IMG-LOGO

कोरोनाको नयाँ भेरिअन्ट ओमिक्रोन

 मंगल, मंसिर १४, २०७८  ---

       दक्षिण अफ्रिकाबाट कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिन सक्ने खतराले विश्व फेरि त्राहिमाम भएको छ । यो नयाँ भेरिअण्ट झन् प्राण लिने खालको भएको जन–स्वास्थ्यविदहरु बताउछन । नेपालले पनि दक्षिण अफ्रिकाबाट आउने यात्रुलाई नेपाल प्रवेश गर्न रोक लगाउने निर्णय गरेको छ तर नेपाली राहदानीवाहक तथा कूटनीतिक नियोगका कर्मचारीहरूमाथि त्यस्तो प्रतिबन्ध लागु नहुने अध्यागमन अधिकारीहरूले बताएका छन् ।

       उनीहरूका अनुसार नेपाली राहदानी भएका र कूटनीतिक राहदानी बोक्ने अन्य देशका नागरिकले पनि नेपाल आएपछि १४ दिन अनिवार्य क्वारन्टीनमा बस्नुपर्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा उक्त भेरिअन्टको भाइरस देखा परेको पुष्टि भएको छैन । हाम्रो अनुरोध छ –मास्क अनिबार्य रुपमा लगाएर हामी सबैले  स्वास्थ्यका मापदण्ड अपनाऔ । कोरोना देखि सजग र सतर्क बनौँ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्