क दिन एउटी राम्री तरुनी हुने गर्थिन् एउटी तेजस्वी सुन्दर ग्रह उनी कति धेरै प्यारी थिइन् भने धूमकेतुहरू उनको पछि पागल थिए हरेक रात उल्कापिण्डहरू जिस्काउने गर्थे सुदूर आकाशगङ्गाहरू स्वामित्वको दाबीसाथ लालसाको आँखाले हेर्नेगर्थे उनलाई बिहे गर्न ताराहरू आपसमा लड्ने गर्थे र एलियनहरू अपहरण गर्ने व्यर्थ प्रयास गर्थे उनी अहिले दिनदिनै बूढ़ी हुँदैछिन् सुख्खा हुँदै जाँदैछिन् सुस्त हुँदै जाँदैछिन् अब मर्न मर्न लागेकी छन् अचेत भएकी छन् भोक र तिर्खाको युगमा उनलाई एउटा पागल ताराले बलात्कार गरेको थियो अक्सिजन पानी अमाइनो एसिड जी – व न घामका उड़ाउपुत्रहरू आज अवैध मातृग्रहको रगत चुस्दै निर्वाणको खोजीमा चलाक हुँदै डुल्दैछन् आँसु बगाउँदिनन् न त ठूलो स्वरले रुन्छिन् उनलाई भोक छैन तिर्खा पनि लाग्दैन उनले पाउनलाई केही छैन उनी दिन्छिन् मात्र दिन्छिन् आफ्नो सबै सबैथोक आफ्नो पहेंलो शरीरबाट निकाल्दै अझै पनि दिन्छिन् उड़ाउपुत्रहरूलाई जब उनी आकर्षक केटी थिइन् एउटा ग्रहले मायाको मोहर लगाएर उनको सपनाको बारेमा एउटा चिट्ठी पठाएको थियो टाढ़ाको अर्को ग्रहलाई अझै पनि आउँछ त्यो अन्जान ग्रह उनको सपनामा हरेक साँझ उनका उड़ाउपुत्रहरू मातेर घर फर्किन्छन् कति सस्तो छ यो सभ्यता ! अन्धो विकासको चखनासँग घरघरै बिक्री गरिन्छ सभ्यताको बिखालु रक्सी पुरानो सुनसान ग्रह उनीसँग जित्नलाई केही छैन गुमाउनु मात्र छ उनी आँट्टी छिन् उनलाई कुनै चिन्ता छैन उनी आराम गर्दैछिन् अचेत छिन् । सिलिगुडी, भारत
