्दोष हुन्छ । उसलाई सजाय दिन मिल्दैन र यदि कुनै बच्चा १० देखि १२ वर्षको उमेरमा गल्ती गर्छ भने, उसको गल्तीले बाबुआमालाई सजाय दिइन्छ, बच्चालाई होइन । अपराधीलाई १२ वर्ष भन्दा माथि उमेरकाका अपराधको लागि सजाय दिइनु पर्दछ भन्ने मान्यता छ । महाभारतमा लेखिएको कुन्ती र सूर्यको बीचमा भएको अद्भुत संवादको बारेमा पढ्दा थाहा हुन्छ, किन कुन्तीलाई यस्तो भयो ? उनी कसरी कुमारी आमा बनिन् ? उनी त्यो उमेरमा आमा बनिन् जुन उमेरमा उनमा मासिक धर्म पनि शुरु भएको थिएन । उनले कसरी आफ्नो गर्भ लुकाइन् र सूर्यले कुन्तीसँग किन यस्तो अनैतिक काम गरे ? के सूर्य र एउटी महिलाको समागम संभव छ ? महाभारत वेदव्यासको अनुपम कल्पना मात्रै हो कि यो यथार्थ हो ? महाभारत कथामा उल्लेख भए अनुसार जब रिसाहा ऋषि दुर्वासा महाराज शूरसेनको दरबारमा पुगे, तब महाराज शूरसेनको सद्गुणी कुन्तीलाई ऋषिको सेवामा खटाए । बुबाको आदेश बमोजिम कुन्तीले उनको राम्रोसँग सेवा गरिन् । उनको सेवा देखेर ऋषि दुर्वासा खुशी भएर कुन्तीलाई केही कुरा माग भने, तर कुन्तीले माग्ने कुरा अस्वीकार गरिन् । तब दुर्वासाले बलपूर्वक उनलाई वशिकरण मन्त्र दिए, जुन मन्त्रका शब्दहरूको विधी पूर्वक उच्चारण मात्रले पनि देवतालाई वशमा ल्याउन सकिन्थ्यो । एक दिन कुन्ती, आफ्नो सयन कक्षमा एक्लै बसिरहेकी थिइन्, उनी दुर्वासा ऋषिले दिएको वरदानको बारेमा सोचिरहेकी थिइन् । मन्त्र साँच्चै हो कि होईन सोच्दै उनले सूर्य देवतिर हेरिन्, मनमा कौतुहलता थियो, त्यसैले कुन्तीले सूर्यलाई हेर्दै मन्त्रको उच्चारण गरिन् । मन्त्रको प्रभावले आकाशमा उदाएका सूर्य देवरूप धारण गरी तुरुन्तै कुन्तीसामु देखा परे र कुन्तीले आफूलाई बोलाउनुको कारण सोधे । कुन्तीले सहजै छोरा पाउनको लागि बोलाएको भनेर सूर्यको अनुहार हेर्दै अन्जानमै बोलिन् । वार्तालापको सन्दर्भमा सूर्यले कुन्तीलाई सोधे, “यो उमेरमा किन छोरा चाहियो ?” सूर्यको प्रश्नले कुन्ती झसङ्ग भइन् र उनले कौतुहलता पूर्वक मात्रै मन्त्र उच्चारण गरेकी थिइन् । मनमनैले सोचिन्, ’ अविवाहित अवस्थामा बच्चा जन्माए समाजले अपराध ठान्छ । ’ त्यसैले उनले सूर्यलाई फिर्ता जान भनिन् तर सूर्य अटल थिए । किनकि दुर्वासा ऋषिको वरदानका झूठो बनाउने सामथ्र्य उनीसँग थिएन त्यसैले उनले कुन्तीलाई छोरा नदिई आफू नजाने अडान लिए । उनको अवस्था देखेर कुन्तीले सूर्यलाई आफूमा मासिक धर्म नभएको र बच्चै भएको कारण यस्तो अवस्थामा छोरा जन्माउन कसरी सम्भव छ सोधिन् । कुन्तीको कुरा सुनेर सूर्यले कुन्तीको नाभी छोए । उनी तुरुन्त मासिक धर्म भयो । त्यसपछि सूर्य नाभिबाट कुन्तीको गर्भमा छिरे र मन्त्रको प्रभावले उनको गर्भमा आफ्नो छोरा (कर्ण) को स्थापना गरेर उनी तुरुन्तै बाहिर निस्किए । दुर्वासा ऋषिको मन्त्रको मान राखेर जाँदै गर्दा सूर्यले कुन्तीलाई उनको कुमारीत्व कर्णको जन्मले विचलित (केही फरक) हुने छैन र उनी पवित्र नै रहने छिन् । कुन्तीले आफूले अनाहकमा मन्त्र उच्चारण गरेकोमा सूर्यसँग माफी मागिन् र गल्तीको नतिजा के हुन्छ सोधिन् । तब सूर्यले भने कि उनीबाट कुनै गल्ती भएको छैन । हामी देवताहरूको बीचमा प्रतिस्पर्धा हुँदै आएको छ कसरी पृथ्वीको क्षत्रीयलाई स्वर्गमा लान सकिन्छ त्यसैले मैले कर्णको निर्माण गर्न पहल गरें ( उनले क्षत्रीयहरूलाई नाश गर्ने छन् ) र अरू देवताहरूले पनि यो काममा सघाउने छन् । जब कुन्ती गर्भवती बनिन्, उनले कसैलाई पनि यो कुरा भन्न सकिनन् । निर्लज्ज भएर यस्तो कुरा भन्न उनी कसरी सक्थिन् र त्यसैले उनले यो कुरालाई लुकाइन् । समय पुगेपछि उनको गर्भबाट कवच र कुण्डल धारण गरेर एउटा सुन्दर बालकले जन्म लियो । कुन्तीले उक्त बालकलाई मन्जुषामा सुरक्षाका साथ राखिन् र राती कसैले थाहा नपाउने गरि बच्चालाई गंगामा लगेर बगाइ दिईन् । बालक गंगाको एकपट्टिको धारबाट बहन थाल्यो । धृतराष्ट्रका सारथी अधिरथ त्यस बखत आफ्नो घडामा पानी भर्दै थिए । उनको आँखा मन्जुषामा पर्यो र मन्जुषामा भएको शिशुलाई उनले हातले उठाए । निःसन्तान अधिरथले सो बच्चालाई आफ्नो घरमा लिएर गए । अधिरथको पत्नीको नाम राधा थियो । राधाले उक्त बालकलाई आफ्नै छोरा माने । उक्त बालकको कान सुन्दर थियो त्यसैले उनीहरुले उक्त बालकको नाम कर्ण राखे । अधिरथ राजाका नोकर भएका कारण नोकरको छोरा भएको हुनाले कर्णलाई ’सुतपुत्र’ भनियो र राधाले उनलाई हुर्काएको हुनाले ’राधेय’ पनि भनियो । यस्तो अवस्थामा अब तँपाईं हामीले विचार गर्नु पर्दछ कि कुन्तीको दोष के थियो त ? कि ऋषि दुर्वासा मार्फत देवताहरूद्वारा गरिएको योजनाबद्ध षडयन्त्र मात्र थियो ? अर्को स्पष्ट पार्नु पर्ने कुरा के हो भने कुन्तीले कर्णलाई मार्न पाण्डवहरूलाई कहिले पनि भनिनन् । तर उनले कर्णलाई युद्धबाट भड्काउन कृष्णको साहरा लिइन् । कृष्णले कर्णलाई पाण्डवसँग मिल्न अनुरोध गरे । कर्ण कुन्तीपुत्र भएको भेद खोली दिए । यो भेदले कर्ण साह्रै मर्महत भए । उनले भने कि यो युद्धमा कुन्तीका दुई बलवान छोरा कर्ण र अर्जुन मध्ये एउटा मात्र बाँच्नेछ किनकी उनले आफैंले अर्जुनलाई युद्धमा मार्न दुर्योधनलाई वचन दिएका थिए । कर्णले जब आफु कुन्ती पुत्र भएको थाहा पाए तब उनले अर्जुनसँग युद्ध गर्न चाहेनन् र उनलाई मार्न पनि चाहेनन् । यदि कुन्तीले युधिष्ठरलाई कर्णको सत्यता बताएको भए महाभारतको युद्ध हुने थिएन किनकि युधिष्ठिर धर्मात्मा थिए र उनले कर्ण आफ्नो दाजु हो भन्ने थाहा पाएका भए कर्णलाई राजसिंहासनमा बसाउँथे । दानी कर्ण दुर्योधनको मित्रताले अन्धा भएकाले आफुले पाएको सिंहासन दुर्योधनलाइ दिन्थे होलान् के कर्ण जन्मनु कुन्तीको दोष थियो ?  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्