हे स्वामी मैले सबै सामथ्र्य खन्याउँछु तिम्रा दिव्य पाउहरूमा ! बगेको छ मेरो खोपडीमा पसिनाको बाढी बगाएको छ स्वाभिमानका गैरी खेतहरू भत्काएको छ आत्मसम्मानका पहराहरू खुइल्याएको छ सिर्जनाका नव्य लहराहरू म लुलिएको छु अस्तिपञ्जर भएको छ रबर म थोरै नुग्नै सक्दिन म सक्दिन धनुषरूपमा अडिन बाङ्गिन्छु म पुरै ३६०डिग्री मेरो मस्तक लेकका भोका जुका झै घरी चेप्रिएर मौका पाउना साथै भैंसीका ढाडमा टेकिएर बन्दछु तिनै जुकाहरूको भिन्न स्वरूपमा गोमनका टाउका जस्तै गुमाइसकेको छु स्थिर शिर मस्तिष्कका राता र ताता नशाहरू उतिबेलै भइहाल्छन् चिसा र काला म रबडका तन्तु जोडेर बनेको दिमागले सोच्दछु स्वामी ! मालिकका पदपक्षालनमा म गर्मीमा आत्तिएको मोटो हात्तीले जस्तै सूँड र जिब्राले म निरन्तर बगाइरहन्छु ¥यालका नदीहरू तब सम्म बगाइरहन्छु जब सम्म चिसा चट्टानले च्यात्तिएका स्वामीका पाउहरू हुदैनन् स्निग्ध सुन्दर र रूपौला सुकुमार र यौवना स्वामी म निरन्तर जन्माइरहन्छु ¥यालनद ! म जान्दिन बीऊ छरेर बाली उमार्ने कथा आँकुरा फुटाएर मञ्जुल झुलाउने कथा चिन्दिन फूलका बास्ना बोकेर लैजाने वसन्त हरिया स्याखु ओढेर गर्भिणी बनेकी धर्तीमा म कहिल्यै अन्वेषण गर्दिन जीवनको सबै मधुमासहरू सृजनका सबै बीजहरू सौन्दर्यका सबै प्रतिमानहरू क्वैलीका वासन्ती सुसेलीहरू नदीका कल्कल संगीतहरू नवयुवाका पहरा फोर्ने जाँगरहरू पाउँदछु स्वामीका पदमा मस्तक टेकाउँदा म गौरव गर्छु गणेश बन्नेमा विश्वास गर्दिन कुमारको निरर्थक यात्रामा ! मेरो सम्पूर्ण सिद्धि उद्धार र अभयका विधाता तिमी हौ स्वामी म निरन्तर घसीरहनेछु तिम्रा शरीरमा ठेकीका तेल नुगाइरहनेछि मस्तक तिम्रा चरणमा म सूत्रधारण गर्छु तिम्रा चुँडिएका कपालहरूको मलाई यो सौभाग्य मिलिरहोस् म चाहन्छु हुन तिमीमा एकाकार स्वामी मलाई पाउ बक्सियोस् म झर्नाले पहराको पदपक्षालन गरे सरी निरन्तर धोइरहने छु निरन्तर यहाँका सुकोमल पदहरूको गरिरहनछु चुम्बन किनकी म चाहन्छु बन्न चरणचुम्बक ।