IMG-LOGO

हुँमागाईको निर्देशन र धम्कीले निर्विरोधलाई उल्टाइयो

 मंगल, मंसिर २१, २०७८  कमला थापा

 

       नेपाली कांग्रेसको चौधौं महाधिवेशन हर्षका साथ आयो । तर त्यसले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई दिने उर्जा र बिचारको बहसलाई कहां पुर्याउदै छ ? अधिकांश जिल्लाहरूमा देखिएको भयानक दृश्यबाट काभ्रे पनि अछुतो रहेन म लगायत महिला खुला तर्फ चारजना महिला निरबिरोध भएका थियौ । त्यसलाई सुचना टांस गरेर सार्वजनिक गरिसके पछि केन्द्रीय सदस्य शिबप्रसाद हुमागाईको ठाडो निर्देशन र धम्कीले निर्बिरोधलाई उल्टाएर आफ्नै भाउजु, आफ्ना पक्षकालाई केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउन केन्द्रीय नेतृत्व शक्तिको आडमा यस्तो हदसम्मको काम गरियो । मलाई निर्विरोध भएको सुचना टास्दा पनि हराउने काम भयो । यो निकृष्ट कदमको जति आपत्ति गरेपनि कम हुन्छ । मैले महाधिवेशन प्रतिनिधि कायम गरि पाउँ भनि नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा निम्न व्यहोरा उल्लेख गर्दै  २०७८ मंसिर १८ गते  १०५ नम्बरमा निवेदन दर्ता गराएको छु ।  

मिति ः २०७८÷०८÷०९

श्रीमान सभापती शेरबहादुर देउवा ज्यू

नेपाली कांग्रेस केन्द्रीय कार्यालय

सानेपा, ललितपुर

विषय ः मेरो केन्द्रीय महाँधिवेशन प्रतिनिधि कायम गरि पाउँ भन्ने बारे ।

महोदय,

       उपरोक्त सम्बन्धमा यहि २०७८ मंसिर ६ गते भएको केन्दीय महाधिवेशनको क्रममा बदनियत पूर्ण तरिकाबाट मलाई निर्विरोध भैसकेको ठाउँमा  धाँधली गरि हराईएको उपर मेरो महाँधिवेशन प्रतिनिधि कायम  गरि पाउँ । उक्त अधिबेशनमा म लगायत तीनजनाको मात्र केन्द्रीय महाधिवेशन प्रतिनिधि महिला खुल्ला मात्र ४ जनाको मात्र निवेदन फारम परेको र जयन्ति हुमागाईको महाधिवेशन  प्रतिनिधि खुल्ला १० जना भइसके अर्थात मेरो निर्विरोधलाई बदर गरि जयान्ति हुमागाईज्यूलाई फेरी महिला खुला पट्टि के कसरी ल्याएर मलाई हराइएको घोषणा गरिएकोमा मेरो यसमा धोर विरोधका बाबजुत पनि केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, तत्कालिन जिल्ला सभापति उमेदवार तीर्थ लामा र काभ्रे क्षेत्र नं १ मा खटिएका निर्वाचन टोलि समेतको मिलेमतोमा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईज्यूको भाउजु जयन्ती हुँमागाईलाई विजयी गराएर घोषणा गरिएकोमा यस्तो घोषणा प्रति मेरो धोर आपत्ति भएकोले मेरो निर्विरोध कायम गरेर मलाई न्याय गर्दै मेरो महाधिवेशन प्रतिनिधि कायम गरियोस भन्ने पूर्ण दाविका साथ माग गर्दछु । जय नेपाल

संलग्न कागज पत्रहरु ः

१. दावि विरोधको समय सक्रिय पछि टाँस गरिएको पत्र

२ निर्वाचन आयोगले नै सच्चाएर जारिगरिएको विज्ञप्ति पत्र यसै साथ संलग्न गरेको छु ।

निवेदक

कमला थापा

नेपाल  महिला संघ पुर्व महा–सचिव

संबिधान सभा सदस्य (पहिलो संबिधान सभा)

नेपाली कांग्रेस

 हो त्यसैको नतिजा 

       नेपाली कांग्रेसको चौधौं महाधिवेशनको नतिजा नेताहरुले धमाधम देखि सक्नु भयो । अब बि पि कोईरालाका सुपुत्र  हाम्रा महामंन्त्रि शसांक कोइरालाले बुझन ढिलो नहोस । एउटा पौराणिक कहावत छ । कुलको सन्तान र मूलको पानीले  कहिले पनि बिगार र नास गर्दैन भन्ने तर केहीदिन अघि परिवार भित्र कुरा मिल्यो भन्दै गर्दा आफ्नै पूर्व मन्त्री द्वारा शसांकलाई हेलिकप्टरबाट अपहरण गरियो किन ? कुरा स्पष्ट  छ शेखर कोइरालाको कार्यकर्तामा, जनतामा लोकप्रियता बढ्दै जानु र उहाँको जित निस्चित हुनुको डर कसैलाई थियो भने उनैलाई थियो त्यहि रोक्नका लागि थियो । तपाईंको ५ बर्ष सम्मको मौनताको नतिजा देखिनु भयो अब देशभरिका कार्यकर्तालाई आह्वान गरेर लोकप्रिय भएका डा शेखर कोइरालालाई सभापतिको उम्मेदवार घोषणा गरेर कांग्रेस बचाउनुहोस् नत्र कांग्रेस पनि सकिन्छ,देशको संविधान पनि सकिन्छ कुलको छोरा र बि पिको छोराले छिटै निर्माण लिएर देश बचाउन ढिलो गर्नुहुँदैन नत्र हाम्रो गौरब पूर्ण ईतिहासले तपाईंलाई माफ गर्ने छैन ।

त्यसमा धमिरा

       बिपीका बिचार,कार्यकर्ता, पार्टीकोलाई मारिदैछ, सबै  जिल्लामा र प्रदेशमा  बम बर्साई सके । हाम्रो  नेतृत्व  शेरबहादुरका साईबर सेना, ठेकेदार, बिचौलिया, बिदेशी,डलर,यूरो, भ्रष्टाचारको,धन,देशको राष्टिय ढुकुटी, राज्य शक्तिको दुरुपयोग सबै परिचालन,बांकि केहि छैन । गुट, उपगुटको परिवारमा के हुँदोरहेछ, हिजो शेरबहादुर जीलाई प्रधानमन्त्री बनाउन हाम्रा नेताहरु आतुर हुनुभयो, अहिले शेरबहादुरका साईबर सेना, बिचौलिया, भ्रष्टाचार र डलर,यूरो कसरी   बगाइरहेका छन् ? प्रदेश र सबै  जिल्लामा कार्यकर्ता के कसरी मर्दैछन् किन,के का लागि यो अवस्था ?

       चौधौं महाधिवेशन कमसेकम ५ वर्षमा हुनै पर्ने थियो, समयमा गरेनन् । संविधानले दिएको अधिकारको समेत अन्तिममा आएर महाधिवेशन गरिदैछ जसलाई अब कुनैपनि हालतमा परसार्ने छुट छैन त्यस्तो अबस्थामा गर्न लागिएको अधिवेशन पनि १६ जिल्लहरुलाई छाडेर अधिवेशन हुदैछ यो के–का लागि गरिदैछ? ईतर पक्षका नेताहरू किन मौन बसेको ? यसको केहि न केहि रहस्य हुनै पर्छ ? नेतृत्वलाई यसमा छुट दिईनु हँुदैन । ७७ जिल्ला कांग्रेसका कार्यकर्ताहरुले आवाज उठाउनै पर्छ ।  जय नेपाल

(लेखिका  नेपाल महिला संघको पुर्व महासचिव हुनुहुन्छ ।)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्